८ कार्तिक २०८२, शनिबार

मनोरन्जन

कोलोराडोस्थित नेपाली भाषा पाठशालाको सहयोगार्थ नोभेम्बर ११ मा च्यारिटी शो हुँदै

कोलोराडोस्थित नेपाली भाषा पाठशालाको सहयोगार्थ नोभेम्बर ११ मा च्यारिटी शो हुँदै

कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो हुने भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम यही नोभेम्बर १० तारिकका दिन डेनभर साउथ हाई स्कूलमा साँझ ५ बजेबाट शुरु हुनेछ । उक्त कार्यक्रममा चर्चित गायक÷संगीतकार न्हयू बज्राचार्य, कालिप्रसाद बास्कोटा र चर्चित गायिका इन्द्रिरा जोशीले आ–आफ्नो प्रस्तुति दिने छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा, एनआरएनए कोलोराडो, सिस्टर्स ग्रुप अफ कोलोराडो, र टुकी इभेन्टसको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममार्फत नेपाली भाषा पाठशाला सञ्चालनको लागि १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिनुभयो । नेपाल भाषा पाठशाला हाल २ स्थानमा सञ्चालन गरिएको र आगामी वर्ष थप १ स्थानमा बिस्तार गरिने अध्यक्ष सिटौलाले बताउनु...