३ पुष २०८२, बिहीबार

अर्थतन्त्र

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

अमेरिका । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले प्रमुख ब्याजदर घटाएको छ । बुधबारको नीतिगत बैठकमा बैंकले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ । यद्यपि, अरू ब्याजदर कटौती गर्नुअघि केन्द्रीय बैंक रोकिन सक्ने फेडका अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । बैंकले फेडरल फन्ड्सको दर पनि घटाएर ३ दशमलव ७५ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा ल्याएको छ । यसअघि यो दर ४ प्रतिशत देखि ४ दशमलव २५ प्रतिशतको बीचमा थियो । सेप्टेम्बरमा पनि बैंकले दरहरू यही अनुपातमा घटाएको थियो । अमेरिकी अर्थतन्त्रलाई स्थिर राख्नका लागि यो कदम चालिएको फेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ । २०२४ को डिसेम्बरपछिको फेडले सेप्टेम्बरमा पहिलो कटौती गरेको थियो । सेप्टेम्बरमा ब्याजदर कटौतीको समयमै पावेलले अक्टोबरमा अर्को कटौती हुने संकेत दिएका थिए । तर यसपटक भने उनले आगामी महिना कटौती नहुने संकेत गरेका छन् । –एजेन्सीहरु...
भारतमा २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण

भारतमा २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण

नेपाल । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । आइइएक्सका लागि १०३ र विहारका लागि १८० मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण भएको हो । सबै आयोजनाक...
इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर

इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर

नेपाल । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भि) तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्त...
रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गर्ने पूर्व सांसद देवी भट्टचन पक्राउ

रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गर्ने पूर्व सांसद देवी भट्टचन पक्राउ

नेपाल । नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टचनलाई ललितपुरको गोदावरी नगरपालिका–३ टौकेलबाट पक्राउ गरिएको जनाएको छ । भट्टचनलाई ठाकुर प्रसाद मानन्धरको जाहेरीका आधारमा दायर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार भट्टचन प्रभु मनि ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिका प्रमुख सञ्चालकका रूपमा कार्यरत रहेर नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गरेको आरोपमा छन् । भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्...
नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले भने, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धकासाथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु,नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’ बृहतस्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पना बारेको अन्तराष्ट्रिय सभाको विषयगत सत...
वर्षा र हिमपातका कारण हजारौँ पर्यटक प्रभावित

वर्षा र हिमपातका कारण हजारौँ पर्यटक प्रभावित

नेपाल । वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको जनाइएको छ । साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण सास्ती खेप्नु परेको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएपछि विभिन्न स्थानमा पुगेका पर्यटक होटेलमै रोकिएका छन् । म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखम्बु र गोरखा जिल्ल...
तीन महिनामा नेपालमा ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

तीन महिनामा नेपालमा ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । तीन महिनामा सात वटा ठुला, चार वटा मध्यम र तीन सय वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आउने गरेको छ । तीन महिनामा सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो । यस्तै उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८...
अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयारः प्रवासी नेपाली

अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयारः प्रवासी नेपाली

  अमेरिका । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीहरुले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउदै उनीहरुले लगानीमैत्री वातावरणका लागि सरकारसँग आग्रह गरेका छन् । अमेरिकाको डालसमा आयोजित ‘व्यापार तथा लगानी सम्मेलन २०२५’ सहभागी नेपाली मूलका व्यावसायीहरुले उक्त कुरा बताएका छन् । मातृभूमिको आर्थिक समृद्धिका लागि विदेशमा कमाएको पैसा लगानी गर्न तत्पर रहेको कुरामा जोड दिँदै व्यवसायीहरुले नीतिगत सहजिकरण आवश्यक रहेको बताए । अमेरिकामा सफल व्यवसायीको पहिचान बनाउनुभएका गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले नेपालमा निर्धक्क लगानी गर्ने वातावरणका लागि सरकारी संवेदनशीलता आवश्यक रहेको बताउनुभयो । ‘‘प्रतिफल सुरक्षासहित लगानी गर्ने वातावरणका लागि लामो समयदे...
समयमै संसद् भवन निर्माण सम्पन्न नगरे कारबाही गरिने

समयमै संसद् भवन निर्माण सम्पन्न नगरे कारबाही गरिने

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समय सङ्घीय संसद् भवनको निर्माण सम्पन्न नगरिए ठेक्का सम्झौताबमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ । मन्त्री घिसिङले भन्नुभयो, “कामको गति बढाउनतर्फ लाग्नु भएन भने ठेक्का सम्झौताबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ, त्यसको सम्पूर्ण दायित्व निर्माण व्यवसायीले बहोर्नुपर्ने छ, त्यसैले सबै गम्भीर भएर लाग्नुहोला ।” सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको शनिबार स्थलगत अनुगमन गर्दै उहाँले त्यस्तो चेतावनी दिनुभएको हो । उहाँले मुलुकमा अहिले निर्माण भइरहेका भवनमध्ये संसद् भवन सबैभन्दा ठुलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गर्नुभयो । सो असरमा मन्त्री घिसिङले निर्माण व्यवसायीसँग निर्धारित समयमा काम सम्पन्न हुने...
महसुल नतिरेका २५ उद्योगको विद्युतको लाइन काटियो

महसुल नतिरेका २५ उद्योगको विद्युतको लाइन काटियो

नेपाल । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कुल २५ उद्योगको विद्युतको लाइन काटेको छ । प्राधिकरणले पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको थियो । सो अवधिमा सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । गत मङ्गलबार प्राधिकरणले मुख्य ठुला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको बिजुली आपूर्ति काटेको हो । शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक र गोयन्का फुड्स छन् । त्यस्तै एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ । लाइन काटिएका अन्य उद्योगमा घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटबल सि...