गैरआवासीय नेपाली संघ र गभर्नरबीच भेटवार्ताः लगानी प्रबर्द्धनमा जोड
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ ।
बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर प्रा।डा। पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गर्नुभयो ।
गर्भनर प्राडा पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताउनुभयो । यस्तै लामो समयदेखि नेपाल सरकारसँग माग गर्दै आएका नीतिगत सुधारका पहलहरु सम्बन्धमा पनि पत्रमार्फत जानकारी ग...









