क्रिप्टो कारोबारमा युवा संलग्नता बढी भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदन
नेपाल । कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि नेपालमा प्रविधि प्रयोगमार्फत अभौतिक सम्पत्तिको कारोबार गर्ने क्रम व्यापक भएको नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।
नेपालमा अभौतिक सम्पत्ति कारोबारबारे राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले क्रिप्टोकरेन्सी जस्ता अभौतिक सम्पत्तिको कारोबारमा युवापुस्ता धेरै संलग्न रहेको औँल्याएको छ ।
प्रतिवेदन अनुसार पछिल्ला चार वर्षमा अभौतिक सम्पत्ति कारोबार भएकोबारे कुल ६५८ वटा कारोबारको जानकारी प्राप्त भएको छ । सन् २०२१ मा १३ वटा कारोबार रिपोर्ट भएकामा २०२२ मा १७३ पुगेका छन् भने सन् २०२४ मा २५२ वटा यस्ता कारोबार घटना रिपोर्ट भएको देखिएको छ । सन् २०२५ को मध्य जुलाईसम्म ८२ वटा यस्ता घटना रेकर्ड भएको छ । प्रतिवेदनले अवैध अभौतिक सम्पत्ति कारोबारमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिको संलग्नता बढी देखिएको...








