१८ कार्तिक २०८३, बुधबार

अन्तराष्ट्रिय/प्रवास

अबैध आप्रवासी फर्काउने क्रममा अमेरिकाबाट थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’

अबैध आप्रवासी फर्काउने क्रममा अमेरिकाबाट थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’

अमेरिका । अबैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काले जानकारी दिए । त्यस्तै चिनियाँ गिरोहले म्यानमारमा लगेर अबैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्धार गरेर नेपाल पठाएको खड्काले बताए । थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई ‘साइबर स्क्यामिङ’ को काममा लगाइएको थियो । अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको पाइएको छ । ३३ मध्ये १६ जना दाङका र १० जना रुकुमका रहेको खड्काले बताए । बाँकी २ जना विद्यार्थी र पर्यटक भिसामा गएर अवैधरुपमा बसेबापत जेल परेका थिए ।...
नितिश कुमार दशौंपटक बिहारको मुख्यमन्त्री नियुक्त

नितिश कुमार दशौंपटक बिहारको मुख्यमन्त्री नियुक्त

नेपाल । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । सन् २०२० मा प्रधानमन्त्री मोदीले शपथ समारोहमा भाग लिन नसके पनि यस पटक उहाँको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गर्नु भएको थियो । विगत दुई दशकदेखि उहाँले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् । ७४ वर्षीय नितिश कुमार २०१४–१५ बिच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आउनु भएको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा साउदीको राजकुमारको सम्मानमा ह्वाइट हाउसमा भव्य रात्रिभोज

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा साउदीको राजकुमारको सम्मानमा ह्वाइट हाउसमा भव्य रात्रिभोज

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो । साउदी क्लब अल नासरका लागि खेल्दै आउनु भएका र जो धेरै जना वरिष्ठ खेलाडीसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुग्नुभएका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सिटमा बस्नुभएको देखिन्थ्यो ।...
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई एनआरएनएले दियो बधाइ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई एनआरएनएले दियो बधाइ

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गगर्नु भएको छ । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, अमेरिका क्षेत्रकी महिला संयोजक इन्दिरा त्रिपाठी तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति रहेको थियो । अध्यक्ष डा. केसीले कार्कीको नेतृत्वमा शान्ति–सुरक्षा व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सफल र परिणाममुखी कार्यकालको शुभेच्छा व्यक्त गर्नुभयो ।...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय !

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय !

अमेरिका । बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई–अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ढाका ट्रिब्युनका अनुसार न्यायाधिकरणले हसिनालाई मानवताविरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गर्दै उहाँको आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालेको छ । अदालतले हसिना, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र सक्षम पारेको ठहर गरेको हो । ७८ वर्षीया शेख हसिना हा...
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड संकलन

जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड संकलन

अमेरिका । जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ (नेपाल हाउस) निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो । जापानको टोकियोस्थित शिन्ज्युकुमा आयोजित सप्ताहमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नुभएको थियो । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा आठ दिनसम्म चलेको सप्ताहमा झण्डै रु ११ करोड नगद सङ्कलन भएको जानकारी दिनुभयो । हालसम्म रु १० करोड ५० लाख नगद सङ्कलन भइसकेको र बाकसमा दान गरेको भेटीलाई गन्ने काम भइरहेको उहाँको भनाइ छ । जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक...
हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपालीलाई ‘ट्रान्जिट भिसा’ नचाहिने

हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपालीलाई ‘ट्रान्जिट भिसा’ नचाहिने

नेपाल । हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ । नेपाली महावाणिज्य दूतावास हङ्कङले शनिबार ९न् २०२५ को नोभेम्बर १५ देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ । महावाणिज्य दूतावासले विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङ्कङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो । हङ्कङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङ्कङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबविहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको छ । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूलाई शटडाउनको जिम्मेवार ठहर गर्दै अमेरिकी जनतालाई आगामी मध्यावधि चुनावमा यो बिर्सन नहुने चेतावनी दिनुभयो । “जब हामी फेरि चुनावमा पुग्छौँ, डेमोक्रेटहरूले हाम्रो देशमा के गरे, त्यो नबिर्सनुहोस्”, उहाँले भन्नुभयो । सदनले पार्टी–लाइन मत २२२–२०९ ले विधेयक पारित गरेपछि राष्ट्रपति ट्रम्पको हस्ताक्षर समारोह सम्पन्न भएको हो । सिनेटले यसअघि नै विधेयक पारित गरिसकेको थियो । डेमोक्रेटहरूले अफोर्डेबल केयर एक्ट अन्तर्गत स्वास...
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिंदा एकै परिवारका तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिंदा एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिका । अस्ट्रेलियामा सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा हुँदा कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । ...
नोभेम्बर २२ मा एनआरएनए कोलोराडोको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिंदै

नोभेम्बर २२ मा एनआरएनए कोलोराडोको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिंदै

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितिलाई यही २२ नोभेम्बर शनिबारका दिन पद हस्तान्तरण कार्यक्रम हुने भएको छ । च्याप्टरको २०२३–२०२५ कार्यसमितिबाट २०२५–२०२७ कार्यसमितिलाई एक समारोहका बीच पद हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष प्रकाश पौडेलले जनाएका छन् । च्याप्टरमा चन्द्र गुरुङ र निमा शेर्पा अध्यक्ष रहेको दुई छुट्टाछुट्टै कार्य समिति चयन भए पनि दुबै समितिलाई मिलाएर पद हस्तान्तण गर्न लागिएको हो । एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित ...