चलचित्र पत्रकारिता दिवसका अवसरमा सञ्चारकर्मीहरु सम्मानित
नेपाल (हेटौंडा) । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको आयोजनामा चलचित्र पत्रकारिता दिवसका अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गरिएको छ । चलचित्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा चलचित्र पत्रकारसंघका केन्द्रीय अध्यक्ष समिर बलामी, चलचित्र संघ नेपालका केन्द्रीय अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, चलचित्र पत्रकार संघका पूर्ब अध्यक्ष शान्तिप्रिय, बानका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, चलचित्र पत्रकारसंघका महिला विभाग प्रमुख दिपज्योती थापा, चलचित्र पत्रकारसंघ मकवानपुरका पूर्व अध्य...








