२३ कार्तिक २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

सैनिक शासनको घोषणा गरेको आरोपमा दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध !

सैनिक शासनको घोषणा गरेको आरोपमा दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध !

अमेरिका । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो । संसदीय सुनुवाइमा एक सांसदले सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ–अपले भन्नुभयो,‘हो, यो सही हो ।’...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू स्वदेश फर्किए

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू स्वदेश फर्किए

नेपाल । अमेरिकाका दक्षिण तथा मध्यएशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए। सहायक विदेशमन्त्री लूले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता जनाए । उनले सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको क...
एनआरएनए यूकेको निर्वाचन जुलाई १२ मा हुने, सिमखडा निर्वाचन समितिको संयोजक

एनआरएनए यूकेको निर्वाचन जुलाई १२ मा हुने, सिमखडा निर्वाचन समितिको संयोजक

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने भएको छ । एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ्गको अध्यक्षतामा आइतवार अल्डरशटमा बसेको बैठकले काउन्सिल बैठक मार्च २ तारिख आइतवार, अल्डरशटमा आयोजना गर्ने निर्णय गरेको हो । सो बैठकमा बेलायतस्थित सम्पूर्ण सामाजिक संघसँस्थाहरुको प्रतिनिधित्व रहने छ । सो बैठक सम्पन्न गर्नको लागि उपाध्यक्ष लिलाराम निउरेको संयोकत्वमा एक उपसमिति गठन गरिएको छ । बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि – ३१ मेभित्र गर्ने निर्णय गरेको छ । एनआरएनए यूकेको निर्वाचन आगामी १२ जुलाईमा एमआईएसको प्रयोग गरेर अनलाईन मार्फत मतदानको व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । बैठकले एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकिएको छ ।...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपाल । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । नेपाल भ्रमणका रहेका लूले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई मुलुक बीचका बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको बुझिएको छ । भारत र श्रीलंका हुँदै तीन दिने नेपाल भ्रमणमा आइतबार उत्रिएका लुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा देउवासँग कुरा गरे । यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आइतबानै भएको उक्त भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । ...
भूटानी राजा स्वयम्भू र बौद्धनाथको दर्शन गरेर फर्किए

भूटानी राजा स्वयम्भू र बौद्धनाथको दर्शन गरेर फर्किए

नेपाल । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन् । अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।...
विदेशस्थित नेपाली नियोगमा रोकिएको राहदानी सेवा पुनः शुरु

विदेशस्थित नेपाली नियोगमा रोकिएको राहदानी सेवा पुनः शुरु

नेपाल । राहदानी विभागले विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाक साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ । विभागले नियोगलगायत २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी सेवा पुनः सुरु गरेको छ । अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनााएको छ । अझै केही सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन नसकेको र छिट्टै समस्या समाधान गर्ने जनाइएको छ ।...
अमेरिका, अस्ट्रेलिया, जर्मनी र साउदीका राजदूतले राष्ट्रपति समक्ष सपथ लिए

अमेरिका, अस्ट्रेलिया, जर्मनी र साउदीका राजदूतले राष्ट्रपति समक्ष सपथ लिए

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा गत आइतबार आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतको उपस्थिति थियो ।...
दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योल विरुद्ध महाअभियोग लगाउने तयारी

दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योल विरुद्ध महाअभियोग लगाउने तयारी

अमेरिका । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योल विरुद्ध महाअभियोग लगाउने तयारी गरिएको छ । यससँगै सत्तारुढ पार्टी संसद ल्याउन लागिएको महाअभियोगको प्रस्तावको डटेर विरोध गर्ने बताएको छ । पार्टी का नेता हान डोंग–हून ले उनको पार्टी संसदमा महाअभियोगको प्रस्ताव रोक्नका लागि आफ्ना सहयोगीहरूलाई एकजुट गर्ने प्रयास गर्ने बताएका बिबिसीले जनाएको छ। ‘यसबाट अप्रत्याशित अराजकता पैदा हुन सक्छ र हाम्रा मान्छे र समर्थकहरूलाई क्षत पुग्न सक्छ, उनले भनेका छन्– ‘त्यसकारण पार्टीका एक नेताको हैसियतले महाभियोग पारित हुन बाट रोक्नका लागि काम गर्नेछु ।’ यद्धपी उनले महाअभियोगको विरोध राष्ट्रपतिद्वारा मार्सल ल लागु गर्ने प्रयासको समर्थनमा भने हुँदै नभएको पनि प्रष्ट पारेका छन् । ...
दक्षिण कोरियामा राष्ट्रपतिद्वारा आपत्कालीन सैन्य शासन घोषणा

दक्षिण कोरियामा राष्ट्रपतिद्वारा आपत्कालीन सैन्य शासन घोषणा

अमेरिका । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मङ्गलबार आपत्कालीन सैन्य कानून (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको उल्लेख गरेका छन् । “उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्न म आपत्कालीन सैन्य कानून घोषणा गर्दछु”, युनले राष्ट्रलाई प्रत्यक्ष टेलिभिजन सम्बोधनमा भने, “जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएको छ।” “म सकेसम्म चाँडो राज्यविरोधी शक्तिहरूलाई हटाएर देशलाई सामान्य अवस्थामा फर्काउनेछु”, उनले भने।...
एनआरएनए र लुम्बिनी विकास कोषबीच महत्वपूर्ण बैठक

एनआरएनए र लुम्बिनी विकास कोषबीच महत्वपूर्ण बैठक

नेपाल । एनआरएनएले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हार्क्याल लामा (खेन्पो छिमे) र कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसँग केन्द्रिय कार्यालयमा बालुवाटार काठमाडौँमा एक महत्वपूर्ण बैठक आयोजना गर्यो । पर्यटन प्रवर्द्धन समितिका संयोजक तथा उपमहासचिव सोम सापकोटाको आतिथ्यतामा भएको यस बैठकमा एनआरएनएको दृष्टिकोण र बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि भएका प्रयासबारे चर्चा भयो । डा. लामाले एनआरएनएको योगदानको प्रशंसा गर्दै यो सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो र एनआरएनएका सबै कार्यकारी सदस्यहरूलाई लुम्बिनीमा आयोजना हुने ब्रिफिङ सेसनमा सहभागी हुन निमन्त्रणा दिनुभयो । कोषाध्यक्ष भट्टराईले लुम्बिनीको विश्वव्यापी पहिचान बढाउन “भिजिट लुम्बिनी” अभियान सञ्चालन, एनआरएनहरूलाई लुम्बिनी भ्रमण गर्...