१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

प्रधानमन्त्री कार्कीको उपस्थितिमा ‘एनआरएनए’ मा आइतबार बृहत् एकता हुँदै

प्रधानमन्त्री कार्कीको उपस्थितिमा ‘एनआरएनए’ मा आइतबार बृहत् एकता हुँदै

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘बृहत् एकताको’ विषयबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । संघले उक्त कार्यक्रममा गरिमामय उपस्थिति जनाइदिन सबै सञ्चारकर्मीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ । पत्रकार सम्मेलन एनआरएनए सचिवालय, बालुवाटारमा दिउँसो २ बजेबाट सुरु हुनेछ । संघका अनुसार कार्यक्रममा संगठनका हालका गतिविधि, आगामी योजनाहरू तथा एकता सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिनेछ। आइतबारनै प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघका विभिन्न पक्षहरूसँग एकता गर्दै संगठनलाई मजबुत बनाउने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलन निमन्त्रणा सूचना गैरआवासीय नेपाली संघ (एनआरएनए) गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालै ‘बृहत् एकता’ सम्बन्धी प्रस्ताव अनुमोदन भएसँगै विकसित नयाँ परिस्थितिका विषयमा आधिकारिक जानकारी गराउ...
हङकङमा भिषण आगलागीः मृत्यु हुनेको सङ्ख्या ९४ पुग्यो

हङकङमा भिषण आगलागीः मृत्यु हुनेको सङ्ख्या ९४ पुग्यो

अमेरिका । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ । शुक्रबार बिहानसम्ममा आगलागीमा परी ९४ जनाको मृत्यु भएको छ भने उद्धारकर्ताहरूले सयौं बेपत्ता व्यक्तिहरुको खोजी गरिरहेका छन् । बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरबाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।...
एनआरएनए एक हुँदै: एनआरएन नागरिकता कार्यान्वयनका चुनौतीबारेको छलफलमा सबै सहभागी

एनआरएनए एक हुँदै: एनआरएन नागरिकता कार्यान्वयनका चुनौतीबारेको छलफलमा सबै सहभागी

नेपाल । गैरआवासीय नेपाली (एनआरएन) नागरिकता कार्यान्वयनका क्रममा देखिएको समस्या, कानुनी अस्पष्टता र नीतिगत अन्योलताबारे शुक्रबार सिंहदरबारमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ, कानून सचिवहरु, एनआरएनएका प्रतिनिधि तथा वरिष्ठ कानूनविद्हरू सहभागी थिए । बैठकमा एनआरएन नागरिकता संविधानले नै दिएको अधिकार र नागरिकताको एउटा प्रकार मात्रै भएकोले कुनै पनि बहानामा यसको कार्यन्वयन रोक्नु नहुने तर्क प्रस्तुत गरिएको थियो । मौजुदा ऐनले गैरआवासीय नागरिकतालाई नचिन्ने भन्दै एनआरएनएका प्रतिनिधिमण्डलले हाल प्रचलनमा रहेका प्रावधानहरूमा केही कानुनी अस्पष्टता तथा प्रक्रियागत कठिनाइअध्यादेशमार्फत भएपनि संशोधन गर्न अनुरोध गरेको थियो । यस्तै सम्पति, मालपोतमा विध्यमान समस्या, अध्यागमनको विषय लगायत विविध विषयमा छलफल भएको थियो । संविधानविद् ...
विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्याः राष्ट्रसंघ

विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्याः राष्ट्रसंघ

अमेरिका । गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) ले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिका आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो । प्रतिवेदनले विश्वभर हत्या गरिएका महिला मध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त जस्तै बुबा, काका, आमा, दाइ(भाइद्वारा ज्यान दिइएको उल्लेख गरेको छ । तुलनात्मकरूपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व...
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

अमेरिका । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्थानीस समय अनुसार सोमबार अपराह्‍न उहाँको आफ्‍नै निवासमा निधन भएको हो । बलिउड फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्‍यक्त गर्दै अभिनेता धर्मेन्द्रको निधन पुष्टि गर्नुभएको छ । उहाँले धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको उल्लेख गर्दै उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहने बताउनुभएको छ ।...
चुनावी विजयपछि न्युयोर्क मेयर ममदानीसँग राष्ट्रपति ट्रम्पको पहिलो औपचारिक अन्तरक्रिया

चुनावी विजयपछि न्युयोर्क मेयर ममदानीसँग राष्ट्रपति ट्रम्पको पहिलो औपचारिक अन्तरक्रिया

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको द्वन्द्व न्यूनीकरणमा आफैँले निर्वाह गरेको ‘ केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याउनुभएको छ । न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः अघि सार्नुभएको हो । चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुग्नुभएका ममदानी र राष्ट्रपति ट्रम्पबिचको भेट ओभल अफिसमा सम्पन्न भयो । राष्ट्रपति ट्रम्पले बैठकलाई ‘उत्कृष्ट’ भन्दै उहाँसँग कुरा गर्न ‘रमाइलो’ लागेको टिप्पणी गर्नुभयो ।...
अबैध आप्रवासी फर्काउने क्रममा अमेरिकाबाट थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’

अबैध आप्रवासी फर्काउने क्रममा अमेरिकाबाट थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’

अमेरिका । अबैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काले जानकारी दिए । त्यस्तै चिनियाँ गिरोहले म्यानमारमा लगेर अबैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्धार गरेर नेपाल पठाएको खड्काले बताए । थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई ‘साइबर स्क्यामिङ’ को काममा लगाइएको थियो । अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको पाइएको छ । ३३ मध्ये १६ जना दाङका र १० जना रुकुमका रहेको खड्काले बताए । बाँकी २ जना विद्यार्थी र पर्यटक भिसामा गएर अवैधरुपमा बसेबापत जेल परेका थिए ।...
नितिश कुमार दशौंपटक बिहारको मुख्यमन्त्री नियुक्त

नितिश कुमार दशौंपटक बिहारको मुख्यमन्त्री नियुक्त

नेपाल । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । सन् २०२० मा प्रधानमन्त्री मोदीले शपथ समारोहमा भाग लिन नसके पनि यस पटक उहाँको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गर्नु भएको थियो । विगत दुई दशकदेखि उहाँले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् । ७४ वर्षीय नितिश कुमार २०१४–१५ बिच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आउनु भएको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा साउदीको राजकुमारको सम्मानमा ह्वाइट हाउसमा भव्य रात्रिभोज

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा साउदीको राजकुमारको सम्मानमा ह्वाइट हाउसमा भव्य रात्रिभोज

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो । साउदी क्लब अल नासरका लागि खेल्दै आउनु भएका र जो धेरै जना वरिष्ठ खेलाडीसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुग्नुभएका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सिटमा बस्नुभएको देखिन्थ्यो ।...
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई एनआरएनएले दियो बधाइ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई एनआरएनएले दियो बधाइ

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गगर्नु भएको छ । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, अमेरिका क्षेत्रकी महिला संयोजक इन्दिरा त्रिपाठी तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति रहेको थियो । अध्यक्ष डा. केसीले कार्कीको नेतृत्वमा शान्ति–सुरक्षा व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सफल र परिणाममुखी कार्यकालको शुभेच्छा व्यक्त गर्नुभयो ।...