१९ कार्तिक २०८२, बुधबार

अन्तराष्ट्रिय/प्रवास

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई भ्रष्टाचार मुद्दामा १ वर्षको जेल सजाय

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई भ्रष्टाचार मुद्दामा १ वर्षको जेल सजाय

नेपाल । थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ । एक न्यायाधीशका अनुसार थाक्सिनको सजायको कार्यान्वयन ठीकसँग भएको थिएन, त्यसैले बैङ्ककको प्रहरी अस्पतालमा गरिएको नजरबन्दलाई जेल सजायको रूपमा गणना गरिएको थिएन । एक दशकभन्दा बढी समय स्व–निर्वासनमा बिताएपछि थाइल्यान्ड फर्केका थाक्सिन जेलमा एक दिनभन्दा कम समय बिताएपछि स्वास्थ्य कारण देखाएर अस्पतालमा भर्ना हुनुभएको थियो ।...
शान्तिपूर्ण सभा र सार्वभौमिक अधिकारप्रति अमेरिकीसहित विभिन्न राजदूतावासको दृढ समर्थन

शान्तिपूर्ण सभा र सार्वभौमिक अधिकारप्रति अमेरिकीसहित विभिन्न राजदूतावासको दृढ समर्थन

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त प्रेस विज्ञप्ति हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।...
जेन-जी प्रदर्शनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली: एनआरएनए एनसीसी अमेरिका

जेन-जी प्रदर्शनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली: एनआरएनए एनसीसी अमेरिका

शोक सभा तथा दीप प्रज्वलन नेपालमा हालै भएको Gen Z विरोध प्रदर्शनका क्रममा अकालमा ज्यान गुमाउनुभएका सम्पूर्ण आत्माहरूको चिर शान्तिको कामना गर्दै हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। यस दुःखद घडीमा आज बेलुकी ७:३० बजे नेपाली घरको प्राङ्गणमा आयोजित मौन धारण तथा दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गर्दछौँ। मिति: २०२५ सेप्टेम्बर ८ समय: बेलुका ७:३० बजे स्थान: नेपाली घर, 4001 W. 76th Ave, Westminster, CO घाईते तथा ज्यान गुमाएका बाल युवाहरूको सम्मानमा आयोजना शोक सभा शान्तिपूर्ण तरिकाले आयोजना गरिने यस कार्यक्रम मार्फत एकता, सम्झना र प्रार्थना गर्दै न्यायको आवाज उठाउनेछौं। कृपया आफ्नो साथमा मैनबत्ती ल्याइदिनुहोस् र समुदायसँगै एकतामा उभिनु...
शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक घटना दुखद्; एनआरएनए आईसीसी

शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक घटना दुखद्; एनआरएनए आईसीसी

प्रेस विज्ञप्ति भ्रष्टाचारको विरोध, सुशासनको माग र फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध ‘जेनजी’ पुस्ताको आह्वानमा २०२५ सेप्टेम्बर ८ तारिखमा काठमाडौँसहित देशका विभिन्न सहरहरूमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शन र सो क्रममा भएको हिंसात्मक घटनाप्रति गैरआवासीय नेपाली संघ गहिरो दुख प्रकट गर्दछ । प्रहरीले चलाएको गोलीका कारण हालसम्म १९ जनाको मृत्यु भएको र ३४७ जना व्यक्ति घाइते भएका खबरहरूले गम्भीर चिन्ता उत्पन्न गरेको छ। संघ मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ । यसर्थ गैरआवासीय नेपाली संघ घाइतेहरुको निशुल्क उपचार गर्न, मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध...
एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा सेप्टेम्बर १३ मा टेक्ससमा कार्ययोजना सम्मेलन हुँदै

एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा सेप्टेम्बर १३ मा टेक्ससमा कार्ययोजना सम्मेलन हुँदै

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा यही सेप्टेम्बर १३, शनिबार, डालस, टेक्सासमा बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन हुने भएको छ । कार्यक्रम डालासको अर्भिङस्थित हिल्टन गार्डेन इनमा आयोजना हुनेछ । उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको छ । उक्त कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्रि केसी, उपध्यक्षक्ष हेमराज शर्मा, रविन शेरचन, महासचिव गौरीराज जोशी र उपमहासचिव प्रविण गुरुङको सहभागिता रहने एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले जानकारी दिनु भयो । उक्त राष्ट्रिय भेला तथा सम्मेलनबाट नयाँ कार्यसमितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि कार्ययोजना तय गर्ने बताइएको छ । गत जुलाई २७ र २८ मा भएको निर्वाचनबाट विकास उप्रेतीको नेतृत्वमा एनआरएनए एनसीसी अमेरिकाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । महासचिव पन्तका अनुसार सेप्टेम्बर १४ मा एनआरएनए एनसीसी अमेरिकाक...
पोर्चुगलमा केबुलकार दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु

पोर्चुगलमा केबुलकार दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु

नेपाल । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर केबुलकार रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो । पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ। आपतकालीन सेवाले मृतकहरूमा विदेशीहरू भएको बताए पनि उनीहरु कुन देशका हुन् भन्ने पुष्टि हुन बाँकी छ । –एजेन्सीहरु ।...
अवैध ढंगले अमेरिका पुगेका थप ३७ नेपाली निष्काशित

अवैध ढंगले अमेरिका पुगेका थप ३७ नेपाली निष्काशित

अमेरिका । अमेरिकाले थप ३७ नेपालीलाई निष्काशन गरेको छ । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो । उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं पुग्दैछन् । अध्यागमन स्रोतका अनुसार बुधबार साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन ।...
अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट कति आए ?

अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट कति आए ?

नेपाल । सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्क अनुसार पछिल्लो महिना सबैभन्दा बढी (४० प्रतिशत) भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अगस्तमा भारतबाट ३५ हजार, चीनबाट सात हजार ५३३ अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच लाख ९५६ र बङ्गलादेशबाट चार हजार २६२ पर्यटक भित्रिएका हुन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली ९सार्क० मुलकबाट ४७ हजार १३७, एसियाका अन्य मुलुकमा १५ हजार ७७७, युरोपबाट ११ हजार १३२ र ओसनियाबाट दुई हजार ४३५ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।त्यसै गरी अमेरिकाबाट सात हजार २९३, मध्यपूर्वबाट ९४४, अफ्रिकाबाट ३२२ र अ...
टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा

टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा

अमेरिका । फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहनुभएका हुमागाईले नेपाली मूलका खेलाडीलाई लक्षित गरेर क्लब खोल्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका उहाँले टेक्सासमा रहेर विभिन्न क्लबमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । हुमागाईले सेप्टेम्बर १४ तारिख विशेष समारोहबिच क्लबको औपचारिक सुरुवात गर्ने पनि बताउनुभयो । ‘‘क्लब स्थापनापछि नेपाल र अमेरिकामा आयोजना हुने फुटबल प्रतियोगितामा भाग लिने योजना छ । भविष्यमा यही क्लबमार्फत नेपालका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगमा टिम खरिद गर्ने वा नयाँ टिम दर्ता गरी प्रतिस्पर्धा गर्ने दीर्घकालिन योजना छ । हामी सुरुमा इङ्लिस प्रिमियर लिगको वेस्टहाम युनाइटेडसँग किस्टोन एथलेटिक्स पेन्सलभेनिया...
अफगानिस्तानमा भूकम्पमा परेर ८ सय भन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पमा परेर ८ सय भन्दा बढीको मृत्यु

नेपाल । अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा ८ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो । देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पुर्‍याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भन्नुभयो । उहाँका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् ।तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् । “अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”...