महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइयो
नेपाल । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा डिल्लीबजारस्थित देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा उहाँको प्रतिमामा माल्यार्पण तथा कविता वाचन गरियो । प्रतिष्ठानका कुलपति भुपाल राईले नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको अन्तरराष्ट्रिय तहमा प्रचारप्रसारसमेतमा देवकोटाले महत्त्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण गर्नुभयो ।
उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएकाले देवकोटा भौतिक रूपमा नरहेपनि सधैँ नेपालीबीच अमर रहुनुभएको बताउनुभयो ।
तुरुन्त कविता लेख्नसक्ने आँशुकविको क्षमता भएका देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य मूल्यवान रहेको बताउँदै उहाँले महाकविका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइने विशेषता रह...









