२३ कार्तिक २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

क्यानडामा पनि मनाईयो नेपाली राष्ट्रिय टोपी दिवस

क्यानडामा पनि मनाईयो नेपाली राष्ट्रिय टोपी दिवस

अमेरिका । क्यानडाका विभिन्न सहरमा नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ भब्यताका साथ मनाईएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडा र क्यानडा स्थित विभिन्न नेपाली संघसस्थाहरुको संयुक्त आयोजनामा भब्यताका साथ नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । टोरण्टो सिटी अन्तर्गत ब्रामप्टनमा नयाँ बर्षको पहिलो दिन आयोजित कार्यक्रममा प्रमुख अतिथि क्यानडा सरकारका संघीय आर्थिक बिकाश मन्त्री रुबी सहोता रहनु भएको थियो । सो कार्यक्रममा आर्थिक बिकाश मन्त्री रुबी सहोतालाई क्यानडाका नेपाली समुदायको तर्फबाट ढाका टोपी लगाईदिएर स्वागत तथा सम्मान गरिएको थियो । सो कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, समाजसेवी ढुण्डीराज पाण्डे, रोटरी क्लब बर्ष १६-१७ का अध्यक्ष चन्द्रमान श्रेष्ठ, वरिष्ठ अधि...
एनआरएनएका पदाधिकारी र बेलायतका राजदूत रोब फेनबीच भेटघाट

एनआरएनएका पदाधिकारी र बेलायतका राजदूत रोब फेनबीच भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटघाट गरेको छ । उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायत बीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा महत्वपूर्ण अन्तरक्रिया भएको थियो । उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्याइरहेको योगदान लगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराउनुभयो । नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा केसीले उल्लेख गर्नुभयो । यससँगै,उपाध्यक...
नेप्लिज इन्जिनियर्सको ह्युस्टन च्याप्टरमा नयाँ नेतृत्व

नेप्लिज इन्जिनियर्सको ह्युस्टन च्याप्टरमा नयाँ नेतृत्व

अमेरिका । अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको ह्युस्टन च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । ह्युस्टनस्थित काठमाण्डौं व्याङ्किटमा सम्पन्न ‘इन्जिनियर्स गाला नाइट’मा सर्वसम्मत कार्यसमतिको घोषणा गरिएको हो । सोसाइटी पूर्व केन्द्रीय अध्यक्ष डा. राजेन्द्र श्रेष्ठले नव निर्वाचित कार्यसमितिको नामवाली घोषणा गरेका थिए । अध्यक्षमा सुहास श्रेष्ठ निर्वाचित भएकाछन् भने उपाध्यक्षमा अर्जुन सुवेदी, सचिवमा पलिशा स्थापित र कोषाध्यक्षमा अब्दुल अन्सारी चयन भएकाछन् । यसैगरी सदस्यहरुमा अमर गुप्ता, अमित पोखरेल, अनिमेश प्रधान, अविनाश गौतम, मनिश प्रधान, राजु रेग्मी, तोया गौतम, पिताम्बर पाण्डे, सचिन पौडेल र सुमन अर्याल सर्वसम्मत भएका हुन् । ह्युस्टनमा रहेको नेपालीहरुको संघसंस्था मध्ये एकमात्र प्रोफेसनल संस्थाले समुदायका लागि काम लाग्ने विविध गतिविधिहरु संचालन गर्दै आइरहेको छ।...
न्यूयोर्कमा कांग्रेस जनसम्पर्क समितिले गर्यो मेल मिलाप दिवसमा कार्यक्रम

न्यूयोर्कमा कांग्रेस जनसम्पर्क समितिले गर्यो मेल मिलाप दिवसमा कार्यक्रम

अमेरिका । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आइतबार न्युयोर्कमा राष्ट्रिय मेल मिलाप दिबसको अवसरमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेलले मेलमिलाप को नीति विकास राजनीति र समाज रूपान्तरणमा सधैँ सहयोगी हुने बताएका छन् । कार्यक्रममा अमेरिकामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विश्व भर छरिएर रहेका प्रबासी नेपालीहरुको नेपाली नागरिकता सम्बन्धमा प्रस्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले बिचार ब्यक्त गरेका थिए ।...
एनआरएनए महिला विभागको सहयोगमा नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

एनआरएनए महिला विभागको सहयोगमा नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गर्नुभएको हो । उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रश...
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा दुई जना बाहेक सबैको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा दुई जना बाहेक सबैको मृत्यु

अमेरिका । दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा दुई जना बाहेक सबैको मृत्यु भएको छ । विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।  ...
गैरआवासीय नेपालीहरुको संस्था यूएनडीओको महाधिवेशनबाट सोनाम अध्यक्ष चयन

गैरआवासीय नेपालीहरुको संस्था यूएनडीओको महाधिवेशनबाट सोनाम अध्यक्ष चयन

अमेरिका । डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ) स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न भएको छ । महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिने छन् । साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ । उक्त संस्थामा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ । तर कानुनी रुपमा दुई बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन् ।...
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसी उल्लेख गरेको छ । ​ कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । कार्टरलाई अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा लिने गरिएको छ । ...
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना

अमेरिका । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको समाचार आएको छ । १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । विमान धावनमार्गबाट ​​बाहिर निस्केको र दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।...
नेपाली समाज टेक्ससको साधारण सभा सम्पन्न

नेपाली समाज टेक्ससको साधारण सभा सम्पन्न

अमेरिका । नेपाली समाज टेक्ससको साधारण सभाले हालै सम्पन्न भएको छ । उक्त सभाले नेपाली समुदायलाई आवश्यक पर्ने सेवा सुविधा उपलव्ध गराउनका लागि बिभिन्न नीति कार्यक्रम सहितका योजना पारित गरेको छ । टेक्ससको नेपाली मन्दिरमा आयोजित साधारण सभाले हरेक वर्ग र समुदायका नेपालीहरुलाई संस्थाको सेवा पुर्याउन सबैलाई समेट्ने गरि कार्यक्रम अघि बढाउने योजना पारित गरेको हो । समाजले बढ्दो नेपाली समुदायलाई दृष्टिगत गरेर मन्दिरसँगैको घरजग्गा खरिद गर्ने प्रस्तावलाई पारित गरेको छ । साधारण सभाको उदघाटन गर्दै युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको आकर्षण युलेस सिटीमा बढ्र्द गएकोमा खुशी व्यक्त गरिन् । उनले समुदायका लागि आवश्यक पर्ने कुनै पनि सेवाका लागि सिटी तयार रहेको समेत वचन दिइन् । सोही अवसरमा मेयर प्रोटेम टीका पौडेलले समुदाय एकजुट भएमा अनेकन सुुविधाहरु लिन सकिने उल्लेख गर्दै अब समुदाय त्यतातिर पनि ल...