१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

भाइरस र ब्याक्टेरिया सङ्क्रमणको कारण थाइल्याण्डमा कम्तिमा ७२ वटा बाघ मरे

भाइरस र ब्याक्टेरिया सङ्क्रमणको कारण थाइल्याण्डमा कम्तिमा ७२ वटा बाघ मरे

अमेरिका । पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरुले बताएका छन् । चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्तिमार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास(प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरिया पत्ता लगाएको बताएको छ । बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दा सम्म धेरै ढिलो भइसकेकाले उनीहरुको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताउनु भएको छ । टाइगर किङडम, पार्कको वेबसाइटमा उल्लेख भएका सूचनाका आधारमा बाघह समयमै परीक्षण र उचित औषधोपचारको अभावमा दुःख, र डरको बिचमा मृत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियाले जनाएको छ ।...
पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन

पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन

नेपाल । पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ। दूतावासको बिहीबार एक समारोहबीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरे । गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रूपमा उद्घाटन गरिएको हो । सो अवसरमा परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी पोर्चुगलका विदेश मामिला सचिव जेभियरले खुसी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रूपमा काम गर्ने बताए। उद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारी, कूटनीतिक न...
फिलिपिन्समा बाढी पहिरोमा परेर ७ जनाको मृत्यु

फिलिपिन्समा बाढी पहिरोमा परेर ७ जनाको मृत्यु

नेपाल । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा परि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीले शुक्रबार बताएका छन् । फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहरस्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ । स्थानिय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न अधिकारीले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ । निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तमा रेडक्रस शाखा उच्च सतर्कतामा रहेको गोर्डनले बताउनु भएको छ । सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरक...
तीन महिनाको अवधिमा ५६६ जनाले पाए गैरआवासीय नेपाली नागरिकता

तीन महिनाको अवधिमा ५६६ जनाले पाए गैरआवासीय नेपाली नागरिकता

नेपाल । पछिल्लो तीन महिनाको अवधिमा ५६६ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको कात्तिक १ गतेदेखि पुस मसान्तसम्मको तथ्यांक अनुसार उक्त संख्यामा नागरिकता वितरण भएको हो। सोही अवधिमा कुल दुई लाख दुई हजार ९५६ वटा विभिन्न प्रकारका नागरिकता प्रमाणपत्र जारी गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। यसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या एक लाख १९ हजार १२ रहेको छ। त्यस्तै २६ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० पुगेको छ । नेपालको नेपालको संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधान व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नागरिकता दिने कानुनी आधार तयार गरिएको हो ।...
जापानमा साने ताकाइची पुनः प्रधानमन्त्री निर्वाचित

जापानमा साने ताकाइची पुनः प्रधानमन्त्री निर्वाचित

नेपाल । जापानमा साने ताकाइची पुनः प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । बुधबार बसेको जापान संसद्को विशेष अधिवेशनले उहाँलाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित गरेको हो । प्रधानमन्त्री सानेको दोस्रो कार्यकालमा देश सबल तथा सुरक्षाकेन्द्रित दिशातर्फ बढ्ने स्पष्ट सङ्केत दिएको जापानको समाचार संस्था क्योडोले जनाएको छ । सम्पन्न मध्यावधि निर्वाचनमा संसद्को तल्लो सदनका ४६५ सिटमध्ये दुईतिहाइ बहुमत हासिल गरेको उहाँको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) लाई विधेयक अघि बढाउन उल्लेखनीय सहजता प्राप्त भएको छ । तल्लो सदनको ‘सुपरमेजोरिटी’ का कारण समितिहरूमा प्रभुत्व कायम राख्दै अस्वीकृत विधेयक पुनः पारित गराउन सकिने अवस्था बनेको छ । यही राजनीतिक बलमा उहाँले सैन्य क्षमता विस्तार, सरकारी खर्च वृद्धि र परम्परागत सामाजिक नीतिलाई संस्थागत गर्ने योजना अगाडि सार्नुभएको छ । आगामी दिनमा उहाँको प्राथमिकता ब...
लन्डनस्थित दूतावासमा मनाइयो नेपाली सेना दिवस

लन्डनस्थित दूतावासमा मनाइयो नेपाली सेना दिवस

नेपाल । ब्रिटिश सेनाका चिफअफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सिबिइले नेपाली सेना विश्व प्रतिष्ठित संस्था भएको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासमा २६३औँ नेपाली सेना दिवसका अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहका प्रमुख अतिथिका रूपमा बोसवेलले नेपाली सेना गर्विलो इतिहास र उत्कृष्टताका कारण विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्था रहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा असाधारण योगदान दिँदै नेपाली शान्ति सेनाले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा कमाएको उनको भनाइ छ । उनले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास ‘क्याम्ब्रियन पट्रोल एक्सरसाइज २०२५’ मा नेपाली सेनाले स्वर्ण पदक जितेकामा प्रशंसा गरे । उनले ब्रिटिस गोर्खा सैनिक पनि बहादुरी, बफादारी र व्यावसायिकताको उदाहरण बनेको उल्लेख गर्दै दुई सेनाबीचको साझेदारी संयुक्त ता...
बंगलादेशका नयाँ प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण

बंगलादेशका नयाँ प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण

अमेरिका । बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले मङ्गलबार संसदको शपथ ग्रहण गर्नुभएको छ । सन् २०२४ को घातक जनविद्रोह र त्यसपछिको १८ महिना लामो अन्तरिम सरकारको शासनपछि यो देशमा पहिलो पटक निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन् । मङ्गलबार बिहान १०ः४३ बजे ढाकास्थित संसद भवन (जातीय संसद) को शपथ कक्षमा मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुभएको हो । शेख हसिनाको १५ वर्षे शासनकाल र त्यसपछिको सङ्क्रमणकालपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का ६० वर्षीय नेता तारिक रहमानले देशको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । उहाँ झण्डै १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा मात्र स्वदेश फर्किनुभएको थियो । राष्ट्रपति मोहम्मद साहाबुद्दिनले दक्षिण प्लाजामा प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छ...
द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री बालानन्द शर्मा पोर्चुगल जाने

द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री बालानन्द शर्मा पोर्चुगल जाने

नेपाल । परराष्ट्रमन्त्री बालानन्द शर्मा पोर्चुगल जाने भएका छन् । नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र सचिव अमृतबहादुर राई पनि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री शर्मा २० फेब्रुअरीमा पोर्चुगलको लिस्बनमा आयोजना हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका कर्मचारी सहभागी हुनेछन् । बैठकमा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धको समग्र समीक्षा गर्नुका साथै साझा चासोका विषयहरूमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे छलफल गर्नेछन् । हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्।...
विद्युतीय उपकरणमा समस्या आएका कारण मस्कोमा एक कार्यालय भवनमा आगलागी

विद्युतीय उपकरणमा समस्या आएका कारण मस्कोमा एक कार्यालय भवनमा आगलागी

अमेरिका । रुस मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ । अहिले आगलागी नियन्त्रणमा लिइसकिएको छ । आगलागी भवनको चौथो तलामा भएको र आगलागीले ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको मन्त्रालयले जनाएको छ । यसैबिच, स्थानीय अधिकारीले प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै भनेका छन्, “आगो लाग्नुको कारण विद्युतीय उपकरणमा आकस्मिक रूपमा समस्या आएका कारण भएको हुन सक्ने देखिएको छ ।” अधिकारीले आगलागीको कारण स्थलगत अनुसन्धानको नतिजाको आधारमा पछि सार्वजनिक गरिने बताएका छन् । मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने छ...
थाइल्यान्डको सोङ्खला प्रान्तमा गोली हानाहान हुँदा विद्यालयका प्रधानाध्यापकको मृत्यु

थाइल्यान्डको सोङ्खला प्रान्तमा गोली हानाहान हुँदा विद्यालयका प्रधानाध्यापकको मृत्यु

अमेरिका । दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जालमार्फत आक्रमणमा एक जना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ । प्रहरीका आुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए । सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक तथा विद्यार्थीलाई बन्धक बनाएको सङ्केत जनाएको थियो ।...