प्रवासी नेपालीहरुले बोस्टनमा माघे सङ्क्रान्ति भव्यताका साथ मनाए (फोटो फिचरसहित)
-सुरेन्द्र नापित (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा प्रवासी नेपालीहरुले नेपालीको विशेष चाड माघे सङ्क्राति भव्यताका साथ मनाएका छन् । गत जनवरी १३ तारिख, सोमबारका दिन विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी माघे सङ्क्राति मनाएका हुन् । मगर संघ, अमेरिकाको बोस्टन च्याप्टरले माघे सङ्क्रान्तिको अवसर पारेर “माघे सङ्क्रान्ति–२०२५” कार्यक्रमको आयोजना गरेको थियो ।
प्रवासमा रहेका मगर जातिहरु एकताबद्ध हुने, आफ्नो भाषा, भेष भुषा, मौलिक कला, संस्कृति, परम्परा आदिको जगेर्ना गर्न योगदान पुर्याउने र आपसमा दुस्ख सुख बाड्दै “माघे सङ्क्रान्ति” मनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
"जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई, जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई...” भन्ने नाराका साथ मनाइएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।
संघको बोस...









