२ चैत्र २०८२, सोमबार

खेलकुद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग २-२ को बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग २-२ को बराबरीमा

नेपाल । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशलाई २–२ को बराबरीमा रोकेको छ । इन्जुरी समयको तेस्रो मिनेटमा अनन्त तामाङले उत्कृष्ट फिल्क गोल गरेपछि नेपालले बंगलादेशलाई उसैको मैदानमा २–२ को बराबरीमा रोकेको हो । खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा रोहित चन्दको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, ४६औँ मिनेटमा हम्जा चौधरीले गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो । हम्जाले उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गर्दै घरेलु समर्थकमाझ बंगलादेशलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै हम्जाकै गोलमा बंगलादेशले २–१ को अग्रता बनायो । हम्जाले पेनाल्टीमार्फत गोल गरे । तर, इन्जुरी समयमा अनन्तले ‘फिल्क’ गोल गरेपछि नेपाल खेलमा फर्किएको हो । दिनेश हेन्जनले गरेको कर्नरलाई अनन्तले जाली चुमाएका हुन् । नेपालले अब एएफसी एसियन कप छनोट तेस्रो चरणमा मलेसियाविरुद्ध ...
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्को स्वीकृति

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्को स्वीकृति

नेपाल । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर्णाल प्रदेशको सुर्खेतमा आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय गरेको हो । यसअघि गत बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२३औँ बोर्ड बैठकले पनि कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । राखेप बोर्ड बैठकको निर्णयलाई नै मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । ...
‘ए’ डिभिजन लिग चैत्रभित्र सञ्चालन गर्ने सहमति

‘ए’ डिभिजन लिग चैत्रभित्र सञ्चालन गर्ने सहमति

नेपाल । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार यसै वर्ष चैतमा ‘ए’ डिभिजन लिग हुने छ । सो छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राई, तीन विभागीय टोली, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, नेपाल फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामासहितको टोली सहभागी थियो । मन्त्री बब्लु गुप्ताले एन्फा, खेलाडी र क्लबका प्रतिनिधिको कुरा सुनेपछि ‘ए’ डिभिजन लिग गर्नका लागि मिति प्रस्ताव गर्न एन्फालाई आग्रह गर्नुभएको हो । त्यसपछि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले १२० दिनको समयमा ‘ए’ डिभिजन लिग गराउन सकिने बताउनुभ...
एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

नेपाल । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फु्टबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार खेलाडीको बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फा पदाधिकारीलगायतले बिदाइ गरे । नेपालले १३ नोभेम्बरमा बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । यस्तै १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ । टोलीका अन्तरिम प्रशिक्षक हरी खड्काले यसअघि किरण चेम्जोङको कप्तानीमा खेलाडी टोलीको घोषणा गरिसक्नु भएको छ । टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पीजङ्ग कार्की, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमि...
हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालद्वारा भारत ९२ रनले पराजित

नेपाल । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत शनिबार नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । भारतका लागि भरत चिप्ली र प्रियाङ्क पञ्चालले १२–१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात–सात रन बनाउनुभयो । नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुईदुई दुई विकेट लिनुभयो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाउनुभयो । यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो...
‘ए’ डिभिजन लिगको माग गर्दै फुटबल खेलाडीद्वारा एन्फामा धर्ना

‘ए’ डिभिजन लिगको माग गर्दै फुटबल खेलाडीद्वारा एन्फामा धर्ना

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वर्षदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय टोलीका खेलाडीहरूले एन्फा मुख्यालयमा पुगेर धर्नासहित आन्दालन गरेका हुन् । खेलाडीहरूले एन्फाले यसवर्ष पनि ‘ए’ डिभिजन लिग गर्छु भनेर छलछाम गरेको बताएका छन् । खेलाडीहरूले विरोध स्वरूप आफुले विभिन्न समयमा पाएको मेडल समेत एन्फा गेटमा झुन्ड्याएका थिए । एन्फाले हालै मात्र यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र शहीद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवेका आधारमा गर्ने निर्णय गरेको थियो । खेलाडीले भने पहिले लिग सकेर मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् । एन्फाले तत्काल यसमा ध्यान नदिए कडा आन्दोलन गर्ने पनि जनाएका छन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेलाडीहरूले दुई वर्षअघि देखि पटक पटक लिग गर्...
आइसिसी विश्वकप लिग-२ मा नेपालको लगातार चौथो हार

आइसिसी विश्वकप लिग-२ मा नेपालको लगातार चौथो हार

नेपाल । आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ । नेपालको यो शृङ्खलामा लगातार चौथो हार हो । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग पुनः स्तब्ध बन्यो । यसअघि यस शृङ्खलामा पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो । जितका लागि दुई सय ४० रनको लक्ष्य पछ्याएको युइर्एले ४९.५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । युएईका लागि मुहमद साहदद र मुहमद वासिमले अर्धशतकीय पारी खेल्नुभयो । शतकबाट चुक्नुभएका साहददले एक सय २३ बलमा ६ चौका तीन छक्काको सहयोगमा ९६ रन बनाउनुभयो । मुहमद वासिमले ७६ रन बनाउनुभयो । यस्तै सोहिव खानले २९, कप्तान अलिसान सरर्फुले १८ र हर्षित क...
अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको एनपीएल पनि जनकपुर बोल्ट्सबाटै खेल्ने

अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको एनपीएल पनि जनकपुर बोल्ट्सबाटै खेल्ने

नेपाल । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको एनपीएल पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् । आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका प्रशिक्षक शिवनराइन चन्द्रपाल छन् ।...
इङ्ग्ल्यान्डका विकेटकिपर जोहन काठमान्डु गोर्खाजमा अनुबन्ध

इङ्ग्ल्यान्डका विकेटकिपर जोहन काठमान्डु गोर्खाजमा अनुबन्ध

नेपाल । इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नु हुने भएको छ । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल–२ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । ३७ वर्षे सिम्पसनले इङ्ग्ल्यान्डबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसक्नुभएको छ । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उहाँले यो सबै तीन खेल खेलेका थिए । लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिनुभएको थियो । सिम्पसनसँग इङ्ग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २२९ प्रथम श्रेणीका खेल्नुभएका उहाँले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाउनुभएको छ । काठमान्डु गोर्खाजले यसअघि नै इङ्ग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्र...
भारतले जित्यो आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि

भारतले जित्यो आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि

नेपाल । आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । मुम्बईमा आइतबार राति भएको फाइनलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हरायो । भारतले तेस्रो प्रयासमा पहिलो पटक उपाधि जितेको हो । यसअघि भारत सन् २००५ मा अस्ट्रेलिया र सन् २०१७ मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएको थियो । जितका लागि दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४६ रनमा समेटिएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ९८ रनको योगफल खडा गरेको थियो ।...