अमेरिकाको मेरिल्याण्डस्थित बानाको बीओडी अध्यक्षमा प्रभुराम थापा निर्वाचित
अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्य अन्तर्गत बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्रभुराम थापा निर्वाचित हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्जसमेत रहनुभएका थापा नेपालीको साझा संस्था बानाको नेतृत्वमा पुग्नुभएको हो ।
मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ–संस्थाहरु मध्ये शीर्ष स्थानको मानिने बानाको बोर्ड अफ ट्रष्टीको नेतृत्वका लागि मतदान भएको थियो । मतदानमा कुल ११६ मतदाता रहेकोमा ९७ मत ल्याएर थापा बिजयी हुनुभयो ।
थापासँग प्रतिस्पर्धा गर्नुभएका महेन्द्र देशारले १९ मत प्राप्त गर्नुभएको छ । बाल्टिमोरमा सामाजिक अभियन्ताका रुपमा परिचित थापा व्यवसायमा पनि अब्बल हुनुहुन्छ ।
सो संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्...









