११ कार्तिक २०८२, मंगलवार

भाषा/साहित्य

‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

नेपाल । खेमलोल हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको ‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ । संक्षिप्त सूचीमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैरआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रासंग्रह ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेका चितवनको रत्ननगरस्थित प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उल्लेख गरेका छन् । ...
पूर्वराजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’ बजारमा

पूर्वराजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’ बजारमा

नेपाल । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका भारतका लागि पूर्वनेपाली राजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’को दोस्रो संस्करण प्रकाशनमा आएको छ । २०७० सालमा पहिलोपटक प्रकाशित यो पुस्तक दोस्रो संस्करणमा परिमार्जित स्वरूपमा आएको छ । डा। बरालले लेखेका छन्, ‘...एक दशकको अन्तरालमा केही नयाँ घटना पनि थपिएका र अघि समावेश नभएका पुराना सम्झना र अनुभव पनि रोचक र मननीय भएकाले समावेश गरिएको छ । ...’ यस पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो ।...
ज्योति साहित्य प्रतिष्ठानद्वारा २२०औँ कविता यात्रा सम्पन्न

ज्योति साहित्य प्रतिष्ठानद्वारा २२०औँ कविता यात्रा सम्पन्न

नेपाल । ज्योति साहित्य प्रतिष्ठानले मासिक रूपमा गर्दै आएको कविता यात्रालाई निरन्तरता दिँदै २२०औँ कविता यात्रा सम्पन्न गरेको छ । कार्यक्रममा कविहरू मधुसुदनप्रसाद घिमिरे, सुनिता अधिकारी, योगाज राजन, इन्दिरा चापागाईं, ललिता दोषी, नरेन्द्रराज पौडेल, नारायण तिवारी, निरा श्रेष्ठ, भरत बम्जन, गोविन्दमान सिंह कार्की, तिलक गाउँले, संगीता खरेल, बुद्धिराज पाण्डे, वियोगी बुढाथोकी, केदार मैनाली, रश्मी रिमाल, राकेशकुमार झा, हिमानी झा लगायतले कविता वाचन गरे । कार्यक्रममा साहित्यिक स्मारिका ‘साहित्य संसार’ पनि लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंह, कवि शैलेन्द्र साकार, समीक्षक प्राडा भरतकुमार भट्टराई लगायतले कवि गोष्ठिका बारेमा बोलेका थिए ।...
जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को परिचर्चा

जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को परिचर्चा

नेपाल । पाल्पाका साहित्यकार जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को बुटवलमा परिचर्चा गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रम भएको हो । गौतमको यो चौथो पुस्तकमा विविध विधाका कृतिको समीक्षा समावेश छ । २७५ पृष्ठको पुस्तकमा ४२ कृतिका सबल र दुर्बल पक्षका विषयमा समीक्षा गरिएको छ । प्राडा कपिल लामिछानेले साहित्यमा सिर्जना मात्र नभई समालोचना पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रस्तुत पुस्तकले समालोचनाको क्षेत्रमा राम्रो छाप छाडेको छ भन्नुभयो । उहाँले अन्तर्वस्तु, प्रस्तुतीकरण, तथ्यगत त्रुटि, समाजमा पर्ने प्रभावलगायतका विषय समावेश गरेर उत्कृष्ट कृति तयार भएको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा साहित्यकार ऋषिराम भुसाल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा. टंक पन्थ, माया घिमिरे र रामचन्द्र श्रेष्ठले पुस्तकको समीक्षा गर्...
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि कृतिको सूची सार्वजनिक

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि कृतिको सूची सार्वजनिक

नेपाल । चितवनस्थित कविडाँडा साहित्य समाजले २०८१ सालका लागि ‘कवि डाँडा राष्ट्रिय आख्यान पुरस्कार’को पहिलो चरणमा उत्कृष्ट दश आख्यानकृतिको सूची सार्वजनिक गरेको छ । ‘अर्हत्’ (शैलेन्द्र अधिकारी), ‘उरमाल’ (छुदेन काविमो), ‘एउटा मायी नगरमा’ (रमेश क्षितिज), ‘धीमहि’ (जयराम तिमल्सिना), ‘प्रवासीको देश हुन्न’ (पंचम अधिकारी), ‘रुदाने’ (टंक चौलागाईं), ‘सावर्णि’ (श्रीधर खनाल), ‘सिमसारा’ (बसन्त बस्नेत), ‘स्व’ (सरस्वती प्रतिक्षा) र ‘हिउँको गीत’ (तीर्थ गुरुङ) कृतिहरू सूचीमा परेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जानकारी गराएका छन् । कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरिने विज्ञप्तिमा उल्लेख छ ।...
कविता: भाषा

कविता: भाषा

-सुदीपभद्र खनाल- भाषाबाटै हृदयभरिको भावना खोल्छु मैले भाषाबाटै भुवनभरि यो घोल्छु सद्भाव मैले भाषाबाटै मृदु मृदुलता युक्त संसार हुन्छ भाषाले नै भव मनुजता युक्त यो दिव्य हुन्छ मेरो भाषा मसँग नभए बोल्छु के शव्द मैले मेरो भाषा मसँग नभए बुझ्छु के भाव मैले आफ्नै भाषा लय सुर गला गीत खोज्छन् सबैले मेरो भाषा मसँग नभए बुझ्छु के सृष्टि मैले भाषा बाँचोस् मसँग नभए लेखनी रोइदिन्छु लेखी लेखी सरस कविता चित्त यो धोइदिन्छु मेरो भाषा मसँग नभए बोल्छु बाँचेर के म बाँचोस् भाषा युगयुग धरा धाममा फैलिऊँ म भाषा हाम्रो अघि र पछि हो चेतना मोहनी हो वाणी हो यो मधु धरधरा सभ्यता मूल धी हो भाषानै हो परिचय विभा नाम हो सान हो यो भाषा हाम्रो अखिल भवको सभ्यता प्राण हो यो भाषा बाँचे हृदयतलमा देश बाँच्ने छ हाम्रो माया गाँसी भुवनभरमै प्रीत गाँस्नेछ राम्रो भाषाबाटै जनक पृथिवी बुद्द चिन्नेछ विश्व भाषा ब...
लघुकथाः दागबत्तीको लोभ

लघुकथाः दागबत्तीको लोभ

-आरसी रिजाल- छोराले बोलाएकोले बुढाबुढी अमेरिका पुगे।एकमहिनाभित्र विभिन्न ठाउमा घुमाएपछी एकरात खानाखाने समयमा बुहारीले कुरा उप्काइन् -- बुवा अब नेपालको घर बेचौँ।हामी यता भएपछि तपाईंहरु उता बस्न सुहाउँदैन । अन्तिममा दागबत्ती दिने छोराले नै हो। एकै ठाउमा बस्नपर्छ।यता घरको लोन तिर्दातिर्दा हैरान ।उता तेत्रो सम्पत्ति खेर गैरहेछ।नेपालको घर बेच्योभने ४/५ करोड त आउला। त्यसले घरको लोन तिर्न पुग्छ भनिन्। बुढाले-- आफ्नो पुर्खाले आर्जेको सम्पत्ति त्याग्न हाम्रो मनले मान्दैन। भोलि आप्रवासीलाई खेद्ने नियम बनायो भने हामी घर न घाटको हुन्छौँ। हाम्रो शेषपछि सम्पत्ति जेसुकै गर भने। बुहारीले -- हामी त यहाँको नागरिक भैसक्यौँ।हामीलाई खेद्न सक्तैनन् । सम्पत्तिको सदुपयोग गर्न जान्नुपर्छ।ल २/४ दिनभित्र निर्णय गर्नुस् भनिन्। भोलिपल्टदेखि छोराबुहारीले अलि भिन्दै किसिमको व्यबहार गर्न लागे।बुढाबुढीको सल्लाह अनुसार...
कविताः सडक

कविताः सडक

–आरआर चौलागाईं– सडकलाई कसैले पनि ख्यालख्याल नसम्झिनू सडकले जे पनि गर्छ । सडकले जिन्दावाद पनि भन्छ सडकले मूर्दावाद पनि भन्छ सडकले अबीर पनि दल्छ सडकले कालो पनि दल्छ सडकले फूलको माला पनि लगाउँछ सडकले जुत्ताको माला पनि लगाउँछ । सडकले मैनबत्ति पनि बाल्छ सडकले टायर पनि बाल्छ सडकले खुसियालीमा बाजा पनि बजाउँछ सडकले शौचालयमा पनि थुन्छ सडकले व्यवस्था पनि टिकाउँछ सडकले व्यवस्था पनि फाल्छ । सडकलाई कसैले पनि खेलाँची नसम्झिनू जो पनि सडकबाटै आएका हुन् । –हेटौंडा, मकवानपुर ।...
बालकविता: मेरो बहादुरी

बालकविता: मेरो बहादुरी

-रमेशचन्द्र घिमिरे- नडराई वनमा जब पाइला मैले टेकेँ आफूतिरै आइरहेको बाघ एउटा देखेँ मेरो कुरा सुनेपछि आमा डराउनु भो “के भन्छ यो केटा ?” भन्दै बाबा कराउनु भो तर म त ढुक्कै थिएँ गफ पेल्दै गएँ एउटापछि अर्को गर्दै कुरा जेल्दै गएँ “तँलाई डर लागेन र बाघ देख्दाखेरि ? भागिस् होला ठाडै पाइला फर्किस् होला फेरि” छक्क पर्दै हजुरबाले मुटु छाम्नुभयो हजुरआमा डराउनु भो थर्र काम्नुभयो मेरो गफ बाँकी नै थ्यो हाँस्दै थिएँ म त कुरा के हो सोध्नुभयो के हो भन् भन् ल त मैले बाघ देखेपछि पुच्छर समाइहालेँ दुई चार फन्का घुमाएर झाडीतिर फालेँ ‘म्याउँ’ गर्दै बिचरो बाघ झाडीबाट भाग्यो भन्दिनू न बरु मेरो कुरा कस्तो लाग्यो ? -भोर्लेटार लमजुङ...
भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक बिमोचन

भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक बिमोचन

नेपाल । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा कवि तथा लेखक भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथारअकथा’ पुस्तक मङ्गलबार एक कार्यक्रमबिच विमोचन गरिएको छ । बिपीका पुत्र तथा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला, पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाल र लेखक ढुङ्गानाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले बिपीलाई नेपाली साहित्यमा कालजयी पात्रका रूपमा चिनिएको बताउँदै भन्नुभयो, “बिपीको पुत्र भएकाले राजनीतिमा त आएँ तर लेख्न भने खासै सकिनँ । लेखन मेरो क्षमताले पनि भ्याउँदैन । अब लेख्ने कोसिस गर्ने सोचेको छु ।” लेखक ढुङ्गानाले बिपीलाई समर्पित गर्नकै ला...