बाँच्न सिकाउने फिल्म ताराहरु, प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?
नेपाल । आशान्त शर्मा निर्देशित फिल्म ताराहरुको बुधबार राजधानीमा प्रिमियर शो गरिएको छ । कलाकार, लेखक, समाजसेवीलगायतको सहभागिता रहेको शोमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।
फिल्मको सकिएलगत्तै कलाकार कर्मा शाक्यले फिल्म सकिएलगत्तै भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरे । उनले निर्देशक शर्माले फिल्मलाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै फिल्मको कथाले आफूलाई एकदमै छोएको बताए ।
यस्तै लुनिभा तुलाधरले सामान्य मान्छेको कथालाई सशक्त रुपमा पर्दामा उतारिएको बताइन् । उनले भनिन्, ‘सबैभन्दा मन परेको मेन्टल हेल्थको कुरा गर्छ । त्यसको आवश्यक छ । काठमाडौँजस्तो शहरमा सबै कुरा छिटो भैरहेको छ । इन्टरनेट र मिडियाबाट मानिसहरु यसरी प्रभावित भैरहेका छन् कि त्यसले उनीहरुको मेन्टल हेल्थमा समस्या पारिरहेको छ । सामाजिक सञ्जालमा हेरेर रातारात आफूसँग नभएको इच्छा आकांक्षा राख्छन्, त्यस्तो अवस्थामा यो एकदमै ...









