२१ भाद्र २०८२, शनिबार

मनोरन्जन

उपचार नपाएर नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको निधन

उपचार नपाएर नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको निधन

नेपाल । आर्थिक समस्याका कारण उपचार नपाएर नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए । दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराई रहेका थिए । पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाडेका थिए । दिवङ्गत भएका कामतको श्रीमती, तीन छोरा र एक छोरी छन् ।...
मिस माल्टाको काठमाडौंमा ढाका टोपी र पञ्चेबाजाले भव्य स्वागत स्वागत

मिस माल्टाको काठमाडौंमा ढाका टोपी र पञ्चेबाजाले भव्य स्वागत स्वागत

नेपाल । मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आएकी छिन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको हो । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट,...
कोलोराडोमा हुने नेपथ्य ब्याण्डको भव्य सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

कोलोराडोमा हुने नेपथ्य ब्याण्डको भव्य सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

कोलोराडो । अमेरिकाको कोलोराडोमा आयोजना गरिएको चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको भव्य सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कोशेली कोलोराडो र लाली गुराँश एशोसियशनको आयोजनमा यही अगस्ट ३ तारिख शनिबार कोलोराडोको शुन्दर शहर बोल्डरमा गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्याण्डको साँगीतिक कार्यक्रम हुने भएको हो । Boulder Theatter 2032 14 TH ST Boulder Co 80302 मा साँझ ६ बजेबाट मुख्य ढोका खुल्ला हुने साथै ७ बजेबाट बिशेष साँगीतिक कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा प्रवेशको लागि प्रति ब्यक्ति १०० डलर र भीआईपीको लागी २०० डलर तोकिएको छ । साथै टिकट अनलाईन र बक्स अफिसबाट पनि प्राप्त गर्न सकिने कोशेली कोलोराडोका शंकर गुरुङले जानकारी दिनु भयो । कोशेली कोलोराडोका मार्केटिङ म्यानेजर राजन गुरुङले सो साँगीतिक साँझमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन कोलोलोराडोवासी र नेपाली भाषी सबैलाई हार्द...
चलचित्र विकास बोर्डको अध्यक्षबाट बिदा भए अभिनेता भुवन केसी

चलचित्र विकास बोर्डको अध्यक्षबाट बिदा भए अभिनेता भुवन केसी

नेपाल । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अध्यक्ष पदबाट विदा भएका छन् । साउन ९ गते बुधबार नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो । उक्त अवसरमा भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै योगदान नगरेको उनको गुनासो थियो । मन्त्रिपरिषद्को बैठकको निर्णयसँगै २०७९ साल साउन ९ गते विकास बोर्डको अध्यक्ष पदमा केसी नियुक्त भएका थिए ।...
‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट

‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट

नेपाल । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । मदन पुरस्कारलाई नेपालमा प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ । गुठीले मंगलबार ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो । गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।...
हास्य कलाकार हरिबंश आचार्य अस्पताल भर्ना

हास्य कलाकार हरिबंश आचार्य अस्पताल भर्ना

नेपाल । हास्य कलाकार हरिबंश आचार्य बिरामी परेका छन् । विराटनगर गएका बेला बिरामी भएपछि आइतबारअस्पताल भर्ना भएका हुन् । आचार्य हिम गिरि सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर गएका थिए । बिरामी भएपछि आचार्यलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएका आचार्यको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल गएका थिए । आचार्यको नाकबाट रगत बगेपछि अस्पताल भर्ना गरिएको थियो ।...
कोलोराडोमा हुने नेपाली जात्रामा हिरण्य भोजपुरे दम्पत्तीलाई अभिनन्दन गरिंदै

कोलोराडोमा हुने नेपाली जात्रामा हिरण्य भोजपुरे दम्पत्तीलाई अभिनन्दन गरिंदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजना हुने नेपाली जात्रामा कलाकार तथा समाजसेवीद्धय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीले अभिनन्दन गर्ने भएको छ । हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन । दुबैले बिगत ६ दशकदेखि नेपाली गीत संगीत र साहित्यको सेवामा अनवरत लागिरहेका छन । यी दुबै नाता सम्बन्धले श्रीमान श्रीमती पनि हुन । यिनीहरूले सन् १९६७ देखी लेकाली परिवार ब्याण्डमा अबाद्ध भइ एकल वा संयुक्त रुपमा धेरै गीत संगीतमा स्वर भरेका छन । नेपाली समाज र नेपाल राष्ट्रको सेवामा उनिहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा लङमन्ट सिटीमार्फत उनीहरुलाई अभिनन्दन गर्न लागिएको हो । हिरण्य भोजपुरे नेपाली गीत,संगीत र साहित्यका प्रतिष्ठित व्यक्तित्व हुन...
साहित्य र कलाको क्षेत्रमा योगदान दिनेहरुलाई छिन्नलता पुरस्कार प्रदान

साहित्य र कलाको क्षेत्रमा योगदान दिनेहरुलाई छिन्नलता पुरस्कार प्रदान

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे । यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशि जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजारको छ।...
हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ

नेपाल । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छिन् । गत आइतबार गजुरेलको घरमा केही केटाहरु लिएर गुण्डागर्दी शैलीमा गएकी उनलाई भक्तपुर प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो। । केटाहरु लिएर मनोजको घरमा ताला लगाउने प्रयास गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । ढकाल बिहानै मनोजको बालकोटस्थित घरमा पुगेकी थिइन् । त्यतिबेला गजुरेल भने घरमा थिएनन् । त्यहाँ ढकालको गजुरेलका परिवारसँग विवाद पनि भएको थियो । प्रहरीले ढकाललाई साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ। मीनाले गजुरेलसँग सम्बन्धविच्छेद गरिसकेपछि पनि उनको परिवारविरुद्ध नकारात्मक कुराहरु बोलिरहने र मानसिक तनाव दिने गर्दै आएकी छिन् ।...
‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि खड्कालाई

‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि खड्कालाई

नेपाल । ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित, एक विद्युतीय गाडीसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बनिन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।फाइनलमा पुगेका तीनै जनाको १५–१५ लाख रुपैयाँको जीवन बीमा भएको छ । निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।...