३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

झरनाद्वारा आयोजित बकैया-कला साहित्य महोत्सवमा स्रष्टाहरू सम्मानित हुँदै

झरनाद्वारा आयोजित बकैया-कला साहित्य महोत्सवमा स्रष्टाहरू सम्मानित हुँदै

हेटौंडा (नेपाल) । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया–कला साहित्य महोत्सव–२०८१ हुने भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३१३ औं साहित्य शृङ्खला एवम् ३२ औं वार्षिक उत्सवका अवसरमा बकैया–कला साहित्य महोत्सव–२०८१ हुन लागेको शनिबार झरना साहित्यिक परिवार मकवानपुरको सचिव मसान उपासकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । आगामी फागुन १६–१७ गते बकैया–५ कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजकले जानकारी दिएको छ । कर्मप्राप्ति मावि बकैया–५ मकवानपुरको सहकार्यमा हुने उक्त महोत्सवको प्रायोजक बकैया गाउँपालिका रहेको आयो...
मातृभाषा दिवसमा नेपाल भाषाका पाँच जना साहित्यकारलाई सम्मान

मातृभाषा दिवसमा नेपाल भाषाका पाँच जना साहित्यकारलाई सम्मान

नेपाल । २५ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल भाषाका पाँच जना वरिष्ठ साहित्यकारलाई शनिबार सम्मान गरिएको हो । काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा भएको स्रष्टा सम्मान र कवितावाचन कार्यक्रममा वरिष्ठ समालोचक पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कवि नवीन चित्रकार, कथाकार तथ गीतकार निरञ्जनरत्न शाक्य र कवि श्रीराम श्रेष्ठ सम्मानित हुनुभयो । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, भाषा आयोगका सदस्य सुरेश मानन्धर र वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले सम्मानित सबैलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । भाषा आयोगका अध्यक्ष ठाकुरले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा लागु गर्दा देश अझ अगाडि बढेको बताउनुभयो । “काठमाडौँ महानगरपालिकाले नेपाल भाषा र तामाङ भाषा मात्र हैन, अन्य मातृभाषा पनि लागु गर्न पहल गर्नु पर्छ । भाषा आयोगले पनि अन्य प्रदेशमा पनि अन्य भाषा लागु...
एकैपटक मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण

एकैपटक मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण

नेपाल । साहित्यकार मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण गरिएको छ । ती कृतिमा नेपाली भाषामा ‘अल्झिएका धागाहरु’ कथा संग्रह, ‘फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा ‘घुटु चियाया’ कथा संग्रह तथा अंग्रेजी भाषामा ‘नेचर’ को लघु उपन्यास लोकार्पण गरिएको हो । कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार शंकर प्रसाद कोइराला, वरिष्ठ साहित्यकार तथा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल, कथाकार भागीरथी श्रेष्ठ लोचन तारा तुलाधर, साहित्यकारहरु शैलेन्द्र साकार, लक्ष्मी माली, जलेश्वरी श्रेष्ठ शाक्य सुरेन रमेश तुफान, ज्ञानेन्द्र विवशलगायत अन्य साहित्यकार र साहित्य प्रेमीहरुको उपस्थिति थियो। कार्यक्रममा साहित्यकारहरु शंकर कोइराला, मोहन दुवाल, लोचन तारा तुलाधरले लोकार्पण गरिएका पुस्तकहरुबारे आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै अन्य साहित्यकार तथा कविहरुबाट मन्तव्य एवम् कविता वाचनसमेत गरिएको थियो। साहि...
प्रधानमन्त्री पत्नी राधिकाको आत्मकथा ‘करुणा’ लोकार्पण

प्रधानमन्त्री पत्नी राधिकाको आत्मकथा ‘करुणा’ लोकार्पण

नेपाल । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७ औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन्...
गीत: गन्तव्य नआउँदै हामी कता अलमलियौँ ?

गीत: गन्तव्य नआउँदै हामी कता अलमलियौँ ?

-आर. आर. चौलागाईं- कहाँ हिँडेका थियौँ हामी आज कहाँ पुग्यौँ ? गन्तव्य नआउँदै हामी कता अलमलियौँ ? कोही रमितामा अल्झियौँ कोही झगडामा फँस्यौँ कोही थकाइ मारेर बस्यौँ कोही चक्रव्यूहमा पर्यौँ हामीले बाटो पनि फेर्यौँ हामीले सङ्गत पनि फेर्यौँ गन्तव्य नआउँदै हामी कता अलमलियौँ ? गाउँमा अझै अँध्यारो छ शहर अझै भड्किलो छ आमा अझै हाँसेकी छैनन् आँखामा अझै आँसु छ हामीले वाचा पनि फेर्यौँ हामीले ढाँचा पनि फेर्यौँ गन्तव्य नआउँदै हामी कता अलमलियौँ ? –हेटौंडा, मकवानपुर । ...
गजलः थियो आश धेरै बगाएर आयौ

गजलः थियो आश धेरै बगाएर आयौ

–धनराज गिरी– थियो आश धेरै बगाएर आयौ थियो बास आगो लगाएर आयौ गुफामा सुतेको थियो त्यो बिरालो बनी मूर्ख साथी जगाएर आयौ उही रीत कालो अघोरी नफाली कठै बुद्धि तिम्रो तगाएर आयौ महात्मा र ज्ञानी विवेकी पियारा लखेटी लखेटी भगाएर आयौ थियो धुन्धुकारी थियो आततायी बनी मित्र स्थायी सघाएर आयौ । –चितवन, नेपाल ।
बालकविताः लामो काने खरायो

बालकविताः लामो काने खरायो

–रमेशचन्द्र घिमिरे– छानी छानी नरम चपाई करम्–करम मीठो मीठो बारीको खोजी दुबो घारीको घाँस खाने खरायो लामो काने खरायो । लान्छु भन्छन् दाइले लान्छु भन्छ भाइले खोसाखोस् भो बिचरो पर्नु पिर पर्‍यो कल्ले लाने खरायो लामो काने खरायो । खोरबाट भागेर मेरो पछि लागेर जैले पनि सताउँछ मैलाई मात्र पछ्याउँछ स्कुल जाने खरायो लामो काने खरायो । –भोर्लेटार, लमजुङ ।...
कविताः अनि हुन्छ खासा

कविताः अनि हुन्छ खासा

–सुदीपभद्र खनाल– भन्छन् दिनेले पनि दिन्न खायौ भन्छन् लिनेले पनि टन्न खायौ जन्म्यौ कि खानै सरि छन् तमाशा उठ्लान् सुतेका अनि हुन्छ खासा पड्काउने चप्पल शुभ्र त्यागी भड्काउने बन्दुक उग्र बागी सबै मिले खान लिएर बासा बुझ्लान् युवाले अनि हुन्छ खासा उखानले देश कहाँ बन्यो खै खै वैरले को बलियो बन्यो खै कहाँ उठ्यो देश बनेर ‘दासा’ साँच्चै लघार्लान् अनि हुन्छ खासा के पिट्दछौ शक्ति लिएर डङ्का भन्छन् युवा देश हुँदैछ लंका लंका बनोस् या सरि बंगलाका उठ्लान् युवा ती अनि हुन्छ खासा हिमालझैँ माथ उचो गरेर पूर्खा मरे नित्य बरू लडेर मिलेर आफू अब फेर भाका खेद्लान् नफेरे अनि हुन्छ खासा । –अमेरिका ।...
कविताः सम्झनाका सारेगम

कविताः सम्झनाका सारेगम

–गोवर्द्धन पूजा– के थाहा आकाशबाट झरेका पानीका थोपाहरूलाई अनुभूतिका वर्णमाला ? अस्ति, खरका पालीबाट झर्दाको – तप्–तप् ! हिजो, जस्ताका छानाबाट झर्दाको-टिंङ्- टिङ् ! आज, ढलानको डुँडबाट झर्दाको– कुल–कुल !!! तर मलाई, खुब याद आउछ– छिचोलेर खरका छानालाई आमाले थाप्नुभएको बाल्टिनमा तप्केका थोपाहरूको सारेगम ! –बोस्टन, अमेरिका । ...
गीतकार कालीप्रसाद रिजाललाई रेखा-पवन स्रष्टा सम्मान

गीतकार कालीप्रसाद रिजाललाई रेखा-पवन स्रष्टा सम्मान

नेपाल । नेपाल स्रष्टा समाजले रेखा-पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । रु. १ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ । रेखा–पवन स्रष्टा सम्मानको लागि यस पटक बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपा...