१६ कार्तिक २०८२, आईतवार

भाषा/साहित्य

विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण

विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण

नेपाल । विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले सम्पादन गर्नुभएको पुस्तक लोकर्पण भएको हो । समाजका अध्यक्ष ममता मृदुलले विदेशमा रहेर नेपाली भाषा, कला, साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको साहित्यकार अधिकारीको पुस्तक सम्पादन तथा लोकार्पण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । अधिकारीले आफूलाई समेत लेखन क्षेत्रमा प्रोत्साहन गरेको भन्नुहुँदै साहित्य क्षेत्रमा योगदान पुर्‍याउनुभएको सर्जक तथा साहित्यका कृतिमाथि आगामी दिनमा समीक्षा गर्दै अघि बढ्ने धारणा राख्नुभयो । वरिष्ठ साहित्यकार एवम् गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठले लेखक साहित्यका नाममा विभिन्न नाटक मञ्चन भइरहेको अवस्थामा लेखक अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेकोमा नारी स्रष्टा समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो...
लघुकथा: औषधि

लघुकथा: औषधि

-आर. आर. चौलागाईं- उसले पचहत्तर वर्षमा एउटी बीस वर्षकी केटीसँग विवाह गर्यो । अथाह सम्पत्ति । आँखाले नभ्याउने जमीन । बेहिसाब गरगहना । तर पनि केटी सधैँ चिन्तित । जहिले पनि झोक्राइरहने । उसले श्रीमतीको कति औषधि गर्यो । तर केही सीप लागेन । एक दिन उसको घरअगाडिको घरमा एउटा युवक डेरा लिएर बस्न थाल्यो । त्यस युवकसँग उनीहरूको आउनेजाने क्रम बढ्न थाल्यो । अचेल उसकी श्रीमती चिन्तित पनि छैन । झोक्राएकी पनि छैन । सधैँ प्रफुल्ल देखिन्छे । -हेटौंडा, मकवानपुर ।...
व्यंग्य : झोलेमय

व्यंग्य : झोलेमय

-आर.सी रिजाल- नाति-- अस्ति हजुरबाको सल्लाहनुसार भैंसीको निबन्ध लेखेर पुरस्कार पाएँ। भोलिको लागि सरले " झोले " को निबन्ध लेखेर ल्याउनु भन्नुभएको छ। हजुरबा-- झोले कहाँ पाइन्छ्न् ? कस्ता रंगका हुन्छन् ? ..... हजुरबा -- झोले आफ्नो तन्तु मालिकलाई चढाएको दुईखुट्टे जन्तु हो।यी यत्रतत्र सर्वत्र पाइन्छन्। झोलेका भालेपोथी सबै छेपारे रंगका हुन्छ्न्। नाति -- यसको न्वारान कसले गरेको र झोलामा के बोकेको हुन्छ्न् ?? हजुरबा -- झोले नामकरण खाँटी जनताले गरेका हुन्। यसलाई अङ्ग्रेजीमा एकलखे लगाएर " ब्यागे " भनिन्छ।यिनका झोलामा हावामा खेतीगर्ने मालिकले दिएको भ्रमका बिउले भरिएको हुन्छ्।झोलेले मालिकले दिएको चस्मा अनिवार्य पहिरनु पर्छ। जुन चस्माले गोबरलाई गुँदपाक र बड्कौंलोलाई पुस्टकारी देख्छन् र त्यसको उचित सदुपयोग गर्छन् पनि । नाति -- अन्तिममा मैले सोध्न बिर्सिएको तपाईंले भन्नुपर्ने केही कुरा छ्न् कि ? हजु...
बालकविता: असार महिना आयो

बालकविता: असार महिना आयो

- रमेशचन्द्र घिमिरे- मेरो मनमा किन किन खुसियाली छायो बर्खे झरी लाग्यो अनि असार महिना आयो पानी पर्न सुरु गर्ने चर्को घाम भाग्ने यै पानीमा रुझ्दै भिज्दै हिँड्न मन लाग्ने तिर्खाएको काकाकुलले पानी खान पायो रसिलो भो धर्ती जब असार महिना आयो बाउसे दाइले कोदाली र हली दाइले हलो बोकी हिँड्छन् खन्न, जोत्न आफ्नै खेतको थलो गोरु फर्काई हर्के दाइ उचाल्दै छन् सायो रमाउँदै हिलो खेल्न असार महिना आयो बिउ काढ्दै स्यानी आमा आफै मुठा पार्छिन् बिउको मुठा लिँदै दिदी फुकाएर सार्छिन् रोपारेले गाउने गीत भाइले पनि गायो छुपुछुपु धान रोप्ने असार महिना आयो बाको पछि लाग्दै भाइ खेतमा गएको छ स्कुल जान पर्दैन रे छुट्टी भएको छ आमासँग मागी भाइले दही-च्यूरा खायो बर्खे बिदा मनाउन असार महिना आयो । – भोर्लेटार, लमजुङ...
युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

नेपाल । कवि युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष अधिकारीको कविता कृति गैरीधारा स्थित एलिस रिसेप्सनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। कार्यक्रममा कवि अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा जानकारी गराउनुहुँदै दुई वटा कविता वाचन गर्नुभयो। कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी र साहित्यकार राजेन्द्र शलभले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा पाइलट विजय लामा र अभिनेता निखिल उप्रेतीले कविता वाचन गर्नुभयो। कार्यक्रममा सांसद डा. अमरेशकुमार सिंहसहितका पूर्वमन्त्री र सांसदको उपस्थिति थियो । कार्यक्रमको समापनमा लोकार्पित कविता कृतिको ‘‘आमा’ कविता रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा मन्चन भयो । एपेक नेपालका अध्यक्ष विश्वविमोहन ...
रमेश प्रभातको दोस्रो ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक

रमेश प्रभातको दोस्रो ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक

नेपाल । समालोचक रमेश प्रभातको दोस्रो समालोचना सङ्ग्रह ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेसँगै सो संग्रह बजारमा आएको छ । ‘अरू अलिकति फरक कुरा’ समालोचक प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह हो । यसमा रहेका २९ वटा निसमालोचनामध्ये १५ वटा चितवनका सर्जकहरूका कृतिमाथिका निसमालोचना छन् । यसअघि प्रभातको निसमालोचनासङ्ग्रह अलिकति फरक कुरा प्रकाशित भएको छ । नयाँ कृतिमा समेटिएका सर्जकहरुको अभिमत पनि सुनिएको छ । समालोचक प्रभातको जन्मदिन कै अवसरमा कृति सार्वजनिक गरिएपछि एक कार्यक्रम आयोजना गरि स्रष्टाहरुले आफ्नो अभिमत राख्नुभएको हो । आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सर्जकहरू सुरेन्द्र अस्तफल, किसान प्रेमी, गणेश श्रमण, उदय अधिकारी, उपेन्द्...
नेदरल्याण्डमा भुटानी शरणार्थीको जीवनमा आधारित उपन्यास ‘खुसीको गाउँ’ बिमोचन

नेदरल्याण्डमा भुटानी शरणार्थीको जीवनमा आधारित उपन्यास ‘खुसीको गाउँ’ बिमोचन

अमेरिका । भुटानी शरणार्थीको जीवनमा आधारित खगिन्द्रा खुसीको उपन्यास ‘खुसीको गाउँ’ विमोचन गरिएको छ । विश्व भुटानी साहित्यिक सङ्गठनद्वारा नेदरल्यान्डमा आयोजित कार्यक्रममा उपन्यासको विमोचन गरियो । सन् १९९० को दशकयता भुटानबाट लखेटिएपछि झापा र मोरङमा शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्वासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक सङ्घर्षलाई उपन्यासमा समेटिएको छ । बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले उपन्यासको विमोचन गर्दै भुटानबाट निर्वासित भएको पुस्ताले जीवनभर सङ्घर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । शरणार्थीले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र सङ्घर्षका गाथालाई उपन्यासमा समेटिएको बताउनुभयो । सङ्गठनका अध्यक्ष कर्ण गुरुङले उपन्यासले भुटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका सङ्घर्षका दिन स्मरण गराएको बताउ...
साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक

साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक

नेपाल । साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक गर्दै कृतिमाथि विमर्श गरिएको छ । सोमबार पाटनढोकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले कृति सार्वजनिक गरे । कृतिमाथि बोल्दै प्रमुख अतिथि डा. भट्टराईले नेपाली साहित्यमा गिरीको योगदान राम्रो रहेको चर्चा गर्दै कैवल्यका पात्रहरूबाटै पनि दर्जनौँ उपन्यास लेख्न सकिने बताए । त्यस्तै डा. तुलसीप्रसाद गौतमले शीतलको उपन्यासमा सांकेतिकरूपमा धेरै विषय पाइने बताउँदै लेखकले बुद्ध दर्शन बुझेर यो पठनीय कृति तयार पारेको उल्लेख गरे । अर्का वक्ता साहित्यकार प्रोल्लास सिन्धुलीयले यस उपन्यासमा बुद्धको कथा नभएर चन्द्र र स्वातीको त्याग र तपस्याको कथा भएको उल्लेख गरे । कार्यक्रममा वक्ताहरू ध्रुवराज थापा, नारायणप्रसाद शर्मा, शर्मिला बगालेले कृतिको चिरफार गरे । पत्रकला साप्ता...
विजय हितानको रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

विजय हितानको रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

नेपाल । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली संघको भाषा, साहित्य समितिले स्थापना गरेको रु दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार हितानलाई प्रदान गर्नुभयो । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकामा कृतिकार हितानलाई बधाइ दिनुभयो । नेपाली सेनाका पूर्वजर्नेल साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, प्रहरीका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको जाकारी दिनुभयो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । आख्यान...
इलाममा बुढ्यौली साहित्य समाज गठन, अध्यक्षमा इलामे जेठो

इलाममा बुढ्यौली साहित्य समाज गठन, अध्यक्षमा इलामे जेठो

नेपाल । इलाममा शिव अधिकारी ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाजको गठन भएको छ । जेठ २४ गते शनिबार साहित्यकार प्रकाश थाम्सुहाङको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नौ सदस्यीय बुढ्यौली साहित्य समाज इलाम शाखा गठन गरेको छ । यस समितिमा अध्यक्षमा शिव अधिकारी ‘इलामे जेठो’, उपाध्यक्षमा रविमान लम्जेल, सचिवम पवित्रा घिमिरे, कोषाध्यक्षमा जमुना लामिछाने तथा सदस्यहरूमा प्रकाश थाम्सुहाड।, धर्म भण्डारी, तुलाराम पुरी, छिकिन तामाङ तथा चन्द्रवीर खत्री रहेका छन् । भेलामा इलामका अग्रज साहित्यकारहरू जयनारायण भट्टराई, देवी गौतम, विमल वैद्य, टिका घिमिरे, नगर प्रमुख केदार थापा, तोयानाथ भट्टराई, युद्धप्रसाद वैद्यलगायतका साहित्यकारहरूको बाक्लो समुपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले बुढ्यौली साहित्यको पर...