एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधन हुन्छः उद्योगमन्त्री भण्डारी
अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकोले ढुक्क भएर लगानी भित्र्याउन आहृवान गर्दै लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीति संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईहरुले आफ्नो लगानी ल्याउन सक्नुपर्यो ।’ उहाँले नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनीसकेको दाबी गर्दै बढी भन्दा बढी लगानी भित्र्याउन गैरआवासीय नेपाली संघले पहलकदमी लिनपर्नेमा जोड दिनुभयो । सरकारले आयोजना गर्न लागेको लगानी शिखर सम्मेलन २०२४ मा पनि ए...









