२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

फागुन ४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न-उत्तर

फागुन ४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न-उत्तर

नेपाल । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए । सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराए । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार अपराह्न दिनको १ बजे बस्नेछ ।...
संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनु पर्छः कोइराला

संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनु पर्छः कोइराला

नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनु भएको छ । जिपी कोइराला प्रतिष्ठानले ‘राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको हो । कांग्रेस नेतृ एवं प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसलाई साङ्गठनिक सुदृढीकरणमार्फत अघि बढाएको बताउनुभयो । उहाँले अब कांग्रेस नेतृत्व परिवर्तनपछि देश नयाँ गतिमा अघि बढ्ने बताउनुभयो ।...
चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

नेपाल । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएसँगै उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो ।  ...
रविका पार्टनर छबिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रविका पार्टनर छबिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नेपाल । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सुप्रिम सहकारीको रकम ठगी मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमवारको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उक्त आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले थाहाखबरलाई जानकारी दिए । सोही मुद्दामा रास्वपाका सभापति रवि लामिछाने भने धरौटीमा छुटेका थिए।...
प्रधानमन्त्री केपी ओलीबिरुद्ध सर्वोच्च अदालतमा अनिवेदन दर्ता !

प्रधानमन्त्री केपी ओलीबिरुद्ध सर्वोच्च अदालतमा अनिवेदन दर्ता !

नेपाल । गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको रिट निवेदन दर्ता गराएका हुन । उनले केही दिनअघि जारी भूमीसम्बन्धी अध्यादेश जारी गर्ने कदमलाई पनि अदालतको अवहेलनामा कारबाही हुने आधारका रुपमा प्रस्तुत गरेका छन् ।...
आगामी निर्वाचनमा कोहीसँग गठबन्धन हुँदैनः गगन थापा

आगामी निर्वाचनमा कोहीसँग गठबन्धन हुँदैनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहेने दाबी गरेका छन । सोमबार चितवनको खेरहनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने पनि बताएका छन । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको पनि उनले बताएका छन ।...
सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्‍याउन अध्यादेश ल्याएको नेपालको टिप्पणी

सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्‍याउन अध्यादेश ल्याएको नेपालको टिप्पणी

नेपाल । नेकपा (एस) अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले ठूला पार्टी मिलेर मनपरी गर्न पाइन्छ भनेर सोचेको छ भने त्यो भ्रम हुने बताउनु भएको छ । अहिलेको सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्‍याउन अध्यादेश ल्याएको टिप्पणी गरे । ‘संसदको अधिवेशन छल्न खोजेर रातारात अध्यादेश ल्याउनुपर्ने आवश्यकता के थियो ? ’,अध्यक्ष नेपालको प्रश्न छ । पोखरामा पार्टी गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन कार्यक्रममा उहाँले नेपालमा शासकले देखाइरहेको प्रत्येक रवैयाले शासकहरुको लोकप्रियतामा ह्रास आइरहेको बताउनुभएको हो । नेकपा (एस) लाई गल्ती गर्ने छुट नभएको उहाँको भनाई छ । पवित्र उद्वेश्य भएकाले आफ्नो पार्टीले तंरग पैदा ल्याउन सक्ने उहाँको चेतावनी छ । सत्तामा अहिले कम्युनिष्ट पार्टीकै मान्छे भएपनि मति विग्रेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । ...
प्रतिनिधि सभा बैठक बस्दै, संभावित कार्यसूची यस्तो छ

प्रतिनिधि सभा बैठक बस्दै, संभावित कार्यसूची यस्तो छ

नेपाल । आइतबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । संभावित कार्यसूची
अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिउँः गगन थापा

अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिउँः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन् । शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताए । उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको बताए । सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कदा आफैँ संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । ...
कांग्रेस-एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी

कांग्रेस-एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी

नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ । पार्टीको उपत्यका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यादेश र संविधान संशोधनलगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिनुभएको हो । उहाँले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ किरु भन्ने प्रश्न गर्नुभयो । अध्यक्ष नेपालले त्यसो भए सामना गर्न तयारी रहेको स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझावसमेत दिनुभयो ।...