१४ माघ २०८२, बुधबार

मनोरन्जन

नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसव हुँदै

नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसव हुँदै

नेपाल । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसवको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ देखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन हुने छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवर्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ । यस वर्ष महोत्सवमा ७५ भन्दा बढी देशबाट सात सय चलचित्र प्राप्त भएका थिए । तिनबाट चयन भएका चलचित्र प्रदर्शन गर्न लागिएको हो ।...
सन्जु भट्ट मिसेस वर्ल्ड-२०२६ मा सहभागिता अमेरिकाको लस भेगास प्रस्थान

सन्जु भट्ट मिसेस वर्ल्ड-२०२६ मा सहभागिता अमेरिकाको लस भेगास प्रस्थान

नेपाल । मिसेस नेपाल इन्टरनेसनल–२०२५ सन्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड–२०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गर्नुभएको छ । सन्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०२५ बन्नुभएको थियो । मिसेस वर्ल्ड–२०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिखसम्म लस भेगास, अमेरिकामा आयोजना हुँदै छ । नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानका साथ बिदाइ गरेको छ । बिदाइ समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं निर्देशक अश्विनीकान्त झाले बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा अध्यक्ष झाले भट्टको अनुशासन, समर...
‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु

‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु

नेपाल । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण व्रिmयसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव सुरु भएको हो । बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको महोत्सव आगामी ५ गतेसम्म चल्ने छ । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिने छ । महोत्सवमा १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहेको छ । बोर्डका अध्यक्ष डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित...
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

नेपाल । इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । आइतबार दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । दिल्लीको आफ्नै अपार्टमेन्टमा हृदयघातबाट उनको निधन भएको हो । ४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय थिए । उनका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् । उनको सोमबार दार्जिलिङमा सम्मानसहित अन्त्येष्टी गरिएको छ । उनको श्रीमती र १ छोरी छिन् ।...
अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमद्वारा ‘पेट्रोल पम्प’ निर्माणको घोषणा

अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमद्वारा ‘पेट्रोल पम्प’ निर्माणको घोषणा

नेपाल । अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनको समयमा हामीले समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भन्नुभयो, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।” चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नुहुने छ । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणकै नै रहने छ । चलचित्रको निर्माता भने केकी अधिकारी हुनुहुने छ । सोसल ड्रामा चलचित्र विसं २०८३ मा प्रदर्शन हुने छ । चलचित्रमा को को कलाकार रहने छन् भन्ने हामी केही समयमा विस्तृत जानकारी दिने केकीले बताउनुभयो । प्राविधिक पनि को को हुनुहुने छ हामी बिस्तारै जानकारी दिँदै जाने छौँ,” केकीले भन्नुभयो ।...
तेज विनोदको ‘क्या राम्री हौ’ टिकटकमा भाइरल

तेज विनोदको ‘क्या राम्री हौ’ टिकटकमा भाइरल

अमेरिका । एनआरएन अभियन्ता तेज विनोदको नयाँ गीत “क्या राम्री हौ” अहिले टिकटक, फेसबुक लगायतका सामाजिक सन्जालमा चर्चामा छ । एक साता पहिले युट्युव मार्फत रिलिज भएको गीतमा टिकटकमा मात्रै २० हजार भन्दा बढी भिडियो बनेका छन् । लोक दोहोरी लयमा बनेको डान्सिङ प्याटर्नको गीत विशेष गरि युवा पुस्ताले बढी रुचाएका छन् । तेज विनोदको शब्द रहेको गीतमा चर्चित सर्जक शिब हमालको संगित रहेको छ भने युवा पुस्तामा चर्चित गायक डिप्लभ खाती र दीपिका बयम्बुले आवाज दिएका छन् । राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोमा सागर लम्साल बले, तेज विनोद, सुनिसा बजगाईँ, जानभी बस्नेर र ल्याङ्ग्री दादाको अभिनय रहेको छ । अमेरिकालाई कर्मथलो बनाएर बिगत एक दशक भन्दा बढी समय सफ्टवेर इन्जिनियरको रुपमा कार्यरत विनोदको यस अघि पनि “चर्को नबोल” शीर्षकको पञ्चे बाजाको गीत बजारमा आएको थियो । तेज विनोदका गीतहरु हाम्रो ट्युब नामक युट्युब च्...
सर्वनाम थिएटरमा गजलकार नारायण नेपालले प्रस्तुति

सर्वनाम थिएटरमा गजलकार नारायण नेपालले प्रस्तुति

नेपाल । गजलकार नारायण नेपालले गजलको प्रस्तुति दिनुभएको छ । सर्वनाम थिएटरमा नेपालका पाँच वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने पाँच वटा नेपाल स्वयम्ले तरन्नुममा वाचन गर्नुभएको थियो । नेपालका तीन गजलमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत थियो, जसमा दुई गजलमा श्रेष्ठ स्वयम्ले स्वर दिनुभएको थियो । एउटा गजलमा गायिका जलजला परियारको आवाज रहेको थियो । यसै गरी दुई गजलमा नेपाल स्वयम्को धुनमा गायक तथा सङ्गीतकार भूपू पाण्डेले स्वर दिनुभएको थियो । सो प्रस्तुतिमा वाद्यवादन तवलामा शम्भु श्रेष्ठ र भ्वाइलिनमा यतिराज अधिकारी हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले ‘नेपाली गजल गायनको स्पर्ण दशक, विसं २०८०–९०’ सन्तोष श्रेष्ठ र आफूले दुई वर्षअघि घोषणा गरेको र यसबिचमा दर्जनजति प्रत्यक्ष गजल गायनका कार्यक्रम देशभर सम्पन्न भइसकेका जानकारी दिनुभयो । सो क...
बोल्डर नगरमा बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारले सबैलाई नचाए

बोल्डर नगरमा बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारले सबैलाई नचाए

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरुले बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको उपस्थितीमा बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ नयांबर्षको सुभकामना आदान प्रदान गर्दै ल्होसार सम्पन्न गरेका छन् । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले राजु परियारको बिशेष सांगीतिक प्रश्तुतीसंगै आफ्नो संस्कृती परम्परा अनुसार सर्प बर्गलाइ बिदागरी घोडा बर्गलाई स्वागत गर्दै ल्होसार मनाएका हुन् । बयोबृद्ध बलबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा राजु परियारको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम भौगोलिक हिसावले काठमाण्डौंसंग मिल्दो जुल्दो बोल्डर नगरमा सम्पन्न भएको हो । तमु धी कोलोराडोका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा संम्पन्न कार्यक्रमा प्रमुख अतिथी बयोबृद्ध बलबहादुर गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी...
मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान

मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान

नेपाल । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोक गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गर्दै, राप्ती समाज काठमाडौँद्वारा आयोजित नवौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड–२०८२ काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा ४२ विधाका विभिन्न अवार्डहरू प्रदान गरिएको थियो । कार्यक्रममा राप्ती सांस्कृतिक सम्मानबाट यागेश्वर बस्नेत, राप्ती सांस्कृतिक प्रतिभा पुरस्कारबाट नायक आकाश श्रेष्ठ, राप्ती डायस्पोरिक सांस्कृतिक सम्मानबाट गायक बसन्त लम्साल, राप्ती पत्रकारिता पुरस्कारबाट भोजराज थापा, राप्ती बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार स्वयं केसी, र उद्यमशीलता सम्मान–२०८२बाट दीपक कार्की सम्मानित हुनु भएको थियो । यसैगरी, नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कारबाट शान्ता ओली र प्रेमप्रसाद शर्मालाई पुरस्कृत गरिएको थियो। यसका साथै समाजको सर्वाङ्गीण विकासमा दीर्घकालीन योगदान पु¥याउँदै आउनुभएका...
कांग्रेसका महामन्त्री शर्माको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत सार्वजनिक

कांग्रेसका महामन्त्री शर्माको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत सार्वजनिक

नेपाल । चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् । रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा, समावेशिता, देशप्रेम, राष्ट्रभक्ति शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । गीतमा आमजनताको आवाज मुखरित भएको दाबी निर्माण पक्षको छ । चलचित्र भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आह्वान गरिएको चलचित्र हो, निर्देशक कोइरालाले भन्नुभयो, “देशको समसामयिक घटनाक्रम अनि राजनीतिक विषयमा आधारित कथावस्तु भए पनि चलचित्र पूर्ण व्यावसायिक ध्येयले निर्माण गरेका हौँ । चलचित्रमा समाज जागरणको सन्देशका साथम...