१९ फाल्गुन २०८२, मंगलवार

राजनीति/समाज

निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने गगन थापाको घोषणा

निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने गगन थापाको घोषणा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको जानकारी दिए । सभापति थापाले कांग्रेस बाहेक अरुले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे । उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको र कांग्रेसलाई मत हाल्नु पर्ने कारण धेरै रहेको बताए । अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एकएक छानबिन गर्ने उनले अठोट व्यक्त गरे । सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्...
प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ । निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिलेसम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शङ्का गर्नुपर्ने अवस्था नरहेको बताए । र्वाचन यही फागुन २१ गते हुँदैछ ।...
कुलमानका कार्यकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

कुलमानका कार्यकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

नेपाल । शुक्रबार तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई कुलमानका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई उनीहरूले विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्। दमौलीमा रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रह्यो ।शुक्रबार लामिछाने चुनावी सभाका लागि दमौली पुगेका थिए।...
निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

नेपाल । प्रेस काउन्सिल नेपालले फागुन २१ गतेको निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलको शुक्रबार बसेको बैठकले निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभाव पार्ने किसिमको प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न नगराउन आग्रह गरिएको हो। “बिबिसी वल्र्ड न्यूज सर्भिसबाट २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा २०८२ फागुन १४ गते ‘सट लाइक इनिमिजः इनसाइड नेपाल्स जेनजी अपराइजिङ’ विषयक वृत्तचित्र बिबिसीको युट्युब च्यानलबाट समेत सम्प्रेषण भएको देखिएको छ”, काउन्...
निर्वाचनको सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन

निर्वाचनको सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन

नेपाल । प्रधानसेनापति अशोकराज सिग्देलले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गर्दै उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिएका हुन् । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो । सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी यहाँका ९ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ । ...
चुनावलाई लक्षित गर्दै मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध !

चुनावलाई लक्षित गर्दै मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध !

नेपाल । निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउँदै छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँ...
निर्वाचनको पूर्व सन्ध्यामा काँग्रेसका पूर्वसभापति देउवा सिंगापुर प्रस्थान

निर्वाचनको पूर्व सन्ध्यामा काँग्रेसका पूर्वसभापति देउवा सिंगापुर प्रस्थान

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ । यसअघि नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार आएको थियो । विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए ।...
राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने नेकपाको संकल्प

राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने नेकपाको संकल्प

नेपाल । नेपाली कम्युनिष्ट पार्टीले आगामी, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो औपचारिक अपील (घोषणापत्र) सार्वजनिक गरेको छ । नेकपाले पार्टी कार्यालय पेरिस डाँडामा बिहीबार औपचारिक अपील सार्वजनिक गरेको हो । अपीलमा मुलुकको विद्यमान राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने संकल्प गरिएको छ । अपील सार्वजनिक गर्दै पार्टीका नेता डा. वेदुराम भुसालले राष्ट्रियता र संघीयताको रक्षा अपीलमा बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको बताए । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउँदै पार्टीले संघीयता, समानुपातिक र समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको बताए। भ्रष्टाचार नियन्त्रण र सम्पती छानबिन पार्टीले सुशासनका लागि ‘शून्य सहनशीलता’को नीति अ...
प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने ओलीको उद्घोष

प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने ओलीको उद्घोष

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।...
बीबीसीको डकुमेन्ट्रीः संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ?

बीबीसीको डकुमेन्ट्रीः संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ?

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् । उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, ‘यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् । उनले थप लेखेका छन्। ‘हामीले बुझ्नुपर्छ लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ । सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ ।’...