तमु प्ये ल्हु अमेरिकाको आयोजनमा बोल्डरमा ‘माँ ङि त्हे’ कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)
कोलोराडो । तमु जातिको मौलिक संस्कार सँस्कृति, परम्परा, भाषा, भेषभुषा तथा ऐतिहासिक संरचना तथा पृष्ठभूमिको संरक्षण, सम्बर्धन तथा प्रवर्धनको लागि जन्मदेखि मृत्यु सम्मका संस्कार र परम्परा तथा प्राचिन पौराणिक जातिया सांस्कृतिका धनी, तमु (गुरूङ) जातीको आफ्नै रितिरिवाज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन् ।
तमु जातीको पुर्खौली धर्म, बोन धर्म अनुसार माघे संक्रान्ती (माँ ङिँ त्हे) पनि एक महत्वपूर्ण चाड पर्व मध्यमा पर्दछ । माँ ङिँ तमुहरुको परम माता हुनुहुन्छ भने यस दिन वहांको नाममा पुजा(त्हे) गरेर आफ्ना चेलीबेटीहरुलाई माना चामल दिने (सि म्हन पिँब) र माया सद्भाव बाड्ने चलन रहिआएको छ ।
यसै अवसरमा तमु प्ये ल्हु अमेरिकाद्वारा बोल्डरमा आयोजित कार्यक्रमलाई दुई चरणमा बिभाजन गरिएको थियो, औपचारिक कार्यक्रम संस्था अध्यक्ष तथा कार्यक्रमका सभापति चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख स...









