११ कार्तिक २०८२, मंगलवार

मनोरन्जन

कोलोराडोमा अप्रिल २७ मा नेपाली चलचित्र ‘पिताम्बर’ प्रदर्शन हुँदै

कोलोराडोमा अप्रिल २७ मा नेपाली चलचित्र ‘पिताम्बर’ प्रदर्शन हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा यही अप्रिल २७ तारिकमा नेपाली चलचित्र ‘पिताम्बर’ प्रदर्शन हुँदैछ । कोलोराडोमा मनोलय र डिजे मणीको संयोजन तथा ढाकाटोपीको समन्वयमा चलचित्र पिताम्बर हर्किन्स थियटरमा साँझ ५ः३० बजेदेखि चलचित्र प्रदर्शन हुनेछ । ‘पिताम्बर’मा प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राईसँगै दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ । यसअघि ‘ऐँचो पैँचो’ चलचित्र निर्देशन गरेकी कृषा चौलागाईंले ‘पिताम्बर’लाई निर्देशन गरेकी छिन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माता पुरुषोत्तम प्रधान र कार्यकारी निर्माता सुमन गौतम हुन् । ...
नेपाली लघुचलचित्र ‘पाउलो’ चीनको स्मलरिग अवार्डको छनोटमा

नेपाली लघुचलचित्र ‘पाउलो’ चीनको स्मलरिग अवार्डको छनोटमा

नेपाल । नेपाली लघुचलचित्र ‘पाउलो’ (दी सुज) चीनको स्मलरिग अवार्डको छनोटमा परेको छ । विश्वभरबाट आएका तीन हजार ७९१ चलचित्रमध्ये ९८ चलचित्रबाट २० वटा चलचित्र छनोटमा परेका थिए । चीनको सेन्जेन सहरमा आगामी मे २३ देखि २५ सम्म आयोजना हुने अवार्डमा ‘पाउलो’ प्रदर्शन हुने भएको चलचित्रका निर्देशक मोहन अभिलाषीले जानकारी दिनुभयो । लघुचलचित्रमा रेनुका कार्कीको कास्टिङ निर्देशन, करन साउदको सहायक निर्देशन, नारायण जिसीको छायाङ्कन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ । लघुचलचित्र पशुपति परिसरमा बस्ने परिवारविहीन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई बनाइएको छ । ऐना आटर्सको प्रस्तुतिमा निर्माण भएको पाउलोको लेखन निर्देशक अभिलाषीले गर्नुभएको छ । लघुचलचित्रमा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दङ्गाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्द...
चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक, गणतन्त्र दिवसमा प्रदर्शन हुने

चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक, गणतन्त्र दिवसमा प्रदर्शन हुने

नेपाल । चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वलाई प्राथमिकता दिइएको छ । गणतन्त्र दिवसका अवसरमा प्रदर्शन हुने चलचित्रको निर्देशन दिनेश राउतले गर्नुभएको छ । चलचित्रले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई मूल विषय बनाएको छ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाललगायतका कलाकारको अभिनय देख्न पाइने छ । क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुनुहुन्छ ।...
निर्देशक राजेन्द्र बस्नेतद्वारा ‘कार्की साइँला’ बनाउने घोषणा

निर्देशक राजेन्द्र बस्नेतद्वारा ‘कार्की साइँला’ बनाउने घोषणा

नेपाल । निर्देशक राजेन्द्र बस्नेतले चलचित्र ‘कार्की साइँला’ बनाउने घोषणा गर्नुभएको छ । चलचित्रको निर्माण पक्षले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र मुहूर्त गर्दै निर्देशक बस्नेतले वैशाख २० गतेदेखि छायाङ्कन सुरु हुने जानकारी दिनुभयो । उहाँले चलचित्रले ग्रामीण जीवनमा रहेका एक परिवारको कथालाई समेट्ने बताउँदै भन्नुभयो, “यो एउटा भरियाको कथा हो, भुइँमान्छेले गर्ने सङ्घर्ष र उसको अपेक्षालाई चलचित्रमा प्रस्तुत गर्ने छौँ ।” चलचित्रमा जितु नेपाल, वर्षा सिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायतका कलाकारको अभिनय रहने छ । अभिनेता नेपालले चलचित्रमा आफ्नो भूमिका फरक र चुनौतीपूर्ण रहेको बताउनुभयो । कर्णबहादुर फिल्म्स प्रालिले निर्माण गर्ने चलचित्रमा कृष्णभगत चाम्लिङ प्रस्तुतकर्ता र बालकुमार राई निर्माता हुनुहुन्छ ।...
चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक

चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक

नेपाल । चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा युवराज काफ्लेको शब्द, सुजन चापागाईंको स्वर र झुमा लिम्बूको सङ्गीत रहेको छ । चलचित्रमा विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा देखिनुभएको छ । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको छ । https://www.youtube.com/watch?v=JqZ7Owwt2Cw...
नयाँ बर्ष २०८२ उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कतिक साँझ हुँदै

नयाँ बर्ष २०८२ उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कतिक साँझ हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयां बर्षका २०८२ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ । कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना नेपाली नया वर्ष २०८२ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल २६ तारिक शनिबारका सांझ ५ बजेदेखी राती ९ बजे सम्म वेष्टिमिनिष्टर सहरमा आयोजना हुन लागेको हो । लोकप्रिय गायक बिमल डांगीको बिशेष आतिथ्यता तथा संझना पाण्डे लगायतका स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले बताएका छ...
‘कुलमान दाइ’ बोलको गीत सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल

‘कुलमान दाइ’ बोलको गीत सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल

नेपाल । गायिका सुस्मिता स्याङतानको आवाजमा ‘ कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ । गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ध्वनि सम्पादन—मिक्...
भारतीय राष्ट्रपति भवनमा नेपाली चित्रकारको कला प्रदर्शनी

भारतीय राष्ट्रपति भवनमा नेपाली चित्रकारको कला प्रदर्शनी

नेपाल । भारतको नेसनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा ‘भिजन २०४७ः विकसित भारत’ शीर्षकमा दुई हजार बढी चित्रकारले क्यानभास पेन्टिङ बनाएका थिए । नयाँ दिल्लीस्थित पुरानो किलामा आयोजना गरिएको एकदिने आर्ट क्याम्पमा कपिलवस्तुकी सञ्चिता अग्रहरिले करिब चार घण्टा लगाएर भारतको आर्थिक प्रगतिको चित्रण क्यानभासमा उतार्नुभएको थियो । त्यो चित्र उत्कृष्ट १५ मा पर्न सफल भएको थियो । भारतको राष्ट्रपति भवनमा चलेको प्रदर्शनीमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले अवलोकन गर्नुभएको थियो । “मैले भारतको विश्वव्यापी आर्थिक विस्तारलाई चित्रमा उतारेकी हुँ,” सञ्चिताले भन्नुभयो, “रुपियाँको प्रतीकले वित्तीय शक्ति, बुलले मजबुत अर्थतन्त्र, अशोक चव्रmले लोकतन्त्र र स्थिर प्रगति तथा सेतो छिटाले द्रुत गतिमा भइरहेको विकासलाई देखाउँछ ।” राष्ट्रपति मुर्मूले तस्बिरको भावले भारतको आर्थिक विकासलाई प्रदर्शन गर्ने बुझाइका साथ चासो द...
अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालको दोस्रो श्रीमानसँग पनि सम्बन्ध बिच्छेद

अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालको दोस्रो श्रीमानसँग पनि सम्बन्ध बिच्छेद

अमेरिका । अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे पनि संकटमा परेको छ । गत भदौमा सुनसरीका युवराज श्रेष्ठसँग बिहे गरेकी उनले श्रीमानसँग छुट्टिने निर्णय गरेकी हुन् । अहिले अभिनेत्री लम्साल उनीद्वारा अभिनित फिल्म ‘घरः बट इन अमेरिका’ लागि प्रमोसनमा व्यस्त छिन् । केहीअघि अरुणिमाले सामाजिक सञ्जालबाट बिहेका तस्विहरू हटाएकी थिइन् । त्यहीबेला उनीहरूको सम्बन्ध ठिक नभएको खबर बाहिरिएको थियो। वैवाहिक सम्बन्ध नटिक्नुमा अरुणिमाले श्रीमानलाई दोष दिएकी छिन् । सुनसरीका कांग्रेस नेतासमेत रहेका युवराजले बिहेअघि आफूसँग धेरै कुरा ढाँटेको उनको आरोप छ। अरुणिमाले वारेसमार्फत मुद्दा दायर गरेकी हुन् । यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् ।...
‘फर्कि आउन साथीसङ्गी हाम्रोमाटो रोइसक्यो’ बोलको गीत सार्वजनिक

‘फर्कि आउन साथीसङ्गी हाम्रोमाटो रोइसक्यो’ बोलको गीत सार्वजनिक

नेपाल । गायक अशोक विष्टको फर्कि आउन साथीसङ्गी हाम्रोमाटो रोइसक्यो भन्ने राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत सार्वजनिक भएको छ । लामो समयदेखि वैदेशिक रोजगारीमा जान बाध्य भएका तमाम नेपाली युवा वर्गलाई लक्षित गरेर अब विदेशमा श्रम गर्न पुग्यो, विदेशको श्रमले हाम्रो नेपाल बाजो भइसक्यो, अब आफ्नै स्वदेशमा फर्कि आउ र यहाँ केही गर भन्ने सन्देश गीतमा झल्कीएको छ । आफ्नो दर्शक माझ नयाँ वर्ष २०८२ सालको उपहार स्वरूप गायक विष्टले बजारमा ल्याउनुुभएको यस गीतका शब्दकार गायक स्वयम् हुनुुहन्छ भने यस गीतलाई सङ्गीतकार सरोज प्याकुरेलले दिनुभएको छ । प्रदिप श्रेष्ठद्धारा एरेन्ज गरिएको यस गीतको रेकर्डिङको कार्य भ्वाइस एकेडेमीले गरेको छ । हिमाल, तराई, मधेश र पहाड देशको तीनै भूभागलाई समेटेर यस गीतको छाँयाङ्कन रामकुमार प्याकुरेलले गर्नुभएको छ ।...