२२ कार्तिक २०८२, शनिबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको विभिन्न शहरमा मनाइयो छठ पर्व

अमेरिकाको विभिन्न शहरमा मनाइयो छठ पर्व

अमेरिका । अमेरिकाको टेक्सासमा रहेका नेपाली मुलका मधेसी समुदायले यस बर्षको छठ पर्ब हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार गत बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठ पर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने ‘मधेसी एसोसियसन ईन अमेरिका’का अध्यक्ष डा सङ्गीत रौनियारले जानकारी दिनुभयो । टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका लागि डेन्टनमा रहेको पानीको तलाउ नजिक छठ पर्व मनाउने व्यवस्था गरिएको थियो । टेक्सासमा रहेका विशेषगरी मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं मधेसी समुदायका अगुवाहरूले छठ पर्व कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिन ड्यालस फोर्ट वर्थमा रहेका मधेसी समुदायको डेन्टनमा उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको डा रौनियारले बताउनुभयो । यसैगरी टेक्सासको राजधानी अस्टिनमा पनि छठ पर्व धुमधामका साथ ...
एनआरएनए इजरायलद्वारा अन्तर्राष्ट्रिय स्तरिय खुल्ला वतृत्वकला प्रतियोगिता आयोजना गरिंदै

एनआरएनए इजरायलद्वारा अन्तर्राष्ट्रिय स्तरिय खुल्ला वतृत्वकला प्रतियोगिता आयोजना गरिंदै

अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, इजरायलद्वारा अन्तर्राष्ट्रिय स्तरिय खुल्ला वतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । आगामी २४ नोभेम्बर २०२४ (आइतबार) उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । ४० वर्ष मुनिका युवा युवतिहरुलाई प्रतियोगितामा सहभागिता जनाउन आमन्त्रण गरिएको छ । प्रतियोगिताका विजयीहरुलाई २ लाख, १ लाख र ५० हजार पुरस्कार प्रदान गरिने छ । ‘समृद्ध नेपालः गैरआवासीय नेपालीहरुको भूमिका’ तथा ‘गैरआवासीय नेपालीहरुको साझा अभियानः वैदेशिक सिकाई र लगानी, हाम्रो स्वाभिमान’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताका लागि १५ नोभेम्बरसम्म नाम दर्ता गर्न सकिने छ । अंग्रेजी र नेपाली भाषामा सञ्चालन हुने प्रतियोगिताको लागि २० यूरो दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले तल उल्लेखित बैंक खातामा प्रवेश शुल्क जम्मा गरी, दिइएको फारममा शु...
एनआरएनए अमेरिकाको आयोजनामा बोस्टनमा वुमन्स कन्फ्रेन्स हुँदै

एनआरएनए अमेरिकाको आयोजनामा बोस्टनमा वुमन्स कन्फ्रेन्स हुँदै

अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आयोजनामा बोस्टनमा "Women's Conference - 2024" कार्यक्रम आयोजना गरिएको छ । नोभेम्बर १६, २०२४ (शनिवार) बिहान ११ देखि अपराह्न ५ बजेसम्म Massachusetts Institute of Technology (MIT Building 34), 50 Vassar St, Cambridge, MA 02139 (Boston, MA)मा कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रममा सहभागिताका लागि एनआरएनए एनसीसी अमेरिकाले सम्पूर्ण पंजिकृत सदस्यहरू, संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, संघ–संस्थामा आबद्ध विशिष्ट व्यक्तित्वहरू एवं पत्रकारहरूलाई आमन्त्रण गरेको छ । ...
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सहजकर्ताको भूमिका खेल्छः परराष्ट्रमन्त्री राणा

मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सहजकर्ताको भूमिका खेल्छः परराष्ट्रमन्त्री राणा

नेपाल । परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनुभएको छ । मन्त्रालयमा बुधबार एनआरएनका अभियन्ताहरुसँगको छलफलमा मन्त्री राणाले भन्नुभयो्, ‘तपाईँहरू मिल्नूस् । कानुनबमोजिम अगाडि बढ्नुहोस् । मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ।’ मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको टीकाटिप्पणीले आफू स्वयंलाई पनि नराम्रो लागेको बताउँदै सबै एकैसाथ एकताबद्ध भएर अघि बढ्न आवश्यकता रहेको उल्लेख गर्नुभयो । एनआरएनएमा देखा परेको विचलन र आपसको मतभिन्नताले यस संस्थामार्फत देशको हितका लागि हुनुपर्ने अपेक्षित काम पनि हुन नसकेको उहाँको भनाई थियो । साथै उनले हालै एनआरएनएको ग्लोबल कन्क्लेभ र साधारण सभामा प्रधानमन्त्री र अरू मन्त्रीहरू गएको तर आफू बिरामी भएको कारण उपस्थित हुन नपाएको जानकारी पनि गराउन...
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिका । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । जितसँगै उहाँ अमेरिकाको ४७औं राष्ट्रपति हुनु भएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो ।उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो । डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा न्यूयोर्कको क्वीन्समा भएको थियो ।...
पण्डित इजरायलका लागि राजदूत नियुक्त

पण्डित इजरायलका लागि राजदूत नियुक्त

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३ महिना अघि गत साउन १४ मा १७ मुलुकका लागि विभिन्न राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि राजदूत सिफारिस गरेको थियो । इजरायलका लागि राजदूतमा सिफारिस पण्डित अदालतबाट सजाय पाएका व्यक्ति भएकाले नियमावलीअनुरुप राजदूत हुन नमिल्ने भन्दै संसदीय समितिले अनुमोदन गर्नमा ढिलाई गरेको थियो ।...
अमेरिकामा ४७औँ राष्ट्रपति चयनका लागि हुुने निर्वाचन मंगलबार सम्पन्न हुँदै

अमेरिकामा ४७औँ राष्ट्रपति चयनका लागि हुुने निर्वाचन मंगलबार सम्पन्न हुँदै

अमेरिका । अमेरिकामा ४७ औँ राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदैछ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार अमेरिकी नागरिकले राष्ट्रपति चयन गर्न मतदात गर्दैछन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेका छन् । राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार हुनुहुन्छ ।...
एनआरएनएका उपाध्यक्ष शर्मा र दुबईस्थित नेपाली समुदायबीच अन्तरक्रिया

एनआरएनएका उपाध्यक्ष शर्मा र दुबईस्थित नेपाली समुदायबीच अन्तरक्रिया

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा यूएईस्थित नेपाली समुदायका सदस्यहरूसंग दुवईमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाण्डौंबाट दुवई पुगेका डा. शर्माले गैरआवासीय नेपालीहरूको विविध समस्याहरूको समाधानमा संघले गर्ने भूमिकाबारे स्पष्ट पारे । यूएईको प्रमुख व्यावसायिक शहर दुवईमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष विकास शाही तथा संघका सचिव मनोज श्रेष्ठले डा. शर्मालाई स्वागत गर्दै सम्मान प्रकट गरे । यो अवसरमा गैरआवासीय नेपालीहरूको मुद्धा र वर्तमान अवस्थामा संघको भूमिकाबारे महत्वपूर्ण छलफल गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले एनआरएनएको स्थापनादेखि हालसम्म संघले गरेका विविध कार्यहरूको चर्चा गरे । उनले विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधा...
सुनुवाइ समितिबाट बेल्जियमका लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

सुनुवाइ समितिबाट बेल्जियमका लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

नेपाल । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन गरेको हो । सुनुवाइपछि बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन भएको जानकारी दिए ।...
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

नेपाल । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण लाई सोमबार सम्बोधन गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरुको केही कुरा राख्न सकिन्छ ।’ मन्त्री चौधरीले युवाहरु विदेशिने क्रम बढेको बताउनुभयो । ‘जनसंख्याको ४२ प्रतिशत युवा छ । तीनै तहमा ४५ प्रतिशत युवाहरु राजनीतिमा काम गरिरहेका छन् । त्योभन्दा बढी युवाहरु दिनप्रतिदिन विदेश पलयान भइरहेका छन् । कोही पढ्न, कोही रोजगारीको सिलसिलामा गइरहेका छन् । १२ कक्षा पास गरिसकेपछि म विदेश जान्छु भन्ने धारणा छ । स्नातक तहमा विद्यार्थी अभाव छ । निकट भविष्यमा शिक्षकहरु...