११ कार्तिक २०८२, मंगलवार

मनोरन्जन

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

नेपाल । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्वाचित निर्वाचित हुनु भएको छ । यसैगरी, दिपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । त्यस्तै, सुजाता केसी सहमतिमा उपाध्यक्ष साथै सनम कठायत निर्विरोध महासचिव पदमा निर्वाचित हुनुभएको छ। रिता के सी सचिव सहमतिमा तथा बेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । १७ सदस्यीय कार्य समितिमा बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह, डा. टिका भन्डारी, माधवराज खरेल, संगीत...
कोलोराडोमा जूलाई १२ मा चर्चित गायक राजु परियारको सम्मान र सांगीतिक साँझ हुने

कोलोराडोमा जूलाई १२ मा चर्चित गायक राजु परियारको सम्मान र सांगीतिक साँझ हुने

कोलोराडो । अमेरिकाको कोलोराडोमा यही जूलाई १२ शनिबारका दिन चर्चित लोकगायक राजु परियारको प्रस्तुति हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा र कोशेली कोलोराडाको आयोजनामा कार्यक्रम हुन लागेको छ । वेस्टमिनिस्ट स्थित अल्ट्रा लाउन्जमा साँझ ५ बजेदेखि राति १० बजेसम्म गायक परियारको धमकेदार प्रस्तुति रहने अनेसास कोलोराडो शाखा अध्यक्ष किरण अधिकारीले बताउनु भयो । अमेरिका यात्रामा रहनु भएका गायक परियारको कोलोराडोमा २५औं लोकगायन यात्रा सम्मान र सांगीतिक साँझ कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा गायक गायिकाहरु अमृता मगर र चन्द्र शर्माले साथ दिने छन् । उक्त कार्यक्रमको लागि ३० र ३५ डलरको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कोलोराडोवासीहरु आमन्त्रण गरिएको छ । ...
गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

नेपाल । प्रहरीले सामाजिक सञ्चालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनका गुञ्जन राई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । चितवनका राईलाई साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए । एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।...
नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित

नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित

नेपाल । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गरिएको छ । विसं २०२१ असोजमा प्रदर्शन भएको आमाको निर्देशन हिरासिंह खत्रीले गर्नुभएको थियो । चलचित्रमा शिवशङ्कर खत्री र भुवन चन्दको मुख्य भूमिका निर्वाह रहेको थियो । यस चलचित्रबाट नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ । हुलाक सेवा विभागले १० रुपियाँ दरका दुई वटा टिकट प्रकाशन गरेको छ । जसमा चलचित्र ‘आमा’ का नायक र नायिकाको तस्बिर अङ्कित छ । टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र आमाको हुलाक टिकट ल्याएर इतिहासलाई अमर बनाएको बताउनुभयो । चलचित्रसम्बन्धी नयाँ बन्ने कानुनले चलचित्र क्षेत्रको श्रीवृद्धिमा योगदान पुगोस् भन्ने उद्देश्य रहेको बताउँदै उहाँले भन्नुभयो, “आउने ऐनले...
लक्ष्मीदेवीलाई ‘दी मिसेस नेसनल ग्रान्ड’ को उपाधि

लक्ष्मीदेवीलाई ‘दी मिसेस नेसनल ग्रान्ड’ को उपाधि

नेपाल । विवाहित महिलाबिच भएको सौन्दर्य प्रतियोगितमा लक्ष्मी देवीले ‘दी मिसेस नेसनल ग्रान्ड’ को उपाधि हात पार्नुभएको छ । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मीले ‘मोस्ट फोटोजेनिक’ को अवार्ड पनि हात पार्नुभयो । रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको दी मिसेस प्रतियोगितामा जुनु कार्की ‘दी मिसेस नेसनल प्लाटिना’ र अनिता खड्का ‘दी मिसेस नेसनल क्लासिक’ बन्न सफल हुनुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री गौरी मल्ल रहनुभएको थियो । यसैगरी चलचित्र निर्देशक मनिष राउत, कलाकार दीपक कोइराला, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह निर्णायकका रूपमा हुनुहुन्थ्यो । क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक लभिन अन्सारीले विवाहित मह...
अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध मुद्दा दर्ता

अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध मुद्दा दर्ता

नेपाल । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोपमा अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । श्रेष्ठले सोमबार वारेसमार्फत अदालतमा दिएको रिट निवेदनमा फिल्ममा आफूले प्रयोग गर्ने मोबाइल नम्बर अवैधानिक रूपमा समावेश गरिएको उल्लेख गरेका छन् । यसबाट मानसिक तथा शारीरिक पीडा पुगेको भन्दै उनले कानुनी कारबाहीसहित उचित क्षतिपूर्तिको माग गरेका हुन । फिल्म ओटीटी प्लेटफर्म एमएसएम ओटीटीबाट पटकपटक आफ्नो नम्बर हटाउन अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताएका छन् । उनले चलचित्र जाँच समितिलाई पनि यसबारे जानकारी गराएको तर कुनै कदम नचालिएको भन्दै निराशा व्यक्त गरेका छन् । अदालतमा दायर रिटमा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति तथा एमएसएम ओटीटी प्लेटफर्म स...
चलचित्र समीक्षक समाजको अध्यक्षमा सामीप्यराज निर्वाचित

चलचित्र समीक्षक समाजको अध्यक्षमा सामीप्यराज निर्वाचित

नेपाल । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित हुनुभएको छ । काठमाडौँको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारण सभाले तिमिल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासंघसँग आबद्ध एसोसिएट संस्था ‘फिक्सन’ को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रिना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल रहनुभएको छ । साधारण सभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञश पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी थिए ।...
अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

नेपाल । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् । गुल्मी मदानेकी कुँवरले बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि जितेकी हुन् । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् । ताज पहिरिएपछि उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिइन् । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुसी लागेको भन्दै उनले यो सफलता व्यक्तिगत नभइ देशको गौरव भएको बताइन् । यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उनको भनाइ छ । उनीबाहेक नेपालका थप तीन जना प्रतियोगीले अन्य विभिन्न टाइटल उपाधिहरू जितेका छन् । प्रतियोगिताका मुख्य प्रायोजक एक्स्ट्रा टिच ओभल इन्टरनेशनल क्रिकेट...
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक

नेपाल । अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’ गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर (राजागञ्ज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेलद्वारा निर्देशित ‘भुठानः द वर्ल्ड हापिस्ट म्यान’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने छन् । जुन २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्र प्रदर्शन हुने छन् । चार दिनसम्म चल्ने महोत्सवका चलिचत्र मेरिल्यान्डका एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जन...
८८ वर्षीय चित्रकार हरिप्रसाद शर्माको विशेष चित्रकला प्रदर्शनी

८८ वर्षीय चित्रकार हरिप्रसाद शर्माको विशेष चित्रकला प्रदर्शनी

नेपाल । अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । ८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो । चित्रमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् । उहाँका चित्रहरू यथार्थवादी त लाग्छन् नै, त्यसमा ऐतिहासिकता पनि प्रस्टसँग समेटिएको भेटिन्छ । विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर कोरेको बताउनुभयो । ७० वर्षअघि देखेका, भोगेका प्रसङ्ग, दृश्य र घटनालाई उहाँले आफ्नो कलामा जीवन्त रूपमा उतार्नुभएको चित्रहरू नियाल्दा अनुभव गर्न सकिन्छ ।...