एनआरएनए अध्यक्ष डा. बद्री केसी र उर्जा मन्त्री खड्काबीच भेट, लगानीबारे छलफल
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच नेपालमा जलबिद्युत क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी प्रवर्द्धनका विषयमा विशेष छलफल भएको छ ।
शुक्रवार सिहंदरवारस्थित उर्जा मन्त्रालयमा अध्यक्ष डा। केसी नेतृत्वको प्रतिनिधिमण्डल र मन्त्री खड्काबीच भएको छलफलमा जलबिद्युत क्षेत्रमा सम्भाव्य लगानीका अवसरहरू, सरकारको सहकार्य, र गैरआवासीय नेपालीहरूको भूमिकाबारे कुराकानी गरिएको थियो ।
भेटका क्रममा मन्त्री खड्काले एनआरएनएभित्र एकता कायम हुनुपर्नेमा जोड दिँदै, एकताले सरकारलाई सहज सहकार्य गर्न सहयोग पुर्याउने बताए। उनले गैरआवासीय नेपालीहरूको साझा प्रयासले मात्रै देश समृद्धितर्फ उन्मुख हुने उल्लेख गरे ।
अध्यक्ष डा. केसीले संस्थाभित्र उत्पन्न समस्या र विवादका कारण महत्त्वपूर्ण एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहेकाले “एनआरएनए कन्क्लेभ २...









