२ चैत्र २०८२, सोमबार

खेलकुद

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालको विजयी सुरुवात

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालको विजयी सुरुवात

नेपाल । नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ । नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको हो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउन सफल भएको हो। ​ वेष्ट इण्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोली हो। यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएकोछ। जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए। ओपनर काइल मेयर्स ५ रनमै रन आउट भए कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए।​ जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए। नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले...
भारतको अहमदाबादमा हुने एशियाली पौडी प्रतियोगितामा २३ खेलाडी सहभागी हुने

भारतको अहमदाबादमा हुने एशियाली पौडी प्रतियोगितामा २३ खेलाडी सहभागी हुने

नेपाल । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औँ संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ११ पुरुष र पाँच महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असीम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नुहुनेछ । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नुहुनेछ । प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपकसागर सिंह महर्जन, नवीना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ...
सुपर-फोरमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हरायो

सुपर-फोरमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हरायो

नेपाल । एसिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर– फोरमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ। श्रीलंकाले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो। पाकिस्तानका मोहम्मद नवाजले अविजित ३८ र मोहम्मद हुसेनले अविजित ३२ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगा डे सिल्भा र महेश थेक्षानाले समान दुई तथा दुष्मन्थ चमिराले एक विकेट लिए । त्यसअघि खेल अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाएर एक सय ३३ रन बनायो। श्रीलंका कामिन्दु मेन्डिसले ५० रन बनाए। पाकिस्तानका शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई तथा अबरार अहमदले एक विकेट लिए। जीतसँगै पाकिस्तान सुपर–४ को तालिकामा दुई खेलमा दुई अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ। समान खेलमा जीतविहिन श्रीलङ्का पुछारमा छ। सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श...
नेपाली टोलीले नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने

नेपाली टोलीले नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँग खेल्ने सिरिजसँगै नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा सेप्टेम्बर २७ तारिखदेखि सुरु हुने टी–२० सिरिजदेखि नयाँ जर्सीमा खेल्न लागेको हो । नेपाल र वेस्ट इन्डिजबिच सेप्टेम्बर २७, २९ र ३० तारिख टी–२० सिरिज हुने छ । क्यानले गत साउनमा राष्ट्रिय टोलीले लगाउने जर्सीका लागि नासा सेक्युरिटीजसँग प्रायोजन सम्झौता गरेको थियो । युएईको भिषा समस्याका कारण दुई दिन रोकिएको नेपाली टोली वेस्ट इन्डिजसँग खेल्न सोमबार राति युएई पुगेको छ । नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा टी–२० सिरिज खेलेको थियो । दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्ध...
वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम युएई जाँदै

वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम युएई जाँदै

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार युएई जाने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम युएई जान लागेको हो । यसअघि केही दिन अगाडि नै युएई जाने बताइएको भए पनि भिसाका कारण नेपाली टिम रोकिएको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिनुभएको छ । जेनजी आन्दोलनका कारण युएईले भिसा नदिँदा शुक्रबार उड्ने तयारीमा रहेको नेपाली टिम रोकिएको थियो । लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिम युएई प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको हो । नेपालले वेस्ट इन्डिजसँग असोज ११, १३ र १४ गते टी–२० सिरिज खेल्ने छ । रोहित पौडेलको कप्तानीमा नेपाली टिम घोषणा भइसकेको छ। ...
मलेसियामा हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा

मलेसियामा हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा

नेपाल । मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । नेपालले मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीसँग अक्टोबर २ देखि ८ तारिखसम्म पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । त्यसअघि नेपाली महिला टोलीका खेलाडीले विभिन्न टोलीमा रहेर मलेसियन सुपर वुमन सिरिज खेल्ने छन् । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा पाँच वटा फरक टोलीबिच प्रतिस्पर्धा हुने छ । टी–२० सिरिज सुपर सिरिजमा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् । इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्...
एनपिएलको पहिलो खेलको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

एनपिएलको पहिलो खेलको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बिहीबार उद्घाटन खेलको रकम राहत कोषमा जम्मा गरिने घोषणा गर्नुभएको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रस्पिर्धा गर्नेछन् । फ्रेन्चाइज टोलीले रिटेन र अक्सनमार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् ।...
पाकिस्तान एसिसी टी-२० एसिया कपको सुपर चारमा प्रवेश

पाकिस्तान एसिसी टी-२० एसिया कपको सुपर चारमा प्रवेश

नेपाल । पाकिस्तान एसिसी टी–२० एसिया कपको सुपर चारमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो । जितसँगै समूह ‘ए’ मा तीन खेलबाट चार अङ्क बनाएको पाकिस्तान दोस्रो स्थानमा छ । समान खेलबाट दुई अङ्क बनाएको युएईले प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट यसअघि नै भारत सुपर चारमा पुगिसकेको छ । जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको युएई १७।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रनमा समेटिएको थियो । युएईका लागि राहुल चोपराले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै ध्रुव पराशरले २०, मोहम्मद वासिमले १४ र अलिशान शराफुले १२ रन जोड्नुभयो । बलिङमा पाकिस्तानका अब्रार अहमद, शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले दुई दुई तथा सइम अयुब र कप्तान सलमान आगाले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर...
एन्फालाई एसियाली फुटबल महासंघले तिरायो १० हजार डलर जरिवाना

एन्फालाई एसियाली फुटबल महासंघले तिरायो १० हजार डलर जरिवाना

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ । एएफसीले एएफसी फुटसल कप–२०२६ को छनोटमा भाग नलिएपछि एन्फालाई यस्तो कारबाही गरेको हो । एन्फाले छनोट खेल हुनु साँढे तीन महिना अघिमात्र नाम फिर्ता लिएको थियो । एएफसीको अनुशासन र आचारसंहिता कमिटीको बैठकले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । एन्फाले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउनु पर्नेछ । एएफसी जरिवानासँगै नेपाललाई यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कारबाहीसमेत गरेको छ ।...
एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

नेपाल । एसिया कप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। अन्तिम ओभरसम्म निकै रोमाञ्चक बनेको खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो । बंगलादेशले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो । यो जितसँगै बंगलादेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ। युनाइटेड अरब इमिरेट्स ९यूएई०को अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। बंगलादेशले दिएको १५५ रनको विजयी लक्ष्य पछाएको अफगानिस्तान अन्तिम बलमा अन्तिम विकेट गुमाउँदै १४६ रनमा अलआउट भएको हो। अफगानिस्तानका लागि ओपनर ब्याटर हमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए। अर्का ओपनर सेदीगुल्ला अटल भने डकआउट भएका थिए। अज्मतुल्ला ओमरजाईले ३० रन बनाउँदा कप्तान रसिद खानले २० रन बनाए। बंगलादेशका लागि बलिङतर्फ मुस्तफि...