२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

अहिले सबैभन्दा नयाँ पार्टी काँग्रेस होः सभापति थापा

अहिले सबैभन्दा नयाँ पार्टी काँग्रेस होः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत काँग्रेस बदलिएर नयाँ नेतृत्वका साथ आएकाले अहिले सबैभन्दा नयाँ पार्टी भएको बताएका हुन् । उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुशी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनु पर्ने बताए । उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे ।...
चुनावमा शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपति पौडेलको निर्देशन

चुनावमा शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपति पौडेलको निर्देशन

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वाससमेत व्यक्त गर्नुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले सो निर्देशन दिनुभएको हो । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।...
नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आइतबार सार्वजनिक गर्ने

नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आइतबार सार्वजनिक गर्ने

नेपाल । नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको हो । पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञा पत्र हुने बताएका छन् । पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जनाएका छन् । उक्त प्रतिज्ञा पत्र पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार ३ गते दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्ति जारी गरी जनाएको छ ।...
निर्वाचनको वातावरण बिगार्न खोजे तत्कालै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न निर्देशन

निर्वाचनको वातावरण बिगार्न खोजे तत्कालै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न निर्देशन

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजे तत्कालै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न निर्देशन दिनुभएको छ । कोशी प्रदेशका निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिँदै उहाँले निर्वाचनको वातावरण बिथोल्न खोज्ने प्रवृत्तिप्रति जागरुक हुन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोजे सचेत हुन निर्देशन दिनुभयो । निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले आउँदा दिनमा पनि सबै निकायबिच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले छोटो समयमा निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा निकायले राम्रो काम गरेको बताउनुभयो । उहाँले निर्वाचन सफल हुने र देशले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन नगर्न प्रशासनको उर्दी

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन नगर्न प्रशासनको उर्दी

नेपाल । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवं सूचना र सामाजिक सञ्जालका विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । यस प्रकारका प्रदर्शन, र्याली, भेलाजस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अनुमति लिनुर्पेमा कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्वस्वीकृति लिने कार्य नगरेको पनि उहाँले बताउनुभयो । उहाँले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता ला...
रास्वपाका नेता प्रणय शमशेर राणाले पार्टीबाट किन दिए राजीनामा ?

रास्वपाका नेता प्रणय शमशेर राणाले पार्टीबाट किन दिए राजीनामा ?

नेपाल । रास्वपा सभापति रवि लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । राणाले राजीनामा पत्र नै सामाजिक सञ्जालमा सार्वजनिकसमेत गरेका छन् । उनको राजीनामा पत्रमा आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा बहस भए पनि पार्टी केन्द्रले ध्यान नदिएको उल्लेख गरिएको छ । ०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका राणााले पार्टीभित्रको निर्वाचनमा आर्थिक अनियमितता भएको आरोपसमेत लगाएका छन् । उनले पार्टीभित्रको प्राइमरी चुनावमै आर्थिक अपचलन भएको आरोप लगाएका छन् । उनले प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखिएको उल्लेख गरेका छन् ।  ...
फागुन १ गते ‘३० औँ जनयुद्ध दिवस’ मनाइँदै

फागुन १ गते ‘३० औँ जनयुद्ध दिवस’ मनाइँदै

नेपाल । माओवादी पृष्ठभूमि भएका पार्टीहरूले फागुन १ गते ३० वर्षअघिको बलिदानी स्मरण गर्दै विभिन्न कार्यक्रम गर्दै छन् । उनीहरूले आजको दिनलाई ‘३० औँ जनयुद्ध दिवस’ का रूपमा स्मरण गर्ने भएका हुन् । तत्कालीन नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले रुकुमको राडिज्युला, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरेर २०५२ साल फागुन १ गते सशस्त्र युद्ध उद्घोष गरेको थियो । यही दिनलाई स्मरण गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दर्जनभन्दा बढी एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै छ । नेकपाले पार्टी केन्द्रीय कार्यालयसहित देशैभर ३१ औँ जनयुद्ध दिवस मनाउने निर्णय गरेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।...
काँग्रेसले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउँछः सभापति थापा

काँग्रेसले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउँछः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् । सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन् । सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए । सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए । त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको आग्रह छ । उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए ।...
प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी नेकपाद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी नेकपाद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यही फागनु २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको हो । प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा पाँच वर्षभित्र रणनीतिक योजना कार्यान्वयन गरेर विशेष उपलब्धि हासिल गरिने विषय उल्लेख छ । आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिइएको छ । आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ । सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा तीनखम्बे आर्थिक नीति अवलम्बन गरिने उल्लेख छ । उत्पादन र रोजगारी सिर्जनाको विषय पनि समेटिएको छ । प्रतिबद्धतापत्रमा आउँदो ५ वर...
‘शहरी अर्थतन्त्र’को एजेन्डा सहित काठमाडौं-१ को चुनावी मैदानमा काँग्रेसका प्रवल थापा

‘शहरी अर्थतन्त्र’को एजेन्डा सहित काठमाडौं-१ को चुनावी मैदानमा काँग्रेसका प्रवल थापा

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका प्रबल थापा शहरी विकास, उद्यमशीलता र हरित अर्थतन्त्रलाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएका छन् । उनको चुनावी एजेन्डामा परम्परागत राजनीतिक नाराभन्दा फरक, व्यावसायिक सोच, उद्यमशीलता, दीगो र सुरक्षित शहरी व्यवस्थापन लगायतलाई प्राथमिकता दिइएको छ । काठमाडौं क्षेत्र नम्बर १ आवासीय, शैक्षिक, व्यवसायिक र प्रशासनिक केन्द्रहरू रहेकाले संवेदनशील र महत्वपूर्ण क्षेत्रअन्तर्गत पर्ने भन्दै थापाले आफ्ना एजेण्डाहरूलाई पनि सोही अनुसार वर्गीकरण गरेका छन् । आफ्नो क्षेत्रलाई ‘गरिखाने वर्ग’को केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढेका थापाले उद्यमशीलता बिना आर्थिक समृद्धि नहुने भन्दै त्यसका निम्ति स्थायित्व आवश्यक रहेको बताए । जसमा नीतिदेखि योजनासम्ममा स्थायित्व हुनुपर्नेमा उनको जोड छ । लघ...