१६ कार्तिक २०८२, आईतवार

खेलकुद

एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

नेपाल । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पहिलो पटक एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिनुभयो । काठमाडौँको तल्लो मुलपानी मैदानमा हुने लिगको खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । लिगका कूल २४ खेल हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनमा भिड्नेछन् । प्रतियोगितामा सहभागिताको लागि टोलीले बोल कबोलका आधारमा खेलाडी अनुबन्ध गर्नेछन् । प्रतियोगिताको टोलिले २१ लाख र उपविजेताले ११ लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । एनएसपीएलले यस प्रतियोगिताको विकास र विस्तारका लागि चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको छ । ...
आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा

आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा

नेपाल । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा कायम छ। वरियताको शीर्ष स्थानमा भारत यथावत छ । यसैगरी दोस्रोदेखि १०औं स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रेलिया पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिज छन्। पाकिस्तान र बंगलादेशले एक स्थान सुधार गर्दा श्रीलंका र वेस्ट इन्डिज एक स्थान खस्किएका छन् ।...
नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता

नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता

नेपाल । नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । श्रीलङ्काको कोलम्बोमा सम्पन्न प्रतियोगितामा नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित टिम उपविजेता बनेको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो । नेपालका लागि महिला ६८ केजीमाथि हिमालयन वारियर्स उपनामबाट परिचित एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाउनुभयो । यस्तै प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा एक एक स्वर्ण तथा टिम कुमुतेमा रजत जित्नुभयो । यसअघि नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो । प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्‍यो । ती...
रियल मड्रिड डर्टमन्डलाई पराजित गर्दै फिफा क्लब विश्वकपको सेमिफाइनलमा

रियल मड्रिड डर्टमन्डलाई पराजित गर्दै फिफा क्लब विश्वकपको सेमिफाइनलमा

अमेरिका । बोरुसिया डर्टमन्डलाई पराजित गर्दै रियल मड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । केलियन एमबाप्पेले इन्जुरी समयमा गोल गर्दा रियल मड्रिडले डर्टमन्डलाई ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एमबाप्पेको शानदार साइकल किक दोस्रो हाफको इन्जुरी समयमा गोलमा परिणत भएपछि रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो २० मिनेटमा गोन्जालो गार्सिया र फ्रान गार्सियाले गोल गर्दै मड्रिडलाई २–० को अग्रता दिलाए। अधिकांश समय खेलमा हाबी भएको रियल डर्टमन्डका म्याक्सिमिलियन बेयरले इन्जुरी समयको तीन मिनेटपछि गोल गरे। अतिरिक्त समयको आठौं मिनेटमा डीन हुइजसेनले फाउल गरेपछि सेरहाउ गुइरासीले पेनाल्टीमा गोल गरे पनि हार भने टार्न सकेनन् । रियल मड्रिडले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नेछ।...
नेपालले सिंगापुरलाई हराउँदै जित्यो एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि

नेपालले सिंगापुरलाई हराउँदै जित्यो एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाल । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । फाइनलमा सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०।५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।​ सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जित्दा सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।...
उज्वेकिस्तानसँग नेपाली महिला टोली टाइब्रेकरमा ४–२ गोलले पराजित

उज्वेकिस्तानसँग नेपाली महिला टोली टाइब्रेकरमा ४–२ गोलले पराजित

नेपाल । नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरो बनेको छ । एसिसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ गोलले पराजित भएपछि नेपाल निराश बनेको हो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा उज्वेकिस्तानका चार खेलाडीले गोल गरेका थिए । नेपालका दुई खेलाडी मात्र सफल भए । टाइब्रेकरमा उज्वेकिस्तानका लागि माफतुना सोयीमोभा, उमिदा जोइरोभा, मदिना खिमातोभा र असलखोन अमिनजोनाभाले गोल गर्नुभयो । नेपालका लागि गिता राना र सविता रानामगरले मात्र गोल गर्न सक्नुभयो । नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । गोलकिपर अन्जना रानामगरको चौथो प्रहारलाई उज्वेकिस्तानकी गोलकिपरले सोझै विफल पार्नुभयो । यसअघि पहिलो हाफमा दुई गोलले पछि पर...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रियल मेड्रिडको रंगशाला भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रियल मेड्रिडको रंगशाला भ्रमण

नेपाल । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार उक्त रंगशाला भ्रमण गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।...
एएफसी महिला एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित

एएफसी महिला एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित

नेपाल । कप्तान सावित्रा भण्डोरी ‘साम्बा’ को ह्याट्रिकसँगै नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा लगातार दोस्रो जित निकालेको छ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी श्रीलङ्कालाई ८–० गोलले हरायो । समूह ‘एफ’ अन्तर्गत यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हराएको थियो । नेपालले फिफा वरीयतामा आफुभन्दा ५९ स्थान तल रहेको श्रीलङ्काविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो । नेपालले पहिलो र दोस्रो हाफमा समान चार गोल गरेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्नुभयो । उहाँले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । लाओसविरुद्धको पहिलो खेलमा पनि चार गोल गर्नुभएको थियो । यस्तै गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले एक एक गोल गर्नुभयो । श्रीलङ्का पहिलो खेलमा आयोजक उज्वे...
रियल मड्रिड युभेन्टसमाथि १-० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा

रियल मड्रिड युभेन्टसमाथि १-० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा

अमेरिका । गोन्जालो गार्सियाले ५४ औं मिनेटमा गरेको हेडर गोलबाट रियल मड्रिडले युभेन्टसमाथि १–० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जाबी अलोन्सोको म्याड्रिडले प्रभावशाली खेल खेल्यो । चोटबाट ग्रस्ट केलियन एमबाप्पेले पुनरागमन गरे। उनी खेलको ६८औँ मिनेटमा मिनेटमा विकल्पको रूपमा आए । खेलमा युभेन्टसले पहिलो हाफमा अग्रता लिने अवसर पाए पनि रियालका गोलकिपरले रोकेका थिए । ​ युभेन्टसका रान्डल कोलो मुआनीले केनान यिल्दिजकोले गोलको मौका पाए पनि त्यो विफल भएको थियो । समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर सिटीसँग ५–२ ले पराजित भएको इटालियन टोली रियालसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो । ...
एएफसी महिला एसियन कप छनौटः नेपालद्वारा लाओस ९-० ले पराजीत

एएफसी महिला एसियन कप छनौटः नेपालद्वारा लाओस ९-० ले पराजीत

नेपाल । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात गरेको छ । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हरायो । एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा सात गोल थपेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गर्नुभयो । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले एक–एक गोल थप्नुभयो । नेपालले एक गोल लाओसबाट उपहार पाएको थियो । साम्बाको प्रहार लाओसकी रक्षकलाई ठोक्किँदै गोलमा परिणत भएको थियो । छनोटमा नेपाल समूह ‘एफ’ को दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला...