अमेरिका-भारत व्यापार सम्झौताको घोषणालाई भारतद्वारा खुसीका साथ स्वागत
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको अमेरिका–भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ । यस सम्झौताले राष्ट्रका निर्यात वस्तुमा कर कटौती गर्ने प्रतिज्ञासँगै महिनौँदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि विश्लेषकले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन् । ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा रुसी तेल खरिद बन्द गर्ने वाचा गरेपछि यो सम्झौता सम्भव भएको बताउनु भएको छ । उहाँले गत वर्ष लागु गरिएको २५ प्रतिशत कर घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गर्नु भएको हो ।
साथै नयाँदिल्लीले अमेरिकी ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य वस्तु पाँच खर्ब डलरभन्दा बढी मूल्यका खरिद गर्न सहमत भएको पनि उहाँले बताउनु भएको छ । भारतको रुसी तेल खरिदमा लगाइएको अतिरिक्त २५ प्रतिशत शुल्क हटाइएको ह्वाइट हाउसका एक अधिकारी...









