नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा ‘रमझम साँझ’ सम्पन्न
अमेरिका । नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा वार्षिक सांस्कृतिक कार्यक्रम ‘रमझम साँझ–२०२४’ सम्पन्न भएको छ । गुल्सन टेरेश हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन संगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका थिए । । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सपना श्रीले गरेकी थिइन् ।
स्वागत मन्तव्यका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले दिए । संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन् । आयोजक संस्थाकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन् ।
कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सको कार्यालयबाट गायक राजेश पायल राई र अध्यक्ष बसन्ती राईलाई विशेष सम्मान प्रदान गरियो ।
प्रेम सेन्चुरीको ‘हे जननी अब ...









