
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन, अध्यक्षमा रामप्रसाद खनाल
अमेरिका । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ ।
संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसारभर विभिन्न देशहरूमा देश स्तरीय शाखा पनि गठन गर्ने तयारी महासंघले गरेको छ । लामो समय क्रियाशील भएका देखि नयाँसम्मका वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घलाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ ।
बरिष्ठ पत्रकारहरु कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम् अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल, मोफसलको दैनिक ...