१९ आश्विन २०८३, सोमबार

मनोरन्जन

बेलायतस्थित गैरआवासीय नेपाली प्रायश्नाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि

बेलायतस्थित गैरआवासीय नेपाली प्रायश्नाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि

नेपाल । ‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि प्रायश्ना गुरूङले जितेकी छन् । आइतबार बेलुका भएको काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा प्रयासनाले ताज पहिरिएकी हुन्। गुरुङ बेलायतस्थित गैरआवासीय नेपाली हुन् र उनले महिला सशक्तीकरणका कार्यक्रम चलाइरहेकी छिन् । जहाँ मिस युनिभर्सहित ‘मिस अर्थ नेपाल २०२६’ को विजेता समेत घोषणा गरिएको छ। विनिता ओली ‘मिस अर्थ २०२६’ घोषित भइन्। फिनालेमा पूर्वमिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायक थिइन्। यसअघि ‘मिस अर्थ’को आयोजना मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले गर्दै आएको थियो। तर, केही वर्ष पहिले संस्थाले आयोजना छाडेको थियो। अहिले मिस युनिभर्स नेपालको इजाजत लिएको संस्थाले नै मिस अर्थको आयोजना गरेको हो ।...
सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’

सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’

नेपाल । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो । मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी। केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई सो पुरस्कार सहित सम्मान गरिएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा सङ्गीतकार तथा गीतकार बास्कोटालाई स...
भारतमा ‘द एभरेस्ट ड्रीम’ले जित्यो स्पेशल जुरी अवार्ड

भारतमा ‘द एभरेस्ट ड्रीम’ले जित्यो स्पेशल जुरी अवार्ड

नेपाल । नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२ औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ। निर्देशक तथा संचारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको ‘द एभरेस्ट ड्रीम’ ले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबिच प्रतिस्पर्धा गर्दै यो अवार्ड हात पारेको हो । शिम्लामा आयोजित अवार्ड समारोहमा हिमाञ्चल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले पाण्डेलाई अवार्ड हस्तान्तरण गर्नुभयो । सेप्टेम्बर २५ देखि २७ सम्म शिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा आयोजना भएको महोत्सवमा ३३ देशका फिल्म प्रदर्शन गरिएका थिए । मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा अनेक चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्राको कथा ‘द एभरेस्ट ड्रीम’ मा प्रस्तुत गरिएको छ। स्कटल्य...
वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान

वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान

नेपाल । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका उहाँलाई नगद रु एक लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको हो । गीतकार शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकुँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायतका गीत चर्चित छन् । यसैगरी, यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद रु १५ हजारसहित प्रदान गरिएको छ । विदेशम...
नेपाली चलचित्र ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि प्रदर्शनमा

नेपाली चलचित्र ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि प्रदर्शनमा

नेपाल । सूर्य बोहोराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक गरी मिति घोषणा गरिएको छ । अभिनेता मुकुन भुसाल र अभिनेतृ सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र हास्यप्रधान तथा पारिवारिक कथामा आधारित रहेको छ । धनलक्ष्मी सिने मेक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुनुहुन्छ । चलचित्रमा नारायण त्रिपाठी, विल्सनविक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई, उमेश राई (फुलन्देको आमा) तथा खड्कबहादुर पुनमगर (खबपु) लगायतका कलाकारको अभिनय छ । निर्माण पक्षका अनुसार चलचित्र असोज १६ गते अर्थात् अक्टोबर २ मा देशभर प्रदर्शनमा आउने छ । ...
नेपाली चलचित्र ‘बुकी फूल’को सिक्लेसमा शुभमुहूर्त

नेपाली चलचित्र ‘बुकी फूल’को सिक्लेसमा शुभमुहूर्त

नेपाल । गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमुहूर्त गरिएको छ । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री सरस्वती गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ श्यामलगायतका कलाकारको अभिनय रहनेछ । शुभमुर्हत कार्यक्रममा बोल्दै चल...
अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अमेरिका । अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ को मिति परिवर्तन भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड LLC (USA) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाको संयुक्त आयोजनामा डिसेम्बर १७ मा अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम अब १० अप्रिल २०२७, शनिबार आयोजना हुनेछ । गत भदौ १० गते नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय भएको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित...
ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन दी फग’ छनोट

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन दी फग’ छनोट

नेपाल । ९९ औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ छनोट भएको छ । दी एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ लाई नेपालबाट सिफारिस गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ओस्कारमा छनोट भएपछि चलचित्र तिनीहरूः एलिफेन्ट्स इन दी फगलाई बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयो, “अविनाशविक्रम शाह निर्देशित चलचित्र अस्कर अवाडर्सका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरै धेरै शुभकामना । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत रहेको पनि उल्लेख गर्नुभएको छ । ओस्कार अवार्डमा प्रतिस्पर्धाका ला...
डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजलाई मिस वर्ल्डको उपाधि

डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजलाई मिस वर्ल्डको उपाधि

नेपाल । डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजले मिस वर्ल्डको उपाधि जित्नुभएको छ । २४ वर्षीय डोमिनगेज शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित आयोजित ७३ औँ मिस वर्ल्डको ग्रान्ड फिनालेमा मिस वर्ल्ड बन्नुभएको हो । उहाँलाई गत वर्षकी विजेता ओपल सुचाताले विश्व सुन्दरीको ताज पहिराउनुभयो । विश्वभरका १११ प्रतिस्पर्धीलाई पछि पार्दै डोमिनगेजले उपाधि हात पार्नुभएको हो । डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि मिस वर्ल्डको ताज जितेको छ । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलो पटक यो उपाधि जित्नुभएको थियो । स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप बन्नुभयो । मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बन्नुभयो । चेट्टीले ‘ब्युटी विथ अ पर्पस’ को उपाधिसमेत जित्न सफल हुनुभएको थियो । इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम छ मा पु...
प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने

प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने

नेपाल । भोटेकोशी–त्रिशूली बाढीपछिको असहज स्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएका छन् । चलचित्र निर्माण पक्षले यस्तो दुःखको समयमा चलचित्र प्रदर्शन गर्न नहुने भन्दै मिति सारेको हो । भदौ १८ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘बाः एक योद्धा’ ले चलचित्र प्रदर्शन स्थगित गरी नयाँ मिति घोषणा गरेको छ । आर्टिस्टिक इन्टरटेन्मेन्टले विज्ञप्तिमा विपत्को समयमा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नभएको उल्लेख गरेको छ । निर्माता वसन्त लम्सालले चलचित्र मङ्सिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने घोषणा गर्नुभयो । ‘बाः एक योद्धा’ परिवारले विपत् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपियाँ पनि सहयोग गरेको छ । भदौ १९ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ...