३ पुष २०८२, बिहीबार

अर्थतन्त्र

नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५–२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैंकले गरेको हो । दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मङ्गलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरिएको छ । आव २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो । जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् निर्माणमा...
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन उद्योगीलाई २१ दिने अल्टिमेटम

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन उद्योगीलाई २१ दिने अल्टिमेटम

नेपाल । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन उद्योगीलाई २१ दिने अल्टिमेटम दिएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो । आइतबार प्राधिकरणले एक सूचना प्रकाशित गरी बक्यौता बुझाउन २१ दिनको समयसीमा तोेकेको हो । ०७२ माघदेखि ०७५ वैशाखसम्मको बक्यौता आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाइसक्न उद्योगीलाई आग्रह गरिएको छ । सूचनामा माशिक किस्ताबन्दीमा बक्यौता भुक्तानी गर्न चाहने ग्राहकका लागि २८ साताको समय दिइएको छ । तोकिएको समयसीमाभित्र बक्यौता नबुझाउनेमाथि विद्युत संकलन नियमावली ०७८ बमोजिम कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ । घिसिङले गत साता पदभार बहाली गर्दै पहिलो निर्णय डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनेबारे गरेका थिए । प्...
स्रोत नखुलेको रकमबारे अनुसन्धान भइरहेको छः अर्थमन्त्रालय

स्रोत नखुलेको रकमबारे अनुसन्धान भइरहेको छः अर्थमन्त्रालय

नेपाल । अर्थ मन्त्रालयले स्रोत नखुलेको रकम विभिन्न व्यक्तिले आफ्नो निवास वा अन्यत्र लुकाइराखेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आइतबार अर्थ मन्त्रालयले एक सूचना गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यस्तो अनुसन्धान भइरहेको जनाएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा कतिपय घरमा रकम रहेको चर्चा चलिरहेका बेला अर्थ मन्त्रालयले यस्तो सूचना गरेको हो । मन्त्रालयले प्रचलित कानुनबमोजिम आय आर्जन भएको र स्रोत खुलेको स्वदेशी रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले जोखिमबाट बच्न भन्दै नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न पनि अनुरोध गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा नगद रकम जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति गम...
सडकका २३४ रुग्ण ठेक्का तोडिंदै, समयमा निर्णय नगर्ने कर्मचारीमाथि पनि छानबिन हुने

सडकका २३४ रुग्ण ठेक्का तोडिंदै, समयमा निर्णय नगर्ने कर्मचारीमाथि पनि छानबिन हुने

नेपाल । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौं ७५,पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन सङ्लग्न तत्कालीन एवम् हालका जिम्मेवार कर्मचारीलाई छानविन गर्न समिति बनाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव तथा सहसचिवहरु, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन का...
एनआरएनएका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट

एनआरएनएका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एनं सिस्लेनसँग शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो तर्फबाट अध्यक्ष डा. केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो । त्यस अवसरमा, विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्दै नेपालको दिगो विकासका लागि आवश्यक परियोजना तथा प्रयासमा हातेमालो गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । भेटमा एनआरएन डेभलप्मेन्ट फण्डका ...
अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु

अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु

अमेरिका । विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु गरेको छ । अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् । विशेषगरी नेपालीहरूको महान् चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ । दसैंको शुभ अवसरमा, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन् । हाम्रो पात्रोका संस्थापक तथा सीईओ शङ्कर उप्रेती भन्नुहुन्छ, ‘‘हाम्रो पात्रो ...
अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

अमेरिका । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् । सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) ले आफ्ना अनुभव सुनाए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध ...
दसैँ र तिहारमा नखुल्ने भयो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग !

दसैँ र तिहारमा नखुल्ने भयो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग !

नेपाल । सरकारले दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने भनिए पनि अझै त्यसको टुङ्गो लाग्न सकेको छैन । दसैँ सुरु भएको दुई दिन बितिसक्दा पनि सो सुरुङमार्ग सञ्चालनबारे टुङ्गो लाग्न नसकेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मन्त्रालयमा असोज ४ गते बसेको बैठकमा दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउन मन्त्रालयका सचिव, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको थियो । सुरुङमार्ग भएर सवारीसाधन चलाउन आवश्यक तयारी पूरा हुन नसकेको तथा तयारी पूरा नहुँदै सवारीसाधन चलाउँदा सुरक्षाका दृष्टिकोणले जोखिमयुक्त हुन सक्ने भन्दै निर्माण कम्पनी र परामर्शदाता कम्पनी तत्काल सुरुङमार्ग सञ्चालनका लागि तयार हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।...
साउन-भदौ महिनामा आयात निर्यात दुबै बढ्यो

साउन-भदौ महिनामा आयात निर्यात दुबै बढ्यो

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिना (साउन–भदौ) मा नेपालको वैदेशिक व्यापारमा आयात १६ प्रतिशतले बढेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, आयात १६.२३ प्रतिशत बढेको हो । सोही अवधिमा निर्यात झन्डै ८८.५७ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांक छ । दुई महिनमा तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०८१–८२ को साउन–भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको आयात भएको थियो । त्यस्तै, निर्यात गत आर्थिक वर्षको दुई महिनामा २५ अर्ब ९ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ । निर्यात बढे पनि व्यापार घाटा अझै उच्च छ । गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा थियो । चालु आर्थिक वर्षको दु...
भारत र चीनद्वारा नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता

भारत र चीनद्वारा नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता

नेपाल । भारत र चीनले नेपाललाई सहयोग जारी राख्ने जनाएका छन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगको बेग्लाबेग्लै भेटमा नेपालका लागि ती दुवै देशका राजदूतले सो जानकारी गराएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभयो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबिचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पु¥याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो । साथै नेपालमा विद्यमान परिस्थितिका कारण उत्पन्न भएको विषम अवस्थामा छिमेकी मुलुकलगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याउनुभयो । त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले दुई मुलुकबिच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गर्नुभयो । उक्त अवस...