३० भाद्र २०८२, सोमबार

खेलकुद

मुम्बई इण्डियन्स आइपीएलमा तेस्रो स्थानमा

मुम्बई इण्डियन्स आइपीएलमा तेस्रो स्थानमा

नेपाल । आइपीएलमा मुम्बई इण्डियन्सले नवौं खेलमा पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईले बुधबार राति सनराइजर्स हैदरबादलाई ७ विकेटले हराएका हो । जितको लागि १ सय ४४ रनको लक्ष्य मुम्बईले १५ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको हैदरबादले कडा संघर्ष गर्दै ८ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाएको थियो ।...
एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली थाइल्यान्डमा

एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली थाइल्यान्डमा

नेपाल । एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । अप्रिल २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा समान तीन तीन पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ । घरेलु प्रतियोगितामा विकास नेपाल प्रहरी, विशेष एपीएफ र विपिन नेपाल आर्मीबाट खेल्नुहुन्छ । यस्तै महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्काले प्रतिस्पर्धा गर्नुहुनेछ । देवकीमाया बन्दी सहायता नियोग (पाम) मनीता प्रहरी र रञ्जना एपीएफका खेलाडी हुनुहुन्छ । ओलम्पिक समेत खेलिसक्नुभएकी मनीता पनि पामकै उत्पादन हुनुहुन्छ । अफिसियलमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनु...
ब्राजिलका विश्व चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल भ्रमणमा

ब्राजिलका विश्व चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल भ्रमणमा

नेपाल । ब्राजिलका विश्व चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल भ्रमणमा आउनुभएको छ । ५१ वर्षीय कार्लोस काठमाडौँमा जारी नेपाल सुपर लिग ९एन्एसएल० हेर्नका लागि मङ्गलबार नेपाल आउनुभएको हो । कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट टोलीका पदाधिकारीले स्वागत गरेका थिए । कार्लोसले बुधबार साँझ हुने धनगढी एफसी र पोखरा थन्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्ने कार्यक्रम रहेको छ । कार्लोसले हिमालयको देश नेपाल आउन पाउँदा खुशी लागेको बताउनुभयो । कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिल राष्ट्रिय टोलीका लागि फुटबल खेल्नुभएको थियो । उहाँको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सन् २००२ को फिफा विश्वकप उपाधि जितेको थियो । कार्लोसले राष्ट्रिय टोलीका लागि एक सय २५ खेल खेल्दै १० गोल गर्नुभएको छ । यस्तै उहाँले स्पेनिस क्लब रियाल म्यड्रिडबाट लामो समय ब्यवसाय...
गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हरायो

गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हरायो

नेपाल । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले‌ १९ दशलमव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । जोस बटलरको अर्धशत बनाएको खेलमा तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए। ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए । बटलरले ओपनर साइ‌ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। सुदर्शनले ३७ रन बनाए। अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा‌ आउट भए । दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए । त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे‌। यसपछि करूण नाय...
गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

नेपाल । केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले १० लाख रुपियाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । १ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ दशमलव ४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट हुन पुग्यो। उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपियाँ प्राप्त गर्नुभयो। विजेता खेलाडीलाई प्रति...
आइपीएलमा मुम्बई इन्डियन्सद्वारा सनराइजर्स हैदराबाद पराजीत

आइपीएलमा मुम्बई इन्डियन्सद्वारा सनराइजर्स हैदराबाद पराजीत

नेपाल । सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा तेस्रो जित निकालेको छ । तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायम छ । ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ। ४ अंकको हैदरावादको पनि सम्भावना जिवितैछ । तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नुपर्नेछ । शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ। मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो । ...
विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

नेपाल । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२।३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाउनुभयो । उहाँले ४१ बलमा आठ चौक...
यु-१९ विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

यु-१९ विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

नेपाल । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई नौ विकेटले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । दोस्रो हार खेपेको ओमानले अङ्कको खाता खोल्न सकेको छैन । जितका लागि ओमानले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नोपलले १४।३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेपालका लागि निरजकुमार यादवले सर्वाधिक ४६ रन बनाउनुभयो । यस्तै साहिल पटेलले ४३ र कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन जोड्नुभयो । नेपालको पहिलो विकेटका लागि निरज र शाहिलले ८५ रनको साझेदारी गर्नुभएको थियो । बलिङमा ओमानका सौम्यभविन सम्पतले दुवै विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । ओमानक...
फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले जित्यो ४ स्वर्ण

फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले जित्यो ४ स्वर्ण

नेपाल । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण पदक जितेको छ । यो नतिजासँगै चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो । चार टोलीको संयुक्त प्रशिक्षण शिवीर अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो । प्रतियोगितामा नेपालका सात खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भएका हुन् । महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अङ्कले हराउँदै स्वर्ण जित्नुभयो । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अङ्कले पराजित गर्दै स्वर्ण, महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अङ्कले हराउँदै स्वर्ण र पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत ९सिक्कीम० का कृष्ण कैलाश राईलाई ५–० अङ्कले हराउँदै स्वर्ण जित्नुभएको हो । यस्तै पुर...
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल पराजीत

चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल पराजीत

नेपाल । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो । नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाउनुभयो । १९ औं ओभरमा एउटा नो बलमा छक्का प्रहार गरेर दुई डट बल खेल्नुभएका अहमद तेस्रो बलमा आउट हुनुभएको हो । बसिरको विकेट लिएसँगै कुवेतले नेपाललाई १९.३ ओभरमा अलआउट गरेको हो। नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रन बनाउनुभयो भने आशिफ शेखले ११ बलमा २१ रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । नेपालको ब्याटिङ लाइनविरुद्ध कुवेतका अनुदीप चेन्थमाराले तीन विकेट हात पार्दा यासिन पटेल र नवीनराज राजेन्द्रनले दुई दुई विकेट हात पार्नुभयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो...