९ भाद्र २०८३, मंगलवार

गजलः थियो आश धेरै बगाएर आयौ

कोलोराडोखबर संवाददाता , February 22nd, 2025

–धनराज गिरी–
थियो आश धेरै बगाएर आयौ
थियो बास आगो लगाएर आयौ

गुफामा सुतेको थियो त्यो बिरालो
बनी मूर्ख साथी जगाएर आयौ

उही रीत कालो अघोरी नफाली
कठै बुद्धि तिम्रो तगाएर आयौ

महात्मा र ज्ञानी विवेकी पियारा
लखेटी लखेटी भगाएर आयौ

थियो धुन्धुकारी थियो आततायी
बनी मित्र स्थायी सघाएर आयौ ।

–चितवन, नेपाल ।

प्रतिक्रिया दिनुहोस्