१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

बेलायतमा दिउँसोको समयमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध

बेलायतमा दिउँसोको समयमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध

अमेरिका । बेलायतमा सोमबारदेखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य भनि” अर्थायएको छ । प्रतिबन्ध-चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनका विज्ञापनलाई लक्षित गर्दै(हरेक वर्ष बच्चाको आहारबाट उल्लेख्य क्यालोरी हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साँझ ९ः०० बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापन बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ । यसको कार्यान्वयन-पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व(प्याकेज गरिएका वस्तु जस्तै मिल्कशेक, रेडी(टु(गो कफी र मीठो दही पेय पदार्थ समावेश छ । स्थानीय अधिकारीलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसल रोक्ने अधिक...
ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासको आग्रह

ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासको आग्रह

अमेरिका । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । “ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छभने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ”, विज्ञप्तिमा उल्लेख छ । यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रह...
अमेरिकाद्वारा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ

अमेरिकाद्वारा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ । संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को–आतङ्कवादी” सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ । भेनेजुएलाले अमेरिका विरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ ।...
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक भिटो !

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक भिटो !

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र मूल अमेरिकी आरक्षणको विस्तार सम्बन्धी दुई विधेयक खारेज गर्दै आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक भिटो शक्तिको प्रयोग गर्नु भएको छ । ह्वाइट हाउसले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार सोमबार ट्रम्पले द्विदलीय समर्थन प्राप्त विधेयक भिटो गर्नुभयो । सिनेट र हाउसले राष्ट्रपतिलाई ओभरराइड गर्न दुई तिहाइ बहुमतले विधेयक फेरि पारित गर्नु पर्ने छ । एउटा बिल, ‘अर्कान्सास भ्याली कन्डुइट एक्ट समाप्त गर्नुहोस्’ले कोलोराडोको पूर्वी मैदानमा दशकीय योजना पूरा गर्दै सफा पानी पाइपलाइन निर्माण गर्ने उद्देश्य राखेको थियो । भिटोको व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई धेरै खर्चिलो ठहर गर्दै ‘अमेरिकी करदातालाई महँगो र अविश्वसनीय नीतिको वित्त पोषणबाट रोक्ने’ बताउनु भएको छ । यो विधेयकमा कोलोराडोका दुई डेमोक्रेटिक सिनेटर र रिपब्लिकन प्रतिनिधि लरेन...
बृहत् एकताको सहमतिअनुसार सबै एनसीसीहरूमा एनआरएनए सदस्यता खुला

बृहत् एकताको सहमतिअनुसार सबै एनसीसीहरूमा एनआरएनए सदस्यता खुला

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरीमा हुने १२औँ महाधिवेशनका लागि विश्वभर सदस्यता वितरण खुला गरिएको छ । यसअघि सदस्यता लिन छुटेका व्यक्तिहरूले Smart NRNA App डाउनलोड गरी जनवरी ९ तारिखसम्म सदस्यता लिन संघले आग्रह गरेको छ । संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार बृहत् एकताको सहमतिअनुसार संसारभरिका सबै सक्रिय राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा एनआरएनए सदस्यता खुला गरिएको हो । फेब्रुअरी २२–२५ सम्म आयोजना हुने १२औँ महाधिवेशनका लागि प्रतिनिधि बन्न तथा उम्मेदवार बन्न अनिवार्य रूपमा सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ । स्मार्ट एनआरएनए एप बाहेक अन्य पोर्टलमार्फत सदस्य बनेकाहरूको विवरण सम्बन्धित देशमा बसोबास गरेको प्रमाणका कागजातसहित सम्बन्धित एनसीसीबाट प्राप्त भएपछि एमआरएस प्रणालीमा एकीकृत गर्ने सहमति भएको छ । हाल एकीकृत हुन बाँकी जम्मा २० वटा एनसीसी रहेका छन् । विभाजन र...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

नेपाल । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबिच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ । खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । ...
एनआरएनए स्टेरिङ कमिटीको चौथो बैठकले गर्यो महत्वपूर्ण निर्णय

एनआरएनए स्टेरिङ कमिटीको चौथो बैठकले गर्यो महत्वपूर्ण निर्णय

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको चौथो बैठक आइतबार सम्पन्न भएको छ । श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुबेदी तथा उपसचिव राजाराम दाहाल आमन्त्रित बैठकमा गैरआवासीय नेपाली संघको आगामी बाह्रौँ बृहत् महाधिवेशन, संघको विधान तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा घनिभूत छलफल भएको थियो । महासचिव बाबुराम (बीआर) लामाद्वारा सञ्चालित बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ । बैठकले एनआरएनए विधान, २०२२ लाई पालना गर्दै बाह्रौँ बृहत् महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बृहत् एकतापछिको विधानगत व्यवस्थामा देखिन सक्ने जटिलताका विषयमा कानुनी विज्ञहरूसँग परामर्श लिने, प्राप्त परामर्श स्टेरिङ कमिटीमा छलफल गर्ने र अन्ततः परराष्ट्र मन्त्रालयसँग आव...
थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति सम्झौता हुँदै

थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति सम्झौता हुँदै

अमेरिका । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने छ । साथै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् । यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ । थाइल्य...
एनआरएनएद्वारा इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णयको स्वागत

एनआरएनएद्वारा इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णयको स्वागत

नेपाल । नेपाल सरकारले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने निर्णय गरेको छ । सरकारको यस निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गर्दै यसलाई नेपाली श्रमिकहरूको हक–हित संरक्षणतर्फको महत्वपूर्ण र सकारात्मक कदम भएको बताएको छ । संघले जारी गरेको विज्ञप्तिमा विगत दुई दशकदेखि इराक प्रतिबन्धित श्रम गन्तव्यको सूचीमा रहँदा हजारौँ नेपाली श्रमिकहरू विभिन्न कानुनी तथा कन्सुलर समस्यामा परिरहेको उल्लेख गरिएको छ । सरकारको पछिल्लो निर्णयले ती श्रमिकहरूलाई कानुनी दायराभित्र ल्याई उनीहरूको रोजगारीलाई वैधानिक बनाउने विश्वास संघले व्यक्त गरेको छ । ...