२३ कार्तिक २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको आग्रह

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको आग्रह

नेपाल । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो । हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिनुभएको हो ।...
हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छः कानून मन्त्री

हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छः कानून मन्त्री

नेपाल । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताउनुभएको छ । बुधबार गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’ यसअघि संघका अध्यक्ष डा बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको...
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने

नेपाल । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा सोमबार गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’ त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस...
‘लण्डन न्यू इयर डे परेड’ मा नेपाली सांस्कृतिक टोली पुरस्कृत

‘लण्डन न्यू इयर डे परेड’ मा नेपाली सांस्कृतिक टोली पुरस्कृत

अमेरिका । नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लण्डन न्यू इयर डे परेड’ मा सहभागी रोयल बरो अफ ग्रीनबीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ । नयाँ वर्षको दिन लण्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लण्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनबीच बरो तेस्रो भएको मेयर जीत रानाभाटले जानकारी दिनुभयो । लण्डन ह्वाइट हलमा आयोजित एक समारोहमा लण्डन न्यू इयर परेडका निर्देशकले तेस्रो पुरस्कार स्वरुप ग्रीनबीच बरोलाई ट्रफी प्रदान गर्नुभएको हो । ग्रीनबीच बरो मेयर जीत रानाभाट, मेयरेस गौमाया गुरुङ, परेडका लागि बरोका संयोजक श्रीचन्द्र गुरुङलगायतले पुरस्कार ग्रहण गर्नुभएको हो । यस वर्ष परेडमा प्रस्तुतिको आधारमा लण्डनको लुइसम बरो प्रथम र सटन बरो दोस्रो भएका छन् । तेस्रो स्थान प्राप्त गरेको ग्रीनबीच बरोले पाँच हजार पाउण्ड नगद प्राप्त गरेको छ । सो रकम मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर य...
घुम्ती शिविरमार्फत यूएईमा ३३५ नेपालीको राहदानी नवीकरण

घुम्ती शिविरमार्फत यूएईमा ३३५ नेपालीको राहदानी नवीकरण

अमेरिका । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली संघ, यूएईलगायत अन्य संघसंस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ मा अबुधाबीबाट करिब ३०० किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो । घुम्ती शिविरमा ३३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित ५५० नेपाली श्रमिकलाई नेपाल र यूएईका विद्यमान श्रम कानूनका विषयमा जानकारी प्रदान गरिएको थियो ...
लण्डनमा गुञ्जियो कन्दरा ब्याण्ड, अमेरिकामा पनि प्रस्तुति दिने

लण्डनमा गुञ्जियो कन्दरा ब्याण्ड, अमेरिकामा पनि प्रस्तुति दिने

अमेरिका । शनिबार पोखरेली ब्याण्ड कन्दराले लण्डनमा पहिलो कन्सर्ट गरेको छ । विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ। नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकको बेजोड लाइभ सङ्गीतमा करिब दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे । कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य छन् । कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला ...
लिभरपुलमा पनि ल्होसार मनाइयो

लिभरपुलमा पनि ल्होसार मनाइयो

अमेरिका । यूकेको लिभरपुलस्थित नेपालीहरुले ल्होछार मनाएका छन् । नेपाली सोसाईटी लिभरपुलको आयोजनामा नेपालीहरुले एक विशेष कार्यक्रमको आयोजना गरेर सो पर्व मनाएका हुन् । समाजका अध्यक्ष नेत्र खरेलले स्वागत गर्दै ल्होछार पर्वको महत्व र यसको सांस्कृतिक पृष्ठभूमि बारेमा चर्चा गरे । कार्यक्रममा संजय लामा र सपना परियारको संयोजनमा स्थानीय कलाकारहरुले नेपाली संस्कृति झल्किने नाचगान प्रस्तुत गरे । समाजका उपाध्यक्ष डा. महोहर बुद्धाथोकीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिदै समाजको सक्रियता र नेपाली चाडपर्वहरुलाई नियमित रुपमा मनाउने परम्परा कायम राख्न महत्त्वपूर्ण रहेको उल्लेख गरे । ...
विवरण अध्यावधिक गर्न नेपाली संघसंस्थालाई बेलायती दूतावासको आग्रह

विवरण अध्यावधिक गर्न नेपाली संघसंस्थालाई बेलायती दूतावासको आग्रह

अमेरिका । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली सङ्घसंस्था–सङ्गठनको विवरण आवश्यक भएकाले सम्बन्धित लिङ्कमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक–उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ । बेलायतमा रहेका सङ्घसंस्थासँग नेपाली समुदाय र नेपालको हितका लागि सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए उपलब्ध गराउनसमेत दूतावासले आग्रह गरेको छ ।...
रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता

रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसँग शुक्रबार भएको विशेष भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाउनुभएको हो । ‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौ, उहाँले भन्नुभयो ।ʼ उक्त भेटमा संघको तर्फबाट अध्यक्ष डा केसीले तत्कालिन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई वर्षौदेिख विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गर्नुभएको थियो । वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लाग...
एनआरएनए यूरोप क्षेत्रीय सम्मेलन माल्टामा हुने

एनआरएनए यूरोप क्षेत्रीय सम्मेलन माल्टामा हुने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६औं यूरोप क्षेत्रीय सम्मेलन आगामी मार्च महिनाको अन्तिम साता माल्टामा आयोजना हुने भएको छ । एनआरएनएका यूरोप संयोजक चिरन्जीबी खड्काका अनुसार संघले मार्च २८ देखि ३० तारिखसम्म सो सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । सम्मेलनमा नेपालमा हुने गैरआवासीय नेपालीहरूको १० अर्ब लगानी, एनआरएनए नागरिकता, संघका नियमित मुद्दासहित यूरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्याहरू र तिनका समाधानको बारेमा छलफल हुने आयोजकले जानकारी दिएका छन् । ...