
पुन्य रिजालद्वारा लिखित ‘धनञ्जय सन्तती’ नामक पुस्तक बिमोचन
नेपाल । पुन्य रिजालद्वारा लिखित धनञ्जय गोत्रका विभिन्न थरहरुको उत्पत्तिको इतिहास समेटिएको धनञ्जय सन्तती तथा विन्दबाशिनी पूजा विधि नाम दुई पुस्तक एक कार्यक्रमबीच शनिवार विमोचन गरियो ।
महर्षि धनञ्जय गोत्रीय समाज नेपालले आयोजना गरेको कार्यक्रममा पण्डित तिलक रिजाल (हुमागाईं) ले उक्त दुई पुस्तक विमोचन गर्नु भएको थियो ।
पुस्तक विमोचनका क्रममा रिजालले मानिसको गोत्रीय परिचय जैविक परिचय भएको र सो गोत्र अनुसारका विभिन्न थरहरु भनेको सामाजिक परिचय भएको बताउनुभयो ।
प्राचीन ऋषिहरुका सन्ततिले आफ्ना आदि पुरुष ऋषिका नाममा जैविक परिचयका लागि गोत्रको परम्परा शुरु गरेको र पछिल्ला दिनहरुमा मानिसको पेशा वासस्थान आदिका आधारमा थरहरुमा विभाजन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा उक्त पुस्तकको समीक्षा गर्दै कृषि विज्ञान विषयका अध्यापक यादव हुमागाईंले पुन्य रिजालले आफ्नो पुस्तकमा मानव सभ्यताको उत्पत्तिदेखि भौगोलिक...