१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

थाईल्यान्डमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने अदालतको निर्णय

थाईल्यान्डमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने अदालतको निर्णय

अमेरिका । थाईल्यान्डमा अदालतले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्री सेटा टवीसिनलाई पदमुक्त गरिदिएको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ । सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन । उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ । अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन् । –बीबीसीबाट...
सर्वोच्चको फैसलापछि एनआरएनएका अध्यक्ष डा. बद्री केसी नियमित काममा फर्किए

सर्वोच्चको फैसलापछि एनआरएनएका अध्यक्ष डा. बद्री केसी नियमित काममा फर्किए

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा. बद्री केसीले मंगलबार संघको केन्द्रीय कार्यालय काठमाडौंमा पुगेर आफ्नो काम थालेका छन् । सर्वोच्च अदालतको गत मंगलवारको फैसला अनुरुप डा. केसी नियमित काममा फर्किएका हुन् । सर्वोच्च अदालतका न्यायधिशद्धय तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले संघका महाधिवेशनहरु स्वायत्त हुने भन्दै ११औं महाधिवेशनले गरेको निर्णय वैधानिक भएको भन्दै डा. केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई पुनरवहाली गरेको हो । ...
बंगलादेशमा सामाजिक र धार्मिक एकताका लागि सबैसँग युनुसको अपील

बंगलादेशमा सामाजिक र धार्मिक एकताका लागि सबैसँग युनुसको अपील

नेपाल । बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपील गरेका छन् । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् । नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस गत बिहीबार युरोपबाट फर्किएको र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै आन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् ।...
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

अमेरिका । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटना भएको छ । उक्त विमानमा रहेका ५७ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन । दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।...
पोर्चुगलको राजधानी लिस्बनमा राहदानीसम्बन्धी ‘घुम्ती शिविर’

पोर्चुगलको राजधानी लिस्बनमा राहदानीसम्बन्धी ‘घुम्ती शिविर’

नेपाल । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ । गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब ४०० को हाराहारीमा नेपाली सेवाग्राहीको भीड हुने गरेको छ । राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले केही दिनअघिबाट सेवा दिन सुरु गरेको शिविरमा दुई हजार भन्दा बढीको विद्युतीय राहदानी (ई–पासपोर्ट) ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको टोलीले जनाएको छ ।...
अमेरिकी भूगर्भ सर्वेक्षणद्वारा चन्द्रमाको एक पहाडाको नाम ‘ल्हामु क्रेटर’ राख्ने घोषणा

अमेरिकी भूगर्भ सर्वेक्षणद्वारा चन्द्रमाको एक पहाडाको नाम ‘ल्हामु क्रेटर’ राख्ने घोषणा

अमेरिका । अमेरिकी भू–बैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले चन्द्रमाको एक पहाडाको नाम सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्यामु शेर्पाको नाममा ‘ल्हामु क्रेटर’ राख्ने घोषणा गरेको छ । काठमाडौंस्थिर अमेरिकी दूतावासको उक्त घोषणाको पुष्टी गरेको छ । पासाङ ल्हामुले सन १९९३ अप्रिल २२ मा पहिलो पटक आरोहण गरेकी थिइन् । ‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ । अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ ।’–अमेरिकी दूतावासले उल्लेख गरेको छ । ...
सर्वोच्चको फैसलापछि बिहीबार एनआरएनए आईसीसीको बैठक बस्दै

सर्वोच्चको फैसलापछि बिहीबार एनआरएनए आईसीसीको बैठक बस्दै

नेपाल । सर्वोच्च अदालतको मंगलवारको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसीसीको बैठक बोलाइएको छ । तत्कालीन अध्यक्ष डा. बद्री केसीले बिहीबार एनआरएनए आइसीसीको बैठक बोलाएका जानकारी दिए । त्यस्तै तत्कालीन महासचिव गौरीराज जोशीका अनुसार अदालतको पछिल्लो फैसलाको जानकारी दिने लगायतका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक विहिबार बस्न लागेको बताए । मंगलबारको सर्वोच्चले केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न आदेश दिएको थियो । सहकोषाध्यक्ष कृष्ण तिम्लसेनालगायतले दायर गरेको मुद्धामा सर्वोच्चले माग बमोजिमको रिट जारी गरेको थियो । बैठक नेपाली समय अनुसार बिहिबार बेलुका ५ बजे बस्ने तय भएको छ । बैठकमा राष्ट्रिय समितिका अध्यक्षहरुलाई समेत आमन्त्रण गरिएको छ । तत्कालीन उपाध्यक्ष हेमराज शर्माको मंगलबारको प्रतिक्रियाः आजको सर्वोच्च अदालतको फैसलाले: १) एनआरएनएको एकताको लागि झन बलियो आधार द...
बंगलादेशको संसद भंग, नोबेल पुरस्कार विजेता युनुस अन्तरिम प्रधानमन्त्री !

बंगलादेशको संसद भंग, नोबेल पुरस्कार विजेता युनुस अन्तरिम प्रधानमन्त्री !

अमेरिका । बंगलादेशको संसद भंग भएको छ । मंगलबार राष्ट्रपति महमद शाहबुदिनले संसद भंग गरेको हुन् । केही महिनाअघि मात्रै भएको चुनावमा बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् । केही साताअघि ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन् । उक्त आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ । नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम प्रधानमन्त्री यता, लामो समयदेखि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशक...
आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री हसिना राजीनामा दिएर हेलिकप्टरबाट भारत पुगिन्

आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री हसिना राजीनामा दिएर हेलिकप्टरबाट भारत पुगिन्

अमेरिका । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् । सोमबार हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका थिए । उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए । सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए । हसिना र उनकी बहिनी शेख रेहना गणभवनबाट हेलिकप्टर चढेर भारत गएका छन् । केही साताअघि ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन् । उक्त आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ३०० जनाक...
राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगलमा

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगलमा

पोर्चुगल । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल पुगेको छ । विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन संकलन गर्न विभागका निर्देशक मोतीबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन पुगेको थियो । टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली संघ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतीबहादुर श्रीसले जानकारी दिए । शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको थियो । नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेद...