१३ कार्तिक २०८२, बिहीबार

मनोरन्जन

गायक सुजन चापागाई तथा ब्यान्डको युएस टुर कार्यक्रमको लागि गायिकाको खोजी

गायक सुजन चापागाई तथा ब्यान्डको युएस टुर कार्यक्रमको लागि गायिकाको खोजी

अमेरिका । अमेरिकाको विभिन्न राज्यहरुमा आयोजना हुने गायक सुजन चापागाई तथा ब्यान्डको कार्यक्रमको लागि महिला गायिकाको खोजी गरिएको छ । सुजन चापागाई तथा ब्यान्ड युएस टुर २०२५ को लागि महिला कलाकारको खोजी गरिएको हो । अमेरिका बस्दै आएका महिला गायिकाले आवेदन दिन सक्ने छन् । शो टुर सिन्को इन्टरटेन्टमेन्टको प्रस्तुति तथा आयोजक कोसेली कोलोराडो तथा नाम्लोको संयुक्त आयोजनामा कार्यक्रम हुने लागेको हो । अमेरिकाको १०–१२ प्रमुख शहरहरूमा प्रस्तुती हुने छन् । भ्रमण फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म हुनेछ । आवेदन भर्न यहाँ थिच्नु होस् : https://docs.google.com/forms/d/e/1FAIpQLSc19CMHbTukXi7vrQakAwQjoGp9Sr5POvwrU0E7PDe9g3yxbw/viewform...
लण्डनमा गुञ्जियो कन्दरा ब्याण्ड, अमेरिकामा पनि प्रस्तुति दिने

लण्डनमा गुञ्जियो कन्दरा ब्याण्ड, अमेरिकामा पनि प्रस्तुति दिने

अमेरिका । शनिबार पोखरेली ब्याण्ड कन्दराले लण्डनमा पहिलो कन्सर्ट गरेको छ । विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ। नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकको बेजोड लाइभ सङ्गीतमा करिब दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे । कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य छन् । कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला ...
नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा ‘रमझम साँझ’ सम्पन्न

नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा ‘रमझम साँझ’ सम्पन्न

अमेरिका । नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा वार्षिक सांस्कृतिक कार्यक्रम ‘रमझम साँझ–२०२४’ सम्पन्न भएको छ । गुल्सन टेरेश हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन संगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका थिए । । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सपना श्रीले गरेकी थिइन् । स्वागत मन्तव्यका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले दिए । संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन् । आयोजक संस्थाकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन् । कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सको कार्यालयबाट गायक राजेश पायल राई र अध्यक्ष बसन्ती राईलाई विशेष सम्मान प्रदान गरियो । प्रेम सेन्चुरीको ‘हे जननी अब ...
चर्चित बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन

नेपाल । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०ः४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।...
सांगीतिक ब्याण्ड नेपथ्यलाई पुस्तकमा पढ्न सकिने

सांगीतिक ब्याण्ड नेपथ्यलाई पुस्तकमा पढ्न सकिने

नेपाल । संसारभर नेपथ्य सङ्गीतकर्ममा स्थापित नाम बनिसकेको छ । स्थापना भएको साढे तीन दशकपछि यो ब्यान्ड सुनिने मात्र होइन, पढिने सामग्रीका रूपमा पनि पाठकमाझ उपस्थित हुँदैछ । नेपाली श्रोताले अत्यधिक मन पराएको साङ्गीतिक समूह नेपथ्यको जीवनीमा आधारित २०२५ को प्रारम्भकै दिन खुला हुँदै छ । “हामीले आजसम्म अनेक जिज्ञासाको जवाफ दिँदै आएका छौँ,” ब्यान्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ भन्नुहुन्छ, “तर आजसम्म नसोधिएका थुप्रै प्रश्नको उत्तर यो पुस्तकले प्रस्तुत गर्ने छ ।” पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका सङ्घर्षको अनुभव पढ्न सकिन्छ । सङ्गीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नको जानकारी पनि यसले समेटेको छ । पुस्तकमा ब्यान्डका उज्याला पक्षहरू मात्र नभई जानी नजानी भए गरेका अँध्यारा पाटाहरू र सिकाइ पनि इमादारीसाथ प्रस्त...
तमु ल्होसारको अवसरमा कलाकार बुद्धी तामाङद्वारा ‘कुस्ती’ को घोषणा

तमु ल्होसारको अवसरमा कलाकार बुद्धी तामाङद्वारा ‘कुस्ती’ को घोषणा

नेपाल । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ । यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए । ...
‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ हुने

‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ हुने

अमेरिका । अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिए । अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ । यस अगाडि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न गरिसकेको छ। अध्यक्ष अधिकारीले ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी र प्रताप दास, गायिका कला लम्साल र एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेल तथा ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने जानक...
४१ बर्षीय बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको ताज

४१ बर्षीय बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको ताज

नेपाल । चितवन सौराहाकी बिजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गर्ने तिवारीले बताए । गरिने ब...
क्रिसमसको अवसरमा नेपालमा गायक सोनु निगम दिए सांगीतिक प्रस्तुती

क्रिसमसको अवसरमा नेपालमा गायक सोनु निगम दिए सांगीतिक प्रस्तुती

काठमाडौं । भारतका चर्चित गायक सोनु निगमले बुधबार नेपालमा सांगीतिक प्रस्तुती दिएका छन् । क्रिसमसको अवसरमा बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा उनले सांगीतिक प्रस्तुती दिएका हुन् । । प्रशस्तै हिट नेपाली गीतसमेत गाइसकेका निगमलाई स्वागत गर्न आयोजक नेपाल टचका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनलाई स्वागत गर्न चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री पनि विमानस्थल पुगेका थिए । उनलाई विमानस्थलमा सन्दीप र आयोजक टीमले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका थिए । हायात रिजेन्सीको मैदानमा ३ घण्टा चलेको कन्सर्टमा झण्डै १० हजार दर्शक आफ्ना गीतमार्फत मनोरञ्जन दिए । कन्सर्टपछि निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।...
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार घोषणा

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार घोषणा

नेपाल । नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ । वरिष्ठ गायिका मीरा राणाको संयोजकत्वमा गठित सम्मान तथा पुरस्कार सिफारिस समितिको सिफारिस अनुसार सम्मानित तथा पुरस्कृतको नाम सार्वजनिक गरिएको हो । नातिकाजी स्मृति समाजद्वारा बुधबार राजधानीमा आयोजित सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीमा सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार नगेन्द्र थापा, बोमबहादुर कार्की, धन लामा, प्रकाश सायमि, ज्ञानुराधा गोर्खाली, बुद्धवीर लामा, दिवाकर खड्‌का र किरण केसी ‘क्रोधी’ लाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८० प्रदान गरिने भएको छ । त्यस्तै हिमाल सागर, विन्दु परियार, वी पाण्डे, आशिष अविरल (खिमबहादुर गौतम) र सम्राट थापालाई नातिकाजी राष्ट्रिय सङ्गीत...