१२ श्रावण २०८३, मंगलवार

मनोरन्जन

‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन

‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन

नेपाल । सोमबार निजी क्षेत्रको लगानीमा निर्माण बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा दिउँसो साढे १ बजे निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन तथा अलजाइमरको समस्याबाट ग्रसित थिए । निमोनियाको संक्रमण देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको पशुपति आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ । सीपी लोहनीको वास्तविक नाम भने चिदम्बर प्रसाद हो । उनी अभिनेतासँगै गायक पनि हुन् । उनी स्वर्गीय गायक तथा संगीतकार नातिकाजीका समकालीन हुन् । उनको स्वरमा ‘आँखामा तिम्रो’, ‘काला कुर्तैले’, ‘उँभोमा झर्ने’, ‘एउटा तारा झर्दा’ जस्ता एक दर्जन हाराहारी गीत छन् । झ्याउरे गीतबारे विशेष दख्खल राख्ने उनको पछिल्लो एल्बम ‘पुनरागमन’ थियो । लोहनी काठमाडौंको डिल्लीबजारमा बस्दै आएक...
बैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान

बैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान

नेपाल । चर्चित गायिका एलिना चौहानले बुधबार बैवाहिक बन्धनमा बाँधिएकी छिन् । बागलुङ घर भई अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग उनी बैवाहिक बन्धनमा बाँधिएकी हुन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित बैवाहिक समारोहमा उनले प्रेमी सापकोटालाई वरमाला पहिराइन् । बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए । लिनाको धोकेवाज, मिनरल वाटर, छुनुमुनु, मेरो परान, दुई पाइला, भाग्यमा खोट छ, पानी पानी, पानी पँधेरोजस्ता थुप्रै गीत हिटको सूचीमा पर्छन् ।...
बोस्टन नेपाली कम्युनिटीद्वारा ‘बैशाखी साँझ’ भव्यताका साथ सम्पन्न

बोस्टन नेपाली कम्युनिटीद्वारा ‘बैशाखी साँझ’ भव्यताका साथ सम्पन्न

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीद्वारा आयोजित ‘बैशाखी साँझ–२०८१’ भव्यताका साथ सम्पन्न भएको छ । विशेष सांगीतिक कार्यक्रमसहितको उक्त बैशाखी साँझ गत अप्रिल १३ तारिख शनिवार साँझ सम्पन्न भएको हो । नेपाली पात्रोअनुसार नयाँ वर्ष बिक्रम संवत् २०८१ शुभारम्भ भएको अवसर पारेर नेपालीपन र पहिचानलाई जोगाइ राख्न सक्दो योगदान पुर्याउने, आपसमा संगठित हुने, समुदायको सदस्यहरुकाबिच भाइचाराको आत्मीय सम्बन्धलाई कसिलो बनाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै सांगीतिक माहोलमा रमाउने मुख्य उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । साँझ ७ बजेबाट सुरु भएको कार्यक्रममा सहभागी भएका न्यू इङ्ल्याण्डवासी प्रवासी नेपालीहरुले नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाए । कार्यक्रमलाई दुइ चरणमा बाँडेर सञ्चालन गरिएको थियो । कार्यक्रम ता...
कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो । शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ नयांबर्षको शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुर...
बागमती नगरपालिकाका मेयर थापालाई भ्रष्टाचारको मुद्दा, अब ‘मेयर’ चलचित्र के होला ?

बागमती नगरपालिकाका मेयर थापालाई भ्रष्टाचारको मुद्दा, अब ‘मेयर’ चलचित्र के होला ?

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बसधबार विशेष अदालतमा नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएका थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् । सार्बजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । यता, उनी मेयर थापाको जीवनीमाथि दीपेन्द्र के खनालले निर्देशन गरेको बायोपिक चलचित्र ‘मेयर’ को चलचित्रको छायाँकन अहिले सर्लाहीमै भइरहेको छ । थापालाई भ्रष्टाचारको अभियोग लागे पछि चलचित्...
गायक निशान भट्टराईको पनि सम्बन्ध विच्छेद !

गायक निशान भट्टराईको पनि सम्बन्ध विच्छेद !

नेपाल । वर्तमान समयका चल्तिका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ । गत चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । अदालतमा ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । २०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन्, ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् । गायक–कलाकारहरुको सम्बन्ध बिच्छेदका घटना एकपछि अर्को सार्वजनिक भइरहेको छ । केही दिन अघिमात्रै अर्का चर्चित गायक राजेशपायल राईले आफ्नी श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेको घटना सार्वजनिक भएको थियो । ...
गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता

नेपाल । नेपाल आइडल सिजन–२ का विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी छिन् । उनले गत मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत गायक ओडकी पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ओडलाई अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो । नेपालमा पक्राउ पूर्जी जारी भएका गायक ओड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् । नयाँवर्षमा अवसरमा अमेरिकाको कोलोराडोसहित विभिन्न देशमा उनका कार्यक्रमहरु पूर्वनिर्धारित छन् ।...
विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले गरे सम्बन्ध बिच्छेद

विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले गरे सम्बन्ध बिच्छेद

नेपाल । आफ्ना विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले सम्बन्ध बिच्छेद गरेको खबर सार्वजनिक भएको छ । गायक राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका थिए । सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले नै हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको ...
विदेशी भूमिमा संघर्ष गरेकाहरुसँगको ‘संसार घुमेर’ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

विदेशी भूमिमा संघर्ष गरेकाहरुसँगको ‘संसार घुमेर’ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

नेपाल । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन्, र अन्तरंग कुरा गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ । जसका लागि हमाल सहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो । मुभ मिडिया प्रालि र अल थ्री मिडिया घर प्रालिले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् । कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको व...
मदिरा पिएर होहल्ला गर्दा गायक राजेशपायल राई पक्राउ

मदिरा पिएर होहल्ला गर्दा गायक राजेशपायल राई पक्राउ

नेपाल । मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि गायक राजेशपायल राई पक्राउ परेका छन् । बुधबार राति काठमाडौंको देविनगरबाट गायक राईसहित ६ जना पक्राउ परेका हुन् । काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।