
अनेसासको निर्वाचन तालिका सार्वजनिकः उम्मेदवारी दर्ता र मतदान कहिले ?
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
यसअघि नै गठित गुणराज लुईटेल संयोजक रहेको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार जून २२ शनिवारदेखि जून २४ सोमबारसम्म उम्मेद्वारी दर्ता र मतदान ६ जुलाई १२ बजेदेखि ७ जुलाई राति ११ः ५९ सम्म तोकिएको छ ।
विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।
निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।
अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन
निर्वाच...