
प्रज्ञा-प्रतिष्ठानद्वारा दुवाल र चन्दलाई पुरस्कार दिने घोषणा
नेपाल । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको छ ।
वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा प्रज्ञा–प्रतिष्ठानले गरेको हो ।
वरिष्ठ साहित्यिक पत्रकार दुवालले बिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो । उहाँको प्रधान सम्पादकत्वमा जनमत साहित्यिक मासिक काभ्रेबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको छ । देश विदेशमा समेत प्रसिद्व जनमतले ३३० अङ्क प्रकाशित गरिसकेको छ । यो नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ । स्रष्टा–द्रष्टा र सङ्गठक लगायतका बहुक्षेत्रमा विशेष योगदान गरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपा...