परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई पत्र पठाएपछि एनआरएनअभियन्ता हेमराज शर्माको प्रतिक्रिया
नेपाल । परराष्ट्र मन्त्रालयले शेष घले समूहको एनआरएनएका हालै निर्विरोध निर्वाचि महेश श्रेष्ठको कार्यसमितिलाई सहयोग समन्वयका लागि दूतावासहरूलाई पत्र पठाएको छ ।
दूतावासहरूलाई पठाएको पत्रबारे डा. बद्री केसी नेतृत्वको एनआरएनएका आईसीसीका उपाध्यक्ष हेम राज शर्माले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रियाः
१) एनआरएनएको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले लिखित रूपमा मान्यता दिने न त कुनै प्रचलन छ, न व्यवहार, न त सरकारी ऐन वा संघको विधानमा नै यस्तो व्यवस्था गरिएको छ। २००३ देखि २०२३ सालसम्म निर्वाचित भएका कुनै पनि कार्यसमितिलाई मन्त्रालयले औपचारिक मान्यता दिएको कुनै प्रमाण छैन। अहिले 'घोषित' समितिबारे दूतावासहरूलाई जानकारी पठाउनु भनेको त्यस समितिको कमजोर धरातललाई उजागर गर्नु हो।
२) गैरआवासीय नेपाली ऐन, २०६४ को दफा १६ अनुसार मन्त्रालयले लेखाको अनुगमन र संघको विधानको प्रमाणिकरण म...









