३ पुष २०८२, बिहीबार

अर्थतन्त्र

समयमै संसद् भवन निर्माण सम्पन्न नगरे कारबाही गरिने

समयमै संसद् भवन निर्माण सम्पन्न नगरे कारबाही गरिने

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समय सङ्घीय संसद् भवनको निर्माण सम्पन्न नगरिए ठेक्का सम्झौताबमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ । मन्त्री घिसिङले भन्नुभयो, “कामको गति बढाउनतर्फ लाग्नु भएन भने ठेक्का सम्झौताबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ, त्यसको सम्पूर्ण दायित्व निर्माण व्यवसायीले बहोर्नुपर्ने छ, त्यसैले सबै गम्भीर भएर लाग्नुहोला ।” सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको शनिबार स्थलगत अनुगमन गर्दै उहाँले त्यस्तो चेतावनी दिनुभएको हो । उहाँले मुलुकमा अहिले निर्माण भइरहेका भवनमध्ये संसद् भवन सबैभन्दा ठुलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गर्नुभयो । सो असरमा मन्त्री घिसिङले निर्माण व्यवसायीसँग निर्धारित समयमा काम सम्पन्न हुने...
महसुल नतिरेका २५ उद्योगको विद्युतको लाइन काटियो

महसुल नतिरेका २५ उद्योगको विद्युतको लाइन काटियो

नेपाल । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कुल २५ उद्योगको विद्युतको लाइन काटेको छ । प्राधिकरणले पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको थियो । सो अवधिमा सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । गत मङ्गलबार प्राधिकरणले मुख्य ठुला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको बिजुली आपूर्ति काटेको हो । शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक र गोयन्का फुड्स छन् । त्यस्तै एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ । लाइन काटिएका अन्य उद्योगमा घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटबल सि...
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा डा समीर मास्केको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा डा समीर मास्केको कम्पनीको कारोबार सुरु

अमेरिका । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो । कम्पनीका संस्थापकसमेत रहेका डा मास्केले भन्नुभयो, “नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट यो उपलब्धि हासिल गर्न सफल भएकामा आगामी दिनमा अझै व्यापक बनाउन हामीहरुलाई प्रेरित गर्नेछ ।” विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको डा मास्केले बताउनुभयो । उक्त कम्पनीको स्टक कारोबारमा फयुज नामले सूचीकृत छ । कम्पनीमा हाल तीन सय पचास कर्मचा...
अमेरिका पुगेर नेपाल भ्रमणका लागि विश्व समुदायलाई आग्रह

अमेरिका पुगेर नेपाल भ्रमणका लागि विश्व समुदायलाई आग्रह

अमेरिका । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल भ्रमणका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । विश्व बैंक समूहले अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफलमा लिँदै मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् । उनले पर्यटकलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिको सहभागिता थियो ।...
जेनजी आन्दोलनको क्षतिको करिब दुई अर्ब दाबी भुक्तानी

जेनजी आन्दोलनको क्षतिको करिब दुई अर्ब दाबी भुक्तानी

नेपाल । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख बराबरको दाबी आएको छ । जसमध्ये एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब १९ करोड ३६ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै सङ्ख्याका आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६७३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ५५ करोड १७ लाख भुक्तानी भइसकेको छ । सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ७१ लाख रुपियाँ दाबी परेक...
अमेरिकामा अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

अमेरिकामा अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।...
नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० !

नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० !

नेपाल । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला रु. दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु। तीन हजार ३२५ मा किनबेच भएको थियो ।...
दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी प्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आव २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौको रेमिट्यान्स एक खर्ब ७४ अर्ब ६७ करोड रुपियाँ छ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब २७ अर्ब ९९ करोड रुपियाँ थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेर दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।...
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

अमेरिका । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीले प्रप्त गरेका छन । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंनलाई पुरस्कार दिने निर्णय गरिएको हो । उनीहरूलाई ‘नवप्रवर्तन मार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि सम्मानित गरिएको हो ।...
अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई अर्थमन्त्री खनालद्वारा सम्बोधन

अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई अर्थमन्त्री खनालद्वारा सम्बोधन

अमेरिका । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित रहेको थियो । अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अ...