२१ कार्तिक २०८२, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

नेपाल । गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित् नागरिकताको विधेयकको तयारी गरिरहेको बताएका हुन् । गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा गैर आवसीय नेपाली नागरिकहरुलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए। उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पस्ट रहेको बताए । ...
एनआरएनए सदस्यता रिपोर्ट: ५३,०८४ जना सदस्यता स्वीकृत, ७,६३१ नयाँ सदस्यता प्रक्रियामा

एनआरएनए सदस्यता रिपोर्ट: ५३,०८४ जना सदस्यता स्वीकृत, ७,६३१ नयाँ सदस्यता प्रक्रियामा

अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण सार्वजनिक गरिएको छ । २७ जुन २०२५ सम्मको तथ्यांक अनुसार, हालसम्म कुल ५३,०८४ जना सदस्यता स्वीकृत भएका छन् भने ७,६३१ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन् । देश अनुसार सदस्य संख्या: १ . जापान – १८,४३५ जना २. अष्ट्रेलिया – १५,३०० जना ३. संयुक्त अधिराज्य (यूके) – २,७७२ जना ४. क्यानडा – ३,१६५ जना ५. साउदी अरेबिया – ३,१२७ जना ६. अमेरिका – २,६०१ जना ७. संयुक्त अरब इमिरेट्स (युएई) – १,५५६ जना ८. आयरल्यान्ड – १,१०६ जना संघको क्षेत्रगत विवरण अनुसार: • एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,१२६ सदस्यता स्वीकृत भएका छन्। यसमध्ये जापानबाट मात्रै १८,४३५ सदस्य रहेका छन्, जुन सम्पूर्ण विश्वभरबाट सबैभन्दा बढी हो। • दोस्रो धेरै सदस्यता ओसिनिया क्षेत्रबाट १६,२५३ जना रहेको छ। यसमा अष्ट्रेलियाबाट १५...
एनआरएनहरुलाई अलमलमा नपरी एमआईएस प्रणालीबाट सदस्यता लिन आग्रह

एनआरएनहरुलाई अलमलमा नपरी एमआईएस प्रणालीबाट सदस्यता लिन आग्रह

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । जापान, अमेरिका, अष्ट्रेलियालगायत देशमा उत्साहजनक रूपमा सदस्यता वितरण भइरहेको उल्लेख गर्दै उनले थोरै सदस्य संख्या भएका राष्ट्रिय समितिहरूलाई अलमलमा नपरी एमआईएस प्रणालीबाट सदस्यता लिन आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्द्र पन्तले सञ्चालन गरेका थिए । सहभागीहरूले संघको आन्तरिक एकता र आसन्न राष्ट्रिय महाधिवेशनसम्बन्धी आ–आफ्ना धारणा राखेका थिए। उक्त कार्यक्रममा एनआरएनए नेदरल्याण्डका संस्थापक अध्यक्ष शशि पौडेल, उपाध्यक्षहरू रामचन्द्र पोखरेल, संघर्ष केसी, महासचिव स...
अमेरिकी राजदूत र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता

अमेरिकी राजदूत र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता

नेपाल । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताए । उनले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताए। उपराष्ट्रपति यादवले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेप...
इजरायल र इरानबाट नेपाली नागरिकको उद्धारको तयारी गर्दैछौंः परराष्ट्रमन्त्री राणा

इजरायल र इरानबाट नेपाली नागरिकको उद्धारको तयारी गर्दैछौंः परराष्ट्रमन्त्री राणा

नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपाय अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताउनुभएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराउनुभएको हो। मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उहाँहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिनुभयो।...
एनआरएनए इजरायलमा रहेका नेपालीको उद्धारका लागि सक्रिय

एनआरएनए इजरायलमा रहेका नेपालीको उद्धारका लागि सक्रिय

अमेरिका । इजरायल र इरानबीच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ। बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो । कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील भएको उल्लेख गर्दै भने, “अहिलेको अवस्था विगतका युद्धहरूको तुलनामा झन् संवेदनशील छ, तर सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालन गर्दा असुरक्षा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।” उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा सामग्री नगर्न समेत आग्रह गरे । त्यसैगरी, एनआरएनए इजरायलका महासचिव अलि मोहम्मद मियाँले पनि इजरायली सुरक्षाका मापदण्डहरू कडाइ...
अमेरिकाको ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रियाअघि बढ्यो

अमेरिकाको ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रियाअघि बढ्यो

अमेरिका । नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महावाणिज्यदूत अधिकारीले दूतावास रहने स्थानको छनोट र अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपछि सेवा प्रारम्भ गरिने जानकारी दिनुभयो । ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासले टेक्सासका अतिरिक्त ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताइएको छ । महावाणिज्य दूतावास कार्यालयका लागि परर...
इजरायल–इरान युद्धका कारण नेपाली कामदारहरु प्रभावित

इजरायल–इरान युद्धका कारण नेपाली कामदारहरु प्रभावित

अमेरिका । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ । मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि योजना बनाएको हो । मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहु आयामिक तयारी गरिरहेको बताए । उनले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणका लागि गृह, परराष्ट्र लगायतका सम्वन्धित मन्त्रालयहरुलाई आग्रह गरिएको जानकारी दिए । पछिल्लो समय इजरायल–इरान युद्धका कारण म...
सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको प्रक्रिया निर्णायक चरणमा

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको प्रक्रिया निर्णायक चरणमा

अमेरिका । अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट जनरलको कार्यालय स्थापनाको प्रक्रिया निर्णायक चरणमा पुगेको छ । हालै मात्र सान फ्रान्सिस्को आइपुग्नुभएका कन्सुलर जनरल लक्ष्मण खनालको पहलमा कार्यालय स्थापनाका लागि उपयुक्त स्थान छान्ने कार्य तीव्र पारिएको छ । कन्सुलर जनरल खनालले सान फ्रान्सिस्कोस्थित स्थानीय सरकारी निकायका प्रतिनिधि, समन्वयकर्ताहरू तथा नेपाली समुदायका अगुवाहरूसँग औपचारिक तथा अनौपचारिक छलफल गर्दै कार्यालय स्थापनाका सम्भावित स्थानहरूको निरीक्षण गर्नुभएको छ । उहाँको नेतृत्वमा भइरहेको यो प्रक्रिया अब छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । खनालले सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग पनि भेटघाट गरी कन्सुलेट कार्यालयको औचित्य र सम्भाव्य लाभबारे जानकारी दिनुभएको छ । उहाँले समुदायको सहभागिता, सुझाव र समर्थनले प्रक्रिया अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्...
नेदरल्याण्डमा भुटानी शरणार्थीको जीवनमा आधारित उपन्यास ‘खुसीको गाउँ’ बिमोचन

नेदरल्याण्डमा भुटानी शरणार्थीको जीवनमा आधारित उपन्यास ‘खुसीको गाउँ’ बिमोचन

अमेरिका । भुटानी शरणार्थीको जीवनमा आधारित खगिन्द्रा खुसीको उपन्यास ‘खुसीको गाउँ’ विमोचन गरिएको छ । विश्व भुटानी साहित्यिक सङ्गठनद्वारा नेदरल्यान्डमा आयोजित कार्यक्रममा उपन्यासको विमोचन गरियो । सन् १९९० को दशकयता भुटानबाट लखेटिएपछि झापा र मोरङमा शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्वासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक सङ्घर्षलाई उपन्यासमा समेटिएको छ । बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले उपन्यासको विमोचन गर्दै भुटानबाट निर्वासित भएको पुस्ताले जीवनभर सङ्घर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । शरणार्थीले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र सङ्घर्षका गाथालाई उपन्यासमा समेटिएको बताउनुभयो । सङ्गठनका अध्यक्ष कर्ण गुरुङले उपन्यासले भुटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका सङ्घर्षका दिन स्मरण गराएको बताउ...