कविता: काँडै संसार
-लालगोपाल सुवेदी-
कस्तो थियो होला
काढाँको पूर्व जुनी
जति नै गुन लगाए पनि फूलले
शिरमै सुहाए पनि काँडा त खुनीको खुनी
सायद यो समयमा फूल फुलाउने अवसर
काँढाको भाग्यमा रहेन
डस्नु हो सर्पको स्वभाव
कोपर्नु , चिथर्नु , रगतपच्छे बनाउनु धर्म काँडाको
काँडाको अन्तर्यमै छिपेको छ वैरभाव,
काँडाको यो जन्मजात स्वभाव
संसार चाहन्छ मगमग वासना
तर हामीले चाहेजस्तो काँडा कहिल्यै भएन
फूल नै फूलको डसनामा काँडालाई सुताए पनि
फूलकै तकियासहित फूलकै च्यादर ओढाए पनि
सुन्दैन काँडाले
आनी छोइङको शान्तिगीत
बुझ्दैन काँडाले दुर्गालालको शब्दसद्भाव
पच्दैन काँडाले न्ह्यू बज्राचार्यको सुमधुर संगीत
अहँ ;मन पर्दैन काँडालाई समभाव र शान्त रस
कहाँ बुझोस् कठै त्यसले ब्रह्मानन्द !
देवकोटा जयन्तीले पो उतारदियो
काडाको कृत्रिम मुखौटो
काँडो शब्दकोशमा भेटिंदै भेटिंदैन
स्रग्विणी छन्द,प्रयोजनवती लक्षणा वा कुनै निगुढ व्यन...









