२८ फाल्गुन २०८२, बिहीबार

अर्थतन्त्र

नेपालमा सुनको भाउ एकै दिन तोलामा ५५ सय बढ्यो

नेपालमा सुनको भाउ एकै दिन तोलामा ५५ सय बढ्यो

नेपाल । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ । बढेसँगै सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ । सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।...
एमसीए-नेपालद्वारा दुई सम्झौतामा हस्ताक्षर

एमसीए-नेपालद्वारा दुई सम्झौतामा हस्ताक्षर

अमेरिका । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता सम्पन्न भएको घोषणा गरेको छ । यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउनेछ र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ। यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रालि (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । सम्झौता हस्ताक्षर ...
पाँच महिनामा सात खर्ब ६६ अर्बको आयात

पाँच महिनामा सात खर्ब ६६ अर्बको आयात

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पाँच महिनामा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा निर्यात बढेर एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपियाँको निर्यात भएको थियो । विभाग अनुसार पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै ४६ अर्ब ५५ करोड रुपियाँ बराबर भटमासको तेल निर्यात भएको छ, तर सोही अवधिमा नेपालले ४६ खर्ब ९७ अर्ब रुपियाँ बराबरको कच्चा भटमास आयात गरेको छ । यस्तै समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड रुपियाँको अलैँची निर्यात भएको छ । चार अर्ब १३ करोड कार्पेट, तीन अर्ब ७३ करोड सूर्यमुखी तेल र दुई अर्ब ७३ करोड रुपियाँ बराबरको जुट निर्यात भएको तथ्याङ्कले देखाएको छ । यस्तै पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेर सात खर्ब ६६ अर्ब १८ ...
सप्तगण्डकी वहुउद्देश्यीय आयोजना निर्माण अगाडि बढाउनु पर्छः मन्त्री घिसिङ

सप्तगण्डकी वहुउद्देश्यीय आयोजना निर्माण अगाडि बढाउनु पर्छः मन्त्री घिसिङ

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी वहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना निर्माण गरिनु पर्ने बताउनु भएको छ । चितवन उद्योग वाणिज्य संघले शनिबार नारायणघाटमा गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले धार्मिक रुपमा महत्वपूर्ण मानिने देवघाट क्षेत्रलाई नडुबाउने गरी सप्तगण्डकी जलविद्युत आयोजना बनाएर त्यसभन्दा माथिल्लो तटीय क्षेत्रमा बन्ने बूढीगण्डकी, तनहुँ जस्ता जलाशययुक्त आयोजनाको लाभ लिनु पर्ने उल्लेख गर्नुभयो । ‘नदीबाट हुने कटान तथा डुवान दीर्घकालीन रुपमा नियन्त्रणका लाथि माथिल्लो तटीय क्षेत्रमा जलाशययुक्त आयोजना निर्माण गरी एकीकृत नदी बेसिन व्यवस्थापन योजना अगाडि बढाउनु पर्छ, नारायणी नदीका सहायक नदीहर...
महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौंः मन्त्री घिसिङ

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौंः मन्त्री घिसिङ

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनु पर्ने बताउनु भएको छ । महाकाली पुल र महाकाली नदीले कटान गरेको क्षेत्रको जानकारी लिन त्यस क्षेत्रमा पुग्नु भएका मन्त्री घिसिङले तटबन्धको काम गराउनेमा हाल रहेको अन्यौललाई तत्काल निरुपण गरी निर्माण अगाडि बढाउनु पर्ने बताउनुभयो । आगामी वर्षायाम अगाडिनै काम सम्पन्न गर्न नसकिएमा नदीमा आउने बाढीबाट पुल र नदीको वायाँ किनारतर्फको वस्ती नै जोखिममा पर्ने सम्भावना देखिएकाले तटबन्ध व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई निर्देशन दिनुभयो । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा ...
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री घिसिङ

टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री घिसिङ

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताउनुभएको छ । राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्धिपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गर्नुभयो । कञ्चनपुरका शुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गर्नुभयो । नेपाल—भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसे...
नेपाल सरकार र एडिबीबीच १३ अर्ब ३० करोडको ऋण सम्झौता

नेपाल सरकार र एडिबीबीच १३ अर्ब ३० करोडको ऋण सम्झौता

नेपाल । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण तथा विकेन्द्रित सेवा प्रवाह सशक्तीकरण कार्यक्रमको सब-प्रोग्राम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज बुधबार आयोजित समारोहमा भएको सम्झौताअनुसार एसियाली विकास बैंकले उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३० करोड रुपियाँ) बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउनेछ । प्रस्तुत ऋणको ग्रेस अवधि ८ वर्ष र भुक्तानी अवधि २४ वर्ष रहनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि कायम रहने यस ऋणमा ग्रेस अवधिसम्म १ प्रतिशत ब्याजदर लाग्नेछ भने त्यसपछि १।५ प्रतिशत ब्याजदर कायम हुनेछ। ऋण सम्झौतामा अर्थ सचिव डा। घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका कन्ट्री डाइरेक्टर आनो कुश्वाले हस्ताक्षर गर्नुभयो। समारोहको सुरु...
१०,८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौंः मन्त्री कुलमान घिसिङ

१०,८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौंः मन्त्री कुलमान घिसिङ

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गर्नुभयो । विगतमा सन् २००१ भित्र निर्माण सम्पन्ने गर्ने गरी सम्भाव्यता भएको तर आयोजना अगाडि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कर्णाली चिसापानीजस्ता मेगा परियोजना अगाडि बढाउनु पर्ने र उक्त आयोजनालाई दक्षिण एशियाली क्षेत्रकै नमुना आयोजनाको रुपमा विकास गर्न सकिने बताउनुभयो । सरकारले ...
नेपालमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढ्यो

नेपालमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढ्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट सोमबार पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रति लिटर ६.९३ ले घटेर तथा पेट्रोलमा १.९४ ले बढेर आएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल–मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ । ...
चार महिनामा छ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

चार महिनामा छ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै रु एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ । केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।...