कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो सम्पन्न भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम नोभेम्बर १० तारिकका दिन साँभल डेनभर साउथ हाई स्कूलमा सम्पन्न भएको हो । (फोटो फिचर)
कोलोराडो । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ अमेरिका स्थित कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना भएको छ ।कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो ।
चीन सरकारले जाजरकोट भूकम्प पीडितका लागि पठाएको राहत सामग्री बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । चीनले रु ३० करोड बराबरका सामग्री हवाईमार्ग हुँदै पठाएको हो ।
भक्तपुरको पोटरीस्क्वायरमा तिहारलाई लक्षित गरी माटोबाट बनाइएका पाला बेच्न तयार गर्दै व्यापारी । कलात्मक सानो पाला प्रतिगोटा १२ रुपैयाँमा बिक्री गर्ने गरेको छ ।