अमेरिकामा सगरमाथा आरोही दुई नेपाली महिला सम्मानित
टेक्सस । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ ।
पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गर्नुभएकी उषा बिष्टलाई ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा एक कार्यक्रमबीच सम्मान गरिएको हो ।
नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस, नेपलिज् मेडिकल एसोसिएसनलगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित नेपाली समुदायले उहाँहरूको अनुभव सुनेपछि भावुक हुँदै हिमाल आरोही दुवै जनालाई सम्मान गरिएको थियो ।
सो अवसरमा फोटोपत्रकार एवं हिमाल आरोही श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमालसमेत आरोहण गरेको र...








