१९ फाल्गुन २०८२, मंगलवार

राजनीति/समाज

भूमिसम्बन्धीबाहेक प्रतिनिधि सभामा ५ अध्यादेश पेश हुने

भूमिसम्बन्धीबाहेक प्रतिनिधि सभामा ५ अध्यादेश पेश हुने

  नेपाल । बुधबार प्रतिनिधिसभामा बुधबार ५ वटा अध्यादेश पेश हुने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यदेशमध्ये भूमिसम्बन्धी अध्यादेश पेश हुनेछैन । बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन् । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित...
मतभेद हटाएर काँग्रेसलाई हिजो भन्दा ठूलो पार्टी बनाउनुपर्छः सभापति देउवा

मतभेद हटाएर काँग्रेसलाई हिजो भन्दा ठूलो पार्टी बनाउनुपर्छः सभापति देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु हटाउनुपर्ने बताएका छन् । देउवाले मतभेद हटाएर कांग्रेसलाई जीवन्त भाइब्रेन्ट डेमोक्रेटिक पार्टीको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सोमबार भैरहवामा कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति नागरिकको आकर्षण बढ्दै जाने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, हाम्राबीचमा धेरै किसिमका मतभेदहरु हुन सक्छन्, कतिपय कुराहरु नमिलेका पनि हुन सक्छन् । ती सबैकुरालाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर मतभेद हटाएर हिजो भन्दा आज ठूलो पार्टी बनाउनुपर्छ । उनले लोकतन्त्र–प्रजातन्त्रमा प्रतिपक्ष पा...
चैत ५ गते त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा स्ववियु चुनाव हुँदै

चैत ५ गते त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा स्ववियु चुनाव हुँदै

नेपाल । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा संघ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् । चुनावी कार्यतालिकाको पहिलो दिन विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ताको काम सकिएको छ । दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जनाएको छ । स्ववियु चुनावमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी सङ्गठन, समूह दर्ता हुनुपर्ने व्यवस्था छ । त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा निर्वाचन समिति गठन भएको भइसकेको छ । ...
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली अब्बल राजनेता र कुशल रणनीतिकार रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । नेकपा एमालेका नवनियुक्त केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सचिव गणेश पाण्डेको सम्पादनमा पकाशन भएको बिभिन्न लेखहरुको संगालो ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको बताउनु भयो । उहाँले एमाले अध्यक्ष ओली मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता भएको बताउनु भयो । ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु,’ भण्डारीले भन्नुभयो । उहाँले ओलीमा दे...
देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन माधव नेपालको सुझाव

देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन माधव नेपालको सुझाव

नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रमा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरे । उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।...
नक्कली मधेसवादी दलसँग सावधान रहन प्रचण्डको आग्रह

नक्कली मधेसवादी दलसँग सावधान रहन प्रचण्डको आग्रह

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै सक्कली मधेसवादी दल माओवादीमात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने उनले आश्वस्त पारे । आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह गरे । ...
केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने एमालेको निर्णय

केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टीका जनसङ्गठनहरूका केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने निर्णय गरेको छ । एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय सचिवालयको ४५औं बैठकले सो निर्णय गरेको हो । बैठकले दुईवटा केन्द्रीय विभाग सचिव पदपूर्ति गरेको छ भने सुदूरपश्चिम प्रदेश कमिटीमा सदस्यहरू मनोनयन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयको ४४औं बैठकयता विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । बैठकले जनसंगठनको पदाधिकारीको आकार ९ र केन्द्रीय समितिको संख्या १५१ र ९९ जना रहने निर्णय गरेको छ ।...
कांग्रेसले समाजवाद बिर्सिएको छैनः डा. शेखर

कांग्रेसले समाजवाद बिर्सिएको छैनः डा. शेखर

नेपाल । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछाडेको दावी गरेका छन्। आइतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए। उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिलेकाहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए । सांसद कोइरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए।...
रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

अमेरिका । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । विभिन्न आरोप लागेर विवादित रहेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् । उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए । ...
जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउन दिन्नौंः प्रचण्ड

जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउन दिन्नौंः प्रचण्ड

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए । उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान शुरु गरेको बताए ।...