१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

सतर्कता अपनाउन मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूलाई एनआरएनएको आग्रह

सतर्कता अपनाउन मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूलाई एनआरएनएको आग्रह

नेपाल । मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमका कारण इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा उत्पन्न कठिन परिस्थितिमा करिब १९ लाखभन्दा बढी नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्न जरुरी रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ । साथै अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै ब...
इरानका सर्वोच्च नेता आयतुल्लाह खामेनी मारिए, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता आयतुल्लाह खामेनी मारिए, ४० दिन शोक घोषणा

  नेपाल । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरेपनि इरानबाट पुष्टि हुन सकेको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए। ८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन्।...
भारतीय विपक्षी नेता अरविन्द केजरीवाल भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

भारतीय विपक्षी नेता अरविन्द केजरीवाल भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

नेपाल । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उहाँका समर्थकले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजत पत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ पर्नु भएको थियो र केही महिना जेलमा बिताउनु भएको थियो । अदालतले उहाँलाई, उहाँका पूर्व सहायक मनिस सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ । फैसलापछि पत्रकारसँगको संवादमा केजरीवालले भन्नुभयो, “सत्यको विजय भएको छ ।” उहाँले सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले आम आदमी पार्टीलाई समाप्त गर्ने प्रयासमा राजनीतिक षड्यन्त्र प्रयोग गरेको आरोप लगाउनुभयो । ५७ वर्षीय केजरीवालले आफ्नो करियर कर सङ्कलन कर्ताको रूपमा सुरु...
कांग्रेसको प्रतिज्ञाप्रति गैरआवासीय नेपाली खुशी, ११८ पेशाकर्मीले निकाले अपील

कांग्रेसको प्रतिज्ञाप्रति गैरआवासीय नेपाली खुशी, ११८ पेशाकर्मीले निकाले अपील

अमेरिका । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया शुरू भएको जनाउँदै “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको जारी विज्ञप्तिमा उल्लेख छ । विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डोहोर्याउन सक्ने उल्लेख छ । गैरआवासीय नेपालीहरूले नेपालको लोकता...
सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार मारिए

सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार मारिए

अमेरिका । सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । यी घटनामा इजरायलले गाजाबाट रिपोर्ट गर्ने पत्रकारको ठूलो हिस्सा मारिएर सबैभन्दा बढी भूमिका खेलेको देखिएको पत्रकार संरक्षण समिति (सिपिजे) ले जनाएको छ । सन् २०२५ मा पत्रकारको मृत्युको सङ्ख्या अत्यधिक बढेको छ र सिपिजेले तीन दशक अघि डेटा सङ्कलन सुरु गरेदेखि यो सबैभन्दा घातक वर्ष बनेको छ, जुन लगातार दोस्रो वर्ष हो । सिपिजेका प्रमुख जोडी गिन्सबर्गले विज्ञप्तिमा भन्नुभयो, “सूचनाको पहुँच पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको समयमा पत्रकारको हत्या हुनु हामी सबैका लागि जोखिम हो । सन् २०२५ मा भएका मृत्युको तीन चौथाईभन्दा बढी द्वन्द्वका कारण भएको छ ।” सन् २०२५ मा इजरायली गोली हानाहानबाट मारिएका ८६ पत्रकार मध्ये ६० प्रतिशतभन्दा बढी गाजामा रिपोर्ट गर्ने प्यालेस्टिनी थिए । इजरायली सेनाले पत्रकारलाई जानाजानी लक्षित नगर्ने दाबी गरेको छ ।...
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

नेपाल । पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान” सञ्चालन गर्ने बिचक्राफ्ट सी(९) सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ । उद्धार र चिकित्सा टोली दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गलभित्र रहेको जनाएका छन् । “डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारसँगको साक्षातकारमा बताउनुभयो । उहाँका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए । डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेटपछि हवाई ट्रा...
एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन ३० देखि महाधिवेशन

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन ३० देखि महाधिवेशन

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । संघको १२औँ बृहद् एकता अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म आयोजना हुने छ । एनआरएनएद्वारा जारी कार्यतालिकाअनुसार दुई वर्षे कार्यकालका लागि ७४ पदमा निर्वाचन हुनेछ । उम्मेदवारी दर्ता फागुन २२ गतेसम्म भौतिक उपस्थित वा अनलाइन माध्यमबाट गर्न सकिनेछ भने प्रस्तावक र समर्थकसहित सनाखत अनिवार्य गरिएको छ । फागुन २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । फागुन २७ गते दाबी–विरोध, मनोनयनपत्र जाँचबुझ तथा उजुरीमाथि निर्णयपछि दोस्रो नामावली सार्वजनिक हुनेछ । फागुन २८ गते उम्मेदवारी फिर्ता लिन सकिनेछ र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । फागुन २९ गते अनलाइन मतदानको नमुना निर्वाचन गरिनेछ । फागुन ३० देखि चैत १ गतेसम्म नेपाल बाहिर रहेका मतदाताका लागि अनलाइन मत...
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढीको मृत्यु

नेपाल । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उदृत गर्दै जनाएको छ । पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ । लक्षित स्थानमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ । यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारीलाई नि(सस्त्र बनाएको बताउनु भएको थियो । प्रतिबन्धित तहरीक(ए(तालिबान पाकिस्तान, यसका सम्बद्ध र इस्लामिक स्टेट(खोरासन प्रान्त ९दाइश(खोरासन०का लागि पाकिस्तानी अधिकारीले प्रयोग गर्ने शब्द फितना अल–खवारीज...
ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्ने व्यक्तिको गोली हानेर

ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्ने व्यक्तिको गोली हानेर

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरको सुरक्षा घेरामा प्रवेश गर्ने व्यक्तिलाई गोली हानेर मारिएको छ । यो घटना ट्रम्पको फ्लोरिडास्थित घरमा भएको हो । घटना हुँदा ट्रम्प भने वाशिंगटन डीसीमा थिए । सुरक्षा घेराभित्र प्रवेश गर्न खोजेपछि एजेन्टहरू र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीले ती व्यक्तिलाई रोकेका थिए । सुरक्षा अधिकारीहरुका अनुसार, सुरक्षा टोलीले ती व्यक्तिबाट पेट्रोलको क्यान र बन्दुक फेला बरामद गरेको थियो । सुरक्षा अधिकारीले भने, ‘युवकलाई सुरुमा आफ्नो हतियार छोड्न आदेश दिइएको थियो र उनले पेट्रोलको क्यान तल राखे तर बन्दुकलाई फायरिङ पोजिसनमा उठाए । त्यतिबेला एजेन्टहरूले ‘खतरा हटाउन’ गोली चलाए ।’ राष्ट्रपति वरिपरिको सुरक्षा परिधि पहिलेभन्दा अरु बलियो पारिएको छ । सन २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासपछि राष्ट्रपतिको सुरक्षा अरु कडा पारिएको छ ।...
पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम सम्पन्न

पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम सम्पन्न

अमेरिका । क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, संस्कृति र आध्यात्मिकताको अद्वितीय नमुनाका रुपमा रहेको बताउनुभयो । उहाँले क्यानडाली पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न दूतावास तयार रहेका स्पष्ट पार्नुभयो । कार्यक्रममा टोरन्टोमा रहेका ट्राभल एजेन्सी र टुर अपरेटरका प्रतिनिधि, पर्यटन बोर्डका अधिकारी, नेपाली ट्राभल र टुर कम्पनीका प्रतिनिधिलगायत पर्यट...