१८ कार्तिक २०८२, मंगलवार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध बनाउने पहल, ३ सदस्यीय समिति गठन

एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध बनाउने पहल, ३ सदस्यीय समिति गठन

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले ३ सदस्यीय एकता समिति गठन गरेको छ । एनसीसीका अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा जूम मार्फत २२ सेप्टेम्बरमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष प्रेम तामाङ संयोजक र उपाध्यक्ष दीपक सापकोटा र प्रवक्ता द्रोण गौतम सदस्य रहेको एकता समित गठन गर्ने निर्णय गरेको हो । केही कारणवश विभिन्न समूहमा विभाजित एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध गराउने उद्देश्यले उक्त समित गठन गर्ने निर्णय भएको महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।  ...
मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमण, ४ जनाको मृत्यु

मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमण, ४ जनाको मृत्यु

अमेरिका । अमेरिकाको मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । ग्रान्ड ब्ल्याक सहरस्थित जिसस क्राइस्ट अफ लेटर डे सान्ट्स चर्चमा गाडीमा प्रवेश गरेको बन्दुकधारीले गोली प्रहार गरी ४ जनाको हत्या गरेको र चर्चमा आगजनी गरेको प्रहरीले जनाएको छ । आइतबार बिहानको प्रार्थनाका क्रममा ४० वर्षीय थोमस ज्याकब स्यानफोर्ड नामक बन्दुकधारीले स्वचालित राइफलबाट गोली चलाएको र आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको एजेन्सीहरुले जनाएका छन् । आगलागीले चर्चलाई ठूलो क्षति पुगेको र केही मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ । घटनाको कारण खुल्न सकेको छैन। हत्या र आगजनीपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि अमेरिकाको नर्थ क्यारोलियना राज्यस्थित साउथपोर्ट सहरमा बन्दुकधारीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको थियो । त्यसको केही घण्टामै मिशिगनमा गोलीकाण्ड ...
एनआरएनएद्वारा उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरको सहयोग

एनआरएनएद्वारा उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरको सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणको लागि सो सहयोग गरिएको हो । उपत्यका प्रहरी परिसर शुक्रबार एक कार्यक्रमको आयोजना गरि गरिएको सहयोगअन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल तथा १५ वटा स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो। कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडा लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।...
एनआरएनए टोलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटघाट

एनआरएनए टोलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएका जगदीश खरेललाई बधाई ज्ञापन गर्नुभएको छ । सो अवसरमा संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न संघको तर्फबाट अध्यक्ष डा. केसीले अनुरोध गर्नुभयो । त्यस्तै, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने संघको धारणा रहेको अध्यक्ष डा। केसीले बताउनुभयो । संघले ऐतिहासिक जेन–जी आन्दोलनपश्चात गठन भएको अन्तरिम सरकार सफल हुनेमा विश्वभरका गैरआवासीय नेपालीहरूलाई विश्वास रहेको उल्लेख गर्दै, मातृभूमिको समृद्धिका लागि...
कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुन लागेको राहदानी सेवा शिविरमा सेवालिन सेक्टेम्बर २५ तारिक देखि अनलाइन आवेदन खुलेको छ । नेपाली कम्युनिटी सेन्टर नेपाली घरमा आयोजनाहुने सेवा शिविरमा सेवालिन चाहनुहुने महानुभावहरूका लागी वाशिङ्गटन, डी सी स्थित नेपाली राजदुतावासले सेप्टेम्बर २५ मा एक सुचना जारीगरी यसबारे जानाकारी गराएको हो । आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली घर (4001 W 76th Avenue Westminster) मा सञ्चालन हुनेछ । सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने बताइएको छ । सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको अवेदन संकलन, र ट्रावल डकुमेन्टको सेवा उपलब्ध हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । राजदुतावासले शिविरमा सहभागी हुन चाहने आवेदकहरूका लागि अनलाइन फाराम भर्ने प्रक्रियाबारे...
एनआरएनएका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट

एनआरएनएका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एनं सिस्लेनसँग शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो तर्फबाट अध्यक्ष डा. केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो । त्यस अवसरमा, विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्दै नेपालको दिगो विकासका लागि आवश्यक परियोजना तथा प्रयासमा हातेमालो गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । भेटमा एनआरएन डेभलप्मेन्ट फण्डका ...
दसैँमा पर्यटक भिसा खुला रहने

दसैँमा पर्यटक भिसा खुला रहने

नेपाल । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।...
मन्त्री कुलमान घिसिङ र अमेरिकी राजदूतबीच भेटवार्ता

मन्त्री कुलमान घिसिङ र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नेपाल-अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन-जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलकोे सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभयो । राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गर्नुभयो ।...
अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

अमेरिका । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् । सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) ले आफ्ना अनुभव सुनाए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध ...
विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान, दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान, दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता

नेपाल । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरण भई विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन् । यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उदेश्यले अमेरिका गएका हुन् । आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ । विपिन जोशी कञ्चनपुर निवासी हुन् र सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए र हालसम्म उनको अवस्था अज्ञात...