८ कार्तिक २०८२, शनिबार

मनोरन्जन

बेलायतको संगीत महोत्सवमा ३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै

बेलायतको संगीत महोत्सवमा ३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै

अमेरिका । संसारकै सबैभन्दा मूल्यवान भायलिनमध्ये एक, तीन शताब्दीअघि बनेको र एक समय सङ्गीतकार निकोलो पागानिनीको स्वामित्वमा रहेको, बेलायतको शीर्ष शास्त्रीय सङ्गीत महोत्सवमा बजाइने भएको छ । क्यारोडस नामको यो भायलिन जिउसेप गुर्नेरी डेल गेसुले बनाएका लगभग एक सय ५० मध्ये एक हो, जुन शताब्दीयौँसम्म सुरक्षित रह्यो । हाल, एक परोपकारी समूहले यसलाई दुई करोड डलरमा अधिग्रहण गरेको छ । यो भायलिन सन् १७४३ मा उत्तरी इटालीको क्रेमोनियामा बनाइएको हो । दक्षिण कोरियाली भायलिनवादक इन्मो याङले पहिलो पटक यसलाई बिबिसी प्रोम्सको भागको रूपमा बजाउनु हुने छ । एक समय इटालियन सङ्गीतज्ञ पागानिनीको स्वामित्वमा रहेको यो भायलिन अगस्ट २८ मा लन्डनको रोयल अल्बर्ट हलमा प्रदर्शन हुने छ । प्रोम्समा डेब्यू गर्दै याङले एएफपीसँग भन्नुभयो, “यो उपकरण पाएकोमा म कति भाग्यमानी छु भन्ने विश्वास गर्न सक्दिनँ। यो सजिलैसँग अहिलेसम्म बने...
दुबईमा प्रतियोगिता जित्ने नृत्यकर्मी सम्मानित

दुबईमा प्रतियोगिता जित्ने नृत्यकर्मी सम्मानित

नेपाल । संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता विश्व सुप्रिमेसी ब्याटल ग्राउन्ड–२०२५ मा तेस्रो स्थान हासिल गर्न सफल बुटवलका नृत्यकर्मीलाई सम्मान गरिएको छ । बुटवलको नाश्री डान्स एकेडेमीले ‘दी ब्रेभ गोर्खाज’ टिमका नृत्यकर्मीलाई सम्मान गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ऋतिक गिरी, युवानी भट्टराई, विश्व विश्वकर्मा, रवि तामाङ, आरोही काउछा, आरजु भण्डारी, सीमा आचार्य र वर्षा चौधरीलाई सम्मान गर्नुभएको हो । नगरप्रमुख पाण्डेयले निजी संस्थामार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भई पुरस्कार जितेर बुटवललाई चिनाउने कार्य गरेकोमा विजयी कलाकारलाई बधाई दिनुभयो । सो कार्यक्रममा विश्व सुप्रिमेसी ब्याटल ग्राउन्ड–२०२५, नेपालका निर्देशक रोशन गहतराज, नाश्री डान्स एकेडेमीका प्रशिक्षक कोरियोग्राफर मनिष नेपाली, प्रशिक्षक पूजा दर्नाल, नाश्री डान्स एकेडेमीक...
विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)

नेपाल । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ । भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो । https://www.youtube.com/watch?v=jINNUJzvTaM...
१२ वर्ष पछि बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा नेपथ्यको भव्य प्रस्तुति

१२ वर्ष पछि बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा नेपथ्यको भव्य प्रस्तुति

अमेरिका । नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ । बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ । विश्वकै व्यस्त सहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाए र त्यसमा उनीहरू सुरुदेखि अन्त्य सम्मै रमाए । सदाझैँ घडी देखाएर तोकिएको समयमै सुरु भएको कन्सर्टमा ब्यान्डले पहिलो सौगात ‘कोशीको पानी’ प्रस्तुत गरेको थियो । चौथो क्रम मा थियो ‘आँगनैभरि’ । अन्तिम प्रस्तुति ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गरेपछि ब्यान्ड मञ्चबाट बिदा हुने परम्पराजस्तै छ । तर शनिबार वेम्बलीमा दर्शकको अनुरोधलाई सम्मान गर्दै ब्यान्डले थप प्रस्तुतिका रूपमा ‘हिमाल चुचुरे’ सुनायो । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्...
इन्दिरा घिमिरेले जितिन् मिसेस ग्लोबल नेपालको ताज

इन्दिरा घिमिरेले जितिन् मिसेस ग्लोबल नेपालको ताज

नेपाल । यो वर्षको मिसेस ग्लोबल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल हुनुभएको छ । गत बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटीक उत्तर दिँदै ताज पहिरिन सफल हुनुभएको हो । ताजसँगै उहाँले एनएफइए लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गर्नुभएको छ । कार्यक्रमको फर्स्ट रनर अप सन्ध्या नेपाल तथा सेकेण्ड रनर अप सृजना घिमिरे शिवाकोटी हुन सफल हुनुभएको छ । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम मिसेस ग्लोबल शृङ्खलाअन्तर्गत आठौं संस्करण हो । करिब एक दर्जन बढी प्रतियोगीहरुले प्रस्तुति दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरुले परिचय, बेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए । महिलाहरुको सौन्दर्य प्रतियोगितामा अग्रणी रहेकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरु...
अमेरिकाको बोस्टन निवासी सोनालीले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

अमेरिकाको बोस्टन निवासी सोनालीले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

नेपाल । ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् । पिता पुर्खाको थाकथलो नेपालको ओखलढुङ्गा जिल्ला, रामबजार–५ रही अमेरिकामै जन्मिएर हाल अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा परिवारसंगै बस्दैआइरहेकी सोनाली राजभण्डारी टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ चौथो सिजनको विजेता बन्न सफल भएकी छिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन् । उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श ...
किर्गिस्तानमा ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ को प्रस्तुति

किर्गिस्तानमा ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ को प्रस्तुति

नेपाल । किर्गिस्तानको चोल्पोन अटे सहरमा आयोजना भएको विश्व परम्परागत संस्कृति तथा सङ्गीत मेलामा नेपालको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ ले प्रस्तुति दिएको छ । सो समूहमा रहेका कलाकारले मेलामा मादल, बाँसुरी, सारङ्गीलगायत नेपाली मौलिक वाद्ययन्त्रद्वारा दर्शकको मन जितेका थिए । ‘कल्चरल ग्रुप’ को नेतृत्व संस्थाका प्रमुख डा. आरसी कोइराला ‘रामचन्द्र’ ले गर्नुभएको थियो । सो टोलीमा वरिष्ठ वाद्यवाधक धनेश्वर तिवारी, बाँसुरीवाधक राम भुजेल, सारङ्गीवाधक खुमबहादुर केसी तथा गायिका एवं मादलवादक रिताकुमारी बुढाथोकीको पनि सहभागिता रहेको थियो । किर्गिस्तानको मन्त्रीपरिषद् र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा अगस्त १ देखि ३ तारिखसम्म चोल्पोन–अटेमा भएको उक्त कार्यक्रममा ५० भन्दा बढी मुलुकका कलाकारको सहभागिता रहेको थियो । मेलामा सहभागी देशले आफ्ना मौलिक वाद्ययन्त्र, गीत, नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए । ...
डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

नेपाल । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ताराहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् । यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर हो । अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ । निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः शहरको निम्न मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ । फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा अन्य कलाकारहरुका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ । गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्...
कोमल वलीको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक (भिडियो)

कोमल वलीको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक (भिडियो)

नेपाल । चर्चित गायिका कोमल वलीको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक भएको छ । यादवप्रसाद पन्त र बसन्त योगीको शब्द रहेको गीतमा कोमल वलीको स्वर रहेको छ । गीतमा संगीत भने पुष्कर सुनुवारले भरेका छन् । गीतको भिडियो नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विमोचन गरेका हुन् । गीतको भिडियोमा इच्छा अधिकारीसँगै कोमल वलीले आफैँले अभिनय गरेकी छिन् । गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगर गरेका हुन् । गीतको भिडियो भने दिनेश पराजुलीले खिचेका छन् । गायिका वलीको बिहे गर्ने आशा अझै नमरेको र त्यसका लागि भगवान् शिवलाई पुकार गरेको आशय शब्दमा हेर्न र सुन्न पाइन्छ । https://www.youtube.com/watch?v=4xL2blEfbNU&t=4s...
कमेडी दरबार टिमले ‘क का कि की’ चलचित्र निर्माण गर्ने

कमेडी दरबार टिमले ‘क का कि की’ चलचित्र निर्माण गर्ने

नेपाल । टेलिभिजन हास्य सो ‘कमेडी दरबार’ टिमले चलचित्र निर्माण गर्ने भएको छ । निर्माण टिमले ‘क का कि की’ को ‘थिम पोस्टर’ सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो । पोस्टरमा कलाकार गौरी मल्ल, तृप्ति नाटकर, रेखा थापा र महेश त्रिपाठी देखिनुभएको छ । कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, सिडी विजय अधिकारीलगायतको पनि विशेष भूमिका रहने छ । चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईले संयुक्त रूपमा गर्नुहुने छ । माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्धा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको र पटकथा विक्की अग्रवालले लेख्नुभएको हो । यसै गरी कथा विक्की, विकास अर्याल र सरोज भण्डारीको रहेको छ ।...