१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

टेक्सस । नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ । सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ । बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दिपावलीलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्य समर्थन जनाएको पिपल्सले बताउनुभयो । जिल्ला नं ५ की काउन्सिल सदस्य पिपल्सले सोसम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालील...
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले जानकारी दिनुभयो । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताउनुभयो । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन”, तामाङले भन्नुभयो । ...
कोलोराडोमा आइतबार सांझ नेपाली घरमा देउसी भैलो खेलिंदै, सम्पूर्णलाई निमन्त्रणा

कोलोराडोमा आइतबार सांझ नेपाली घरमा देउसी भैलो खेलिंदै, सम्पूर्णलाई निमन्त्रणा

कोलोराडो । नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो । यस अघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदानसहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुन लागेको हो । यसैगरी नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा नेपाली घरका बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड ईभेन्ट अफिसर दिनेश कार्कीको सह–संयोजनमा अक्टोवर १९ तरिक आइतबार सांझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । यो कार्यक्रमबाट संस्कृतिको जर्गेना, मनोरञ्जन र उठेको रकम नेपाली ...
एनआरएनए एनसीसी अमेरिकामा एकता कायम गर्ने पहल जारी

एनआरएनए एनसीसी अमेरिकामा एकता कायम गर्ने पहल जारी

अमेरिका । एनआरएनए एनसीसी अमेरिका लामो समयदेखिको आन्तरिक विभाजन अन्त्य गरी सशक्त एकता कायम गर्ने दिशामा पहल शुरु भएको छ । एनआरएन एनसीसी अमेरिकाको गत सेप्टेम्बर २२ मा अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा बसेको पूर्ण कार्यसमिति बैठकले हाल विद्यमान दुई एनसीसीहरू (जुलाई २७ र अगस्त १८ मा गठन भएका) बीच एकताका लागि औपचारिक निर्णय पहल अघि बढाइएको छ । सोही निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष प्रेम तामाङको संयोजकत्वमा, उपाध्यक्ष दीपक सापकोटा र प्रवक्ता द्रोण गौतम सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । समितिले गठन हुने बित्तिकै सत्येन्द्र शाहको नेतृत्वमा रहेको समितिका जिम्मेवार सदस्यहरूसँग वार्ताको पहल सुरु गरेको थियो । वरिष्ठ उपाध्यक्ष प्रेम तामाङले जारी गरेको सो विज्ञप्तिमा एनआरएनए अमेरिकालाई एकजुट र सशक्त बनाउने प्रयासमा आफूहरू सधैँ प्रतिबद्ध, तत्पर र सहयोगी रहने स्पष्ट पारेका छन् ।...
अमेरिकामा अर्थमन्त्री खनाल विभिन्न भेटघाटमा व्यस्त

अमेरिकामा अर्थमन्त्री खनाल विभिन्न भेटघाटमा व्यस्त

अमेरिका । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो । त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो । यस अगाडि उहाँले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गर्नुभएको थियो । भेटका अवसरमा अम...
जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति देश छाडेर भागे

जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति देश छाडेर भागे

अमेरिका । जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्नुभएको छ । उहाँ फ्रान्सको विमान चढेर भागेका हुन् । जेनजीले सेप्टेम्बर २५ देखि सुरु गरेको देशव्यापी आन्दोलन चर्किंदै गएपछि आइतबारदेखि भूमिगत हुनुभएका राष्ट्रपति राजोएलिना फ्रान्स पुग्नुभएको हो । माडागास्करको संसद्का विपक्षी नेताले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गर्नुभएको छ । ...
हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी अब जीवित रहेनन् !

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी अब जीवित रहेनन् !

नेपाल । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो । नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालका लेख्नुभएको छ, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।” इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो...
एनआरएनए जापानले नोभेम्बर ८ देखी १५ तारिखसम्म ‘टोकियो सप्ताह’ गर्दै

एनआरएनए जापानले नोभेम्बर ८ देखी १५ तारिखसम्म ‘टोकियो सप्ताह’ गर्दै

टोकियो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानले ‘टोकियो सप्ताह–२०२५’ भव्य रूपमा गर्न लागेको छ। नेपाली हाउस निर्माणार्थ जापानस्थित नेपाली समुदायबीच अध्यात्म र संस्कृति एकसाथ टोलियों सप्ताह आयोजना गर्न लागेको हो । यस विशेष कार्यक्रम आगामी नोभेम्बर ८ देखि १५ तारिखसम्म टोकियोको शिन्जुकु–काबुकिचो रूफटपमा सञ्चालन हुने अध्यक्ष सुभाष लामिछानेले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख उद्देश्य जापानमा ‘एकीकृत नेपाली घर र बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि सहयोग जुटाउने रहेको छ । सप्ताहभरि चल्ने यस महोत्सवमा भक्तिभाव र ज्ञानको संगम हुनेछ — जहाँ वाचन प्रवचन पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत ज्ञानमहायज्ञ मार्फत आध्यात्मिक सन्देश प्रवाह गर्नेछन् भने, महान बौद्ध गुरु थुलुङ सोनाम ग्याल्जेन रिम्पोछेले बौद्ध धर्मका गहिरा दर्शन प्रस्तुत गर्नेछन्। एनआरएनए जापानका अध्यक्ष शुभास लामिछानेका अनुसार “हामी...
जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

अमेरिका । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनाम...
एनआरएनए एकताको विकल्प छैनः अध्यक्ष डा. बद्री केसी

एनआरएनए एकताको विकल्प छैनः अध्यक्ष डा. बद्री केसी

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संघभित्रको विवाद अन्त्य गरी भावनात्मक एकता कायम गर्ने घोषणा गरेका छन्। शनिबार संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, “धेरैपटक एकता भएको देखियो । मे महिनामा पनि नाममात्रको एकता भयो। कुनै पनि पक्षले आफ्नो प्रभुत्व वा अरूको सम्मान नगरी गरिने एकताको अर्थ हुँदैन । हामी अहिले एकताको नजिक पुगेका छौं । हरेक दिन महेशजीसँग ८ घण्टा कुरा हुन्छ । दुई दिनभित्र परराष्ट्र मन्त्रालयमा सबैलाई साक्षी राखेर पूर्ण एकता हुनेछ ।” डा. केसीले निर्वाचनमा उपविजेता हुनेहरुले समानान्तर गतिविधि सञ्चालन गरेको र त्यसमा नेपालका राजनीतिक दलहरुको संरक्षणले विवाद उत्पन्न भएको दाबी पनि गरेका छन् । प्रेस विज्ञप्ति 'नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान आजबाट २२ वर्ष पूरा ग...