१९ कार्तिक २०८२, बुधबार

अन्तराष्ट्रिय/प्रवास

नेजाद्वारा वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध

नेजाद्वारा वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गम्भीर बिरामी भएका संघका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ । नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरी सहयोगका लागि अनुरोध गरेको हो । नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने निर्णयबमोजिम यो अभियान सञ्चालन गरिएको बताए । “वाग्ले ‘ब्रेन टुयुमर’को समस्याबाट ग्रस्त छन् । अमेरिकास्थित क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा जुलाई ७ मा शल्यक्रिया गरेपछि उनी अहिलेसम्म सोही अस्पतालमै छन्”, उनले भने । महासचिव न्यौपानेले भने, “उहाँको स्वर गुमेको छभने होस पनि पूरै नआएको तथा खानासमेत मुखबाट खान नसकेपछि पेटमा पाइपको माध्यमद्वारा झोलिलो खाना मात्र दिनु परिरहेको छ । उहाँलाई कति समयसम्म अस्पताल राख्नु...
सिम्पल मोर्गेज कम्पनीको पाँच वर्ष पूरा, अमेरिकाका ८ राज्यमा सेवा बिस्तार

सिम्पल मोर्गेज कम्पनीको पाँच वर्ष पूरा, अमेरिकाका ८ राज्यमा सेवा बिस्तार

अमेरिका । अमेरिकाका आठ राज्यमा सयौं जनाको ‘होम ओनर’ हुने सपनालाई सफलतापूर्वक सहयोग पुर्याईसकेको सिम्पल मोर्गेज कम्पनीले पाँच वर्ष पूरा गरेको छ । उक्त कम्पनी सिम्पल मोर्टगेजले भर्जिनिया, म्यारील्यान्ड, पेनसिल्भेनिया, डेलावेयर, कोलोराडो, जर्जिया, नर्थ क्यारोलाइना र ओहायो गरी आठवटा राज्यहरूमा लाइसेन्स प्राप्त गरी सेवा विस्तार गरेको छ । कम्पनीको संस्थापक तथा सीईओमा गणेशचन्द्र बानियाँ हुनुहुन्छ भने बजार बिकास प्रबन्धक कृष्ण भण्डारी र प्रोसेसिंग अपरेशन मेनेजरमा कृष्ण क्षेत्री हुनुहुन्छ । पाँच वर्षे व्यवसायिक यात्राको सफलताका लागी सीईओ बानियाँले सबै ग्राहक, मोर्गेज ऋण अधिकारीहरु, कर्मचारी र शुभेच्छुकहरु समक्ष हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । नेपालको गोरखामा घर भएका कम्पनीका संस्थापक तथा सीईओ बानियाँ हाल अमेरिकाको भर्जिनियाँ निवासी हुनुहुन्छ । उहाँले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्नु ...
रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प !

रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प !

नेपाल । रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले यो जानकारी दिएको हो । यूएसजीएसका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्ककाम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ । त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले अहिलेसम्म क्षतिको न्यून मात्र विवरण आएको उनले जनाएका छन्। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् । शक्तिशाली भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।...
ग्रीसमा मृत्युभएका विकास गौतमको शव नेपाल ल्याइयो

ग्रीसमा मृत्युभएका विकास गौतमको शव नेपाल ल्याइयो

नेपाल । ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका नवपरासी बर्दघाटका विकास गौतमको शव शनिवार राती नेपाल ल्याईएको छ । ग्रीसमा दुतावास समेत नभएको अवस्थामा परिवारले लाश मगाईदिन सहयोगको अपिल गरे अनुसार नेपाल झिकाउन सहजिकरण गरेको रिटर्नी फेडेरेसन नेपालका सचिव ज्ञानु खवासले जानकारी दिनुभएको छ । रिटर्नी फेडेरेसन नेपालका विदेश विभाग प्रमुख समेत रहेका खवासले धेरै दिनको मेहेनत र सहजिकरण पछि शव नेपाल ल्याउन सफल भएको बताएका छन । मृतकका आफन्तहरुले शव नेपाल ल्याउन विषयमा तनावमा रहेको जानकारी गराएपछि विभिन्न निकायमा पहल गरिएको हो । रिटर्नी फेडेरेसन नेपालका प्रतिनिधिमण्डलले विभिन्न आवश्यक कागजात र पक्रिया पुरा गरेर सो कार्य गर्न सफल भएको छ । शनिवार राती ११ बजे एयरपोर्टमा लाश बुझेर परिवारको जिम्मामा लगाईको थियो । यस अघि जुन ९ मा मलेसियामा मृत्यु भएका २१ वर्षिय रोहित कुमार मुखियाको शव नेपाल ल्याउन सहजिकरण ग...
३३ वटा एनआरएनए एनसीसीको निर्वाचन सम्पन्न, को को भए अध्यक्ष ?

३३ वटा एनआरएनए एनसीसीको निर्वाचन सम्पन्न, को को भए अध्यक्ष ?

अमेरिका । अक्टोबरमा हुने एनआरएनए आईसीसीको १२औँ अधिवेशनका शिलशिलामा हालसम्म ३३ वटा एनसीसीका निर्वाचन सम्पन्न भइसकेका छन् । बाँकी एनसीसीहरूले आगामी जुलाई ३१ तारिखसम्म निर्वाचन सम्पन्न गर्नेछन् । १२औँ अधिवेशनका लागि प्रतिनिधिको आवेदन अगस्ट १० देखि २० गतेसम्म स्मार्ट एनआरएनए एप मार्फत खुला गरिने र प्राप्त आवेदनहरूबाट विधानमा तोकिएको प्राथमिकताको आधारमा अगस्ट महिनाको अन्त्यसम्म प्रतिनिधिको नामावली तयार गरिने जनाइएको छ । निर्वाचित अध्यक्षहरुः १) स्विजरल्याण्ड – विष्णुप्रसाद थापा २) न्यूजिल्याण्ड – डा. अच्युत अर्याल ३) फ्रान्स – मिन कुमार श्रेष्ठ ४) हङ्गेरी – नारायणप्रसाद भण्डारी ५) दक्षिण सुडान – रामप्रसाद पाध्या ६) युगान्डा – रमा अर्याल ७) चेक गणराज्य – छविलाल कँडेल ८) आयरल्याण्ड – चेतराज ओली ९) स्विडेन – राजेन्द्र तामाङ १०) साउदी अरब – उमेश भट्टराई ११) पोर्चुगल – बमबहादुर जि.सी...
एनआरएनए र यूएनडीपीबीच आपसी सहकार्यका विषयमा विशेष छलफल

एनआरएनए र यूएनडीपीबीच आपसी सहकार्यका विषयमा विशेष छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघीय मिशन (यूएनडीपी) बीच आपसी सहकार्यका विविध विषयमा विशेष छलफल सम्पन्न भएको छ । उक्त छलफलमा विपद् व्यवस्थापन, लगानी, महिला तथा बालबालिका, युवा सशक्तिकरण, जलवायु परिवर्तन, संस्थागत क्षमता अभिवृद्धिक, दिगो विकासका लक्ष्य प्राप्ति लगायतका प्रमुख क्षेत्रहरूमा आपसी सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको छ । उक्त अवसरमा यूएनडीपीका तर्फबाट उप–आवासीय प्रतिनिधि जुलियन चेभिलार्ड, जोखिम व्यवस्थापन विज्ञ सुधिर कुमार र नीति सल्लाहकार विजय सिंहका साथै एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, वरिष्ठ अधिकृत कुनाल मिश्रा तथा परामर्शदाता विपद् विज्ञ बिमल गदालको सहभागिता थियो । आगामी दिनमा दुबै संस्थाले आपसी हितका विषयमा छलफल तथा सहकार्य गर्दै जाने योजना रहेको छ ।...
एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । २०२५–२०२७ कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा पुडासैनीले १४८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गोविन्द खरेलले ९७९ मत प्राप्त गरे भने अर्का उम्मेदवार मनिष खरेलले ४९६ मत प्राप्त गरे । ...
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा कुँवरले १३७०१ मतमध्ये ६८३९ मत प्राप्त गरी सन्जीव ढकाल र भैरव ढकाललाई पराजित गरेका छन् । निर्वाचनबाट उपाध्यक्षमा बबिन मिश्र विजयी भएका छन् । यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए ।...
अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे-२०२५’ भव्यताका साथ सम्पन्न

अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे-२०२५’ भव्यताका साथ सम्पन्न

अमेरिका । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे-२०२५’ भव्यताका साथ मनाइएको छ । न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले नेपाली हुनुमा गर्व गर्दै र नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै ‘नेपाल डे–२०२५’ हर्षोल्लासका साथ भव्य रुपमा मनाएका हुन्। ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि) र एभरेट सिटीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल डे–२०२५’ कार्यक्रम यही जुलाई २०,२०२५ आइतबार एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा आयोजना गरिएको थियो। नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनमा ‘नेपाल डे’ कार्यक्रम केन्द्रीकृत रहेको थियो । नेपाली हुनुमा गर्व गर्दै नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्नु, नेपाल र नेपालीलाई चिनाउनु, सामुदायिक एकतालाई थप मजबुत बनाउनु र सहभागीहरुलाई मनोरञ्जन दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।...
एनआरएनए र रिटर्नी फेडरेशन नेपालबीच समझदारीपत्रमा औपचारिक हस्ताक्षर

एनआरएनए र रिटर्नी फेडरेशन नेपालबीच समझदारीपत्रमा औपचारिक हस्ताक्षर

नेपाल । गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्य तथा साझेदारी प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्रमा औपचारिक हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष डा. बद्री केसी तथा रिटर्नी फेडरेशनका तर्फबाट अध्यक्ष विनोद भट्टराईले हस्ताक्षर गर्नुभएको हो । यस समझदारीमार्फत दुबै संस्थाबीच आपसी सहकार्य, अनुभव आदानप्रदान, स्रोत तथा सञ्जालको उपयोग, र भविष्यमा हुने संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट सहमति गरिएको छ । उक्त समझदारीले नेपाल फर्किएका दक्ष जनशक्तिको समायोजन तथा गैरआवासीय नेपाली समुदायसँगको समन्वयमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास व्यक्त गरिएको छ। गैरआवासीय नेपाली संघको ९१ देशमा राष्ट्रिय समन्वय परिषद्सहितको विश्वव्यापी सञ्जाल रहेको छ भने रिटर्नी फेडेरेसन नेपालको ६५ भन्दा बढी जिल्लामा क्रियाशील फर्किएका नेपाल...