गाउँदेखि सहरसम्म घन्किन थाले देउडा गीतका भाका
नेपाल । कुनै समय रातमा गाउँमा लुकेर गाइने देउडा गीतका भाका बदलिँदो समयसँगै गाउँदेखि सहरसम्म घन्किन थालेका छन् । अहिले प्रायः कार्यक्रममा देउडा गीत गाइन थालेपछि सर्वसाधारणको रुचि पनि यसतर्फ बढेको छ ।
कुनै समय देउडा गाउने गायक नगन्य मात्रामा रहेका थिए भने गीत गाउन मानिसले लाज मान्थे । कुनै समय राति मात्र गाइने देउडा अब दिउँसै गाइनुले पनि यसतर्फ सर्वसाधारणको रुचि बढेको भान हुन्छ । हाल गाउँदेखि सहरसम्म विभिन्न भाकामा देउडा कलाकारहरू गाउने चलन बढ्दै गएको संस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो ।
केही दिनअघि समाजले खुला राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्दा अठार जिल्लाका ३६ समूहको सहभागिता रहेको थियो । उहाँले उक्त प्रतियोगिता सञ्चालन अवधिभर सुर्खेत देउडामय भएको बताउनुभयो ।
गत फागुन १२ मा काठमाडौँमा पनि हुम्लाको युवा क्लबले देउडा प्रतियोगिता आयोजना गर्दा टुँडिखेल देउडामय...









