अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र
अमेरिकाको न्यूयोर्कमा आयोजना सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ तयारी तीब्र रुपमा भइरहेको छ । यसैक्रममा सो कार्यक्रमबारे जानकारी दिन शनिबार नेपालको राजधानी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा बागमती प्रदेशका नव–नियुक्त मन्त्री मधुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो ।
कार्यक्रमको सबै व्यवस्थापन त्रिवेणी इन्टरटेनमेन्ट तथा दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट नवराज केसीले गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राबिधिक संघका अध्यक्ष पुस्कार लामा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, निर्देशन दिनेश डिसी, उज्ज्वल घिमिरे, वरिष्ठ कलाकार निर शाह, केदार घिमिरे (माग्ने बुढा)...









