१८ कार्तिक २०८२, मंगलवार

खेलकुद

पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स आइपीएलको प्ले अफमा

पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स आइपीएलको प्ले अफमा

नेपाल । पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स आइपीएलको प्ले अफमा पुगेको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेसँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको हो । यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन् । यो पटक दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाट बाहिरिएका छन् । लिग चरणमा अझै सात खेल बाँकी छन् ।...
राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किङ्स ६ विकेटले पराजित

राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किङ्स ६ विकेटले पराजित

नेपाल । आइपिएलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ। जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७ दशमवल १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान सञ्जु सामसनले ९८ रनको साझेदारी गरे । सञ्जुले ४१ रन जोडे । वैभवले अर्धशतक बनाए । उनले ३३ बल खेल्दै ४ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए । यसपछि धुर्व जुरेलले अविजित अविजित ३१ र सिम्रोन हेटमेर अविजित १२ रनमा रहँदै टोलीलाई ६ विकेटको जित दिलाए। बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए । त्यसअघि अरुण जैटली स्टेडियममा भएको खेलमा टस हारेरचेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदैै १ सय ८७ रन बनाएको थियो। चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल खाता नखोली आउट भए । आयुष महात्रे र रविचन्द्रन ...
नेपाल पहिलो पटक आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा

नेपाल पहिलो पटक आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा

नेपाल । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुने छन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्ग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् । यसैगरी रुविना क्षेत्...
ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको वार्षिकोत्सवमा खेलकुद कार्यक्रम हुने

ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको वार्षिकोत्सवमा खेलकुद कार्यक्रम हुने

–हेम गिरी (कोलोराडो) । संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले संस्थाको स्थापनाको १५औं वार्षिकोत्सवको अवसर पारेर कोलोराडोमा रहेका १५ वर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरेर ‘वार्षिक खेलकुद दिन’ नामक विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ । सन् २०२५ जुन २१ तारिक आयोजना हुने कार्यक्रममा सक्कर, भलिबल, १०० मिटर रेस लगायत बालबालिकाको लागि विभिन्न खेलहरुको प्रतियोगिता आयोजना हुने संस्थाका खेलकुद संयोजक ओम ढुङ्गेलले जानकारी दिएका छन् । विभिन्न खेलका विजेता उपविजेता अनि सहभागीहरूलाई ट्रफ्रि, मेडल अनि मायाको चिनो प्रदान गरिने ढुङ्गेलले बताए । सन् २०१० मा कोलोराडोमा स्थापन भएको सो संस्थाले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन कोलोराडोमा रहेका सबै नेपाली भाष...
बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

नेपाल । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति सम्पन्न खेलमा स्पेनियललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको लिगको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लामिन यमाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । यस खेलमा लीन्द्रो काब्रेराले खेलको ८०औं मिनेटमा रातो कार्ड पाएपछि इस्पेनियल १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ र लिगका दुई खेल बाँकी रहदै उपाधि जितेको छ। बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ। योसँगै बार्सिलोनाले यस सिजनमा ला लिगासहित कोपा डेल रे र सुपर कप गरि तीन उपाधि जितेको छ । ...
महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित

नेपाल । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा सात विकेटले पराजित भयो । जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिनुभयो ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान इन्दु बर्मा नौ रन बनाउनुभयो । बलिङमा हङकङका लागि तीनै विकेट एलिसन सिउले लिनुभयो । यसअघि नेप...
आगामी २२ जुनमा अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता हुने

आगामी २२ जुनमा अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता हुने

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजनामा आगामी २२ जुनमा कोलोराडोमा 4th TPLA CUP '8 Vs 8' फुटबल प्रतियोगिता हुने भएको छ । संस्था स्थापनाको ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको पवन अवसरमा ‘सहभागिता र एकताको लागि खेलकुद’ भन्ने मूल नारासहित उक्त फुटबल प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगिताको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर रहेको छ । प्रतियोगिता आयोजक मूल समितिमा संस्थाका प्रेसिडेन्ट चक्रबहादुर गुरुङ, एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेल, बिनोद गुरुङ, चन्द्र गुरुङ, कैलाश गुरुङ, सपना गुरुङ, राम गुरुङ, र जोउ ब गुरुङ रहनु भएको छ । तमु प्ये ल्हु अमेरिका कोलोरडो राज्य को बोल्डर मा २०१४ जुन २८ मा स्थापना भएको एक गैर लाभकारी संस्था हो । ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सं...
इन्डियन प्रिमियर लिग मे १७ बाट पुनः शुरु हुने

इन्डियन प्रिमियर लिग मे १७ बाट पुनः शुरु हुने

नेपाल । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ । विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो । तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ । ...
बार्सिलोनाद्वारा रियल मड्रिड ४-३ गोलले पराजीत

बार्सिलोनाद्वारा रियल मड्रिड ४-३ गोलले पराजीत

नेपाल । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्‍याएको हो । शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । रियलको भने समान खेलबाट ७५ अंक छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ । यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको थियो । ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो । खेलको सुरुआतमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । तर, घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्ले...
भारत र पाकिस्तानबीचको तनावले ‘आईपीएल’ क्रिकेट रद्द

भारत र पाकिस्तानबीचको तनावले ‘आईपीएल’ क्रिकेट रद्द

नेपाल । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट रद्द गरेको छ । शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु रोकिएका छन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो । दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारवाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबिच तनाव सुरु भएपछि आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भएका थिए । आईपीएलका खेलहरु पनि प्रभावित बनेका थिए । पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आईपीएलको १८औं संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइए...