
कविताः म आगोसँग खेल्न तयार छु
-सर्वज्ञ वाग्ले-
आगोको भर्भराउँदो कोइलामा
थर्थरी काम्दैगरेको झाँक्री
खलीमा खेलाउँदै बिरामी
वर्षौँ सँगालेको मन च्यातिएर
सिलाएको टालाटुली रहेछ
जिन्दगी !
जीवन सङ्घर्षको
एउटा लामो कथा हूँ म
झट्ट हेर्दा पट्यारलाग्दो
अभाव
भोक
रोग
र, पीडा-वेदनाका बग्रेल्ती
भारी बोकेको मान्छे !
म देख्छु जताततै
दयाका भाकाहरू गुन्जन्छन्
दम्भका जुँगाहरु ताउ लगाएर
सेवाका भाकाले
दोहोरी गाउन आतुर छन्
महान महाशयहरूको
घुइँचो लाग्छ
मडारिन्छन् ती खुला आकाशको
कुइरोजस्तै यत्रतत्र ।
हातमा बन्चरो
दापमा खुकुरी
अनि काँधमा
हलो बोलेर
बन्जर जमिन
जोत्न निस्केको मान्छे
आगो-पानी र बन्जर
अनि सुख्खा जमिनसँग
एक्लै पौंठेजोरी खेली हुर्केका
यी मेरा कलिला हात
आगोको लप्कासँगै लत्पतिन्छन् ।
बादल र असिना
चट्याङ् अनि बारुदको जीन्दगी
धपक्कै बलेको आगोजस्तै रापिलो छ
बाल्यकाल त्यसै बित्यो
बोर्डर अनि जङ्गलम...