२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

निर्वाचन विरुद्धका गतिविधि गर्ने दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखिने

निर्वाचन विरुद्धका गतिविधि गर्ने दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखिने

नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखिने भएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई काठमाडौँ प्रशासनले अनुसन्धान गर्न ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । उनले निर्वाचन विरुद्धका गतिविधि गरिरहेका थिए । फागुन २१ मा चुनाव हुँदैन भन्दै अभिव्यक्ति दिएका थिए।...
प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहस र संवादका लागि तयार हुन काँग्रेसको चुनौती

प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहस र संवादका लागि तयार हुन काँग्रेसको चुनौती

नेपाल । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन् । मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । नेपाली कांग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ । उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे।...
शेर्पा समुदायले बुधबार ग्याल्पो ल्होसार पर्व मनाउँदै

शेर्पा समुदायले बुधबार ग्याल्पो ल्होसार पर्व मनाउँदै

नेपाल । शेर्पा समुदायले बुधबार विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ...
देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउनलाई जनताले पराजित गर्छन्ः प्रचण्ड

देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउनलाई जनताले पराजित गर्छन्ः प्रचण्ड

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गरे। उनले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याए । संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताए । उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।...
गगन थापाद्वारा नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक

गगन थापाद्वारा नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे । केही समयअघि कीर्तिपुरको एक सभामा ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको उनले स्पष्ट पारे । अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औंल्याए । उनको योजनामा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र ब...
रवि लामिछाने माथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

रवि लामिछाने माथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईलगायत प्रतिवादी रहेको मुद्दामा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने भएको छ। कास्की जिल्ला अदालतले सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म मुद्दा फिर्ता नलिने निर्णय गरेसँगै लामिछानेको मुद्दा फिर्ता प्रक्रिया रोकिएको हो । सोमबार जिल्ला न्यायाधीश नीतिज राईको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट आएको मुद्दा फिर्ता लिने निर्णयमाथि सर्वोच्चमा रिट परेकाले तत्काल मुद्दा फिर्ता प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ । सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय गरिने जिल्ला अदालत कास्कीका रजिस्ट्रार राजन खनालले जानकारी दिए ।...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

नेपाल । सोमबार साँझ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ । उनलाई सोमवार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । मंगलबार केही समूहले नेपाल बन्द जस्तो कार्यक्रम घोषणा गरेको र प्रसाईंको पनि समर्थन रहेको अवस्थामा उनलाई पक्राउ गरिएको छ । उनले राजसंस्था पुनस्थापनाको माग सहित उनी उठाउँदै आएका छन् ।...
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणापत्र सार्वजनिक

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणापत्र सार्वजनिक

नेपाल । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा हुन लागेको चुनावमार्फत आफ्नो पार्टीले गर्ने कामको प्रतिबद्धतापत्र लिएर आएको बताउनुभयो । अध्यक्ष परिषद्का अध्यक्ष सोब र किरातीले मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेकाले चुनावमार्फत त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । पार्टीले परिवर्तनका ...
उज्यालो नेपाल पार्टीको यस्तो आयो निर्वाचन प्रतिबद्धतापत्र

उज्यालो नेपाल पार्टीको यस्तो आयो निर्वाचन प्रतिबद्धतापत्र

नेपाल । उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरेको जानकारी दिनुभयो । सुशासन र संरचनात्मक सुधारमा जोड प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गरिने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाइने तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक सम्पत्ति विवरण अनलाइनमार्फत सार्व...
विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार दिलाउने रास्वपाको वाचा

विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार दिलाउने रास्वपाको वाचा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित नागरिक करार अवधारणा सार्वजनिक गरेको हो । आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ । करारपत्रमा पार्टीका पाँच प्राथमिकता र लक्ष्य निर्धारण गरिएका छन् । पहिलो प्राथमिकतामा सदाचार र असल शासन अन्तरगत सरकारी सेवाको सर्वव्यापी डिजिटल डेलिभरीसहित ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा भारी सुधारको लक्ष्य तोकिएको छ । दोस्रो प्राथमिकतामा मध्यमवर्गीय विस्तार छ । यस अन्तरगत औसत प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । जन्मदेखि म...