एनआरएनए एनसीसीहरुको महाधिवेशनका लागि निर्वाचन अनुगमन समिति गठन गर्न आग्रह
अमेरिका । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले राष्ट्रिय समन्वय परिषद अन्तर्गत हुने राष्ट्रिय महाधिवेशनहरूको अनुगमनका लागि निर्वाचन अनुगमन समिति गठन गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेका छन्।
महाससचिव जोशीका अनुसार संघको विधान तथा “राष्ट्रिय महाधिवेशन सञ्चालन तथा राष्ट्रिय समन्वय परिषदको सम्बन्धन सम्बन्धित नियमावली २०२१ ९संशोधित २०२५०” अनुसार, राष्ट्रिय समन्वय परिषद्ले अधिकतम पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्न सक्ने व्यवस्था छ । यो समितिमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय समन्वय परिषदमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका वा अभियानमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूलाई समावेश गरिनेछ। साथै, तीमध्ये एक जना सदस्य अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट तोकिएको हुनुपर्नेछ ।
महासचिव जोशीले प्रकाशित गरेको सूचना अनुसार निर्वाचन भन्दा कम्तीमा सात दिन अगाडि अनुगमन समित...









