२८ फाल्गुन २०८२, बिहीबार

अर्थतन्त्र

जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह

जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह

नेपाल । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ । विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिकलगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको हो । टोकियोस्थित नेपाली दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर आउनेलाई चर्को शुल्क लिने, भने अनुसार काम र तलब नपाउने गरेको उजुरी धेरै आएका छन् । दूतावासमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापानमा आएका व्यक्तिका उजुरीका चाङ भएकाले यसलाई व्यवस्थित बनाउन विभागलाई पत्राचारसमेत गरेको जनाइएको छ । दूतावासको पत्रमा व्यक्तिगत श्रम स्वीकृति लिई जापान जानेलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा काम लगाइदिने भन्दै पठाउने गरेका छन् । विभाग...
नेपालमा सुनको मूल्य एक तोलाको ३ लाख १ हजार ४ सय !

नेपालमा सुनको मूल्य एक तोलाको ३ लाख १ हजार ४ सय !

नेपाल । नेपालमा निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार दुई लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबिच चाँदीको मूल्यमा समेत तोलामा छ हजार रुपियाँ नाघेको छ । बिहीबार प्रतितोला पाँच हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३२० रुपियाँले बढेर छ हजार १९० रुपियाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ९८ अमेरिकी डलरमा कारोबार भएको छ । चाँदी औद्योगिक प्रयोजनका लागि बढी खपत हुने गर्छ ।...
नेपालीलाई २८ खर्ब रुपैयाँ ऋणको भार

नेपालीलाई २८ खर्ब रुपैयाँ ऋणको भार

नेपाल । मुलुकको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म मुलुकसँग २८ खर्ब छ अर्ब ३९ करोड रुपियाँ ऋणको भार छ जुन नेपालको कुल अर्थतन्त्रको अनुपातमा करिब ४६ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब १९ अर्ब रुपियाँ आन्तरिक ऋणको दायित्व छ । त्यस्तै बाह्य ऋण भने १४ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । चालु आर्थिक वर्षमा मात्रै दुई खर्ब १४ अर्ब रुपियाँ ऋण थपिएको छ । जसमध्ये एक खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक र ३६ करोड ८९ लाख रुपियाँ बाह्य ऋण रहेको छ । यस अवधिमा मुलुकले एक खर्ब ८७ अर्ब रुपियाँ ऋण सेवाबापत भुक्तान पनि गरेको छ, जसमध्ये एक खर्ब ५५ अर्ब रुपियाँ आन्तरिक ऋणबापत भुक्तान भएको कार्यालयले जनाएको छ । भुक्तान भएको आन्तरिक ऋणमध्ये एक खर्ब २६ अर्ब रुपियाँमा साँवा र २८ अर्ब ३७ करोड रुपियाँ ब्याज छ । त्यस्तै बाह्य ऋणबाप...
नेपालमा नौ खर्बको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात

नेपालमा नौ खर्बको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात

नेपाल । मुलुकमा नौ खर्ब रुपियाँ बराबरको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा (साउन–पुस) आयातनिर्यात दुवै बढेको छ । विभागका अनुसार आयात १४.१८ प्रतिशतले बढेर नौ खर्ब ३९ अर्ब २२ करोड ८८ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ रहेको थियो । चालु आवको छ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब १८ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँको निर्यात भएको थियो । आयातनिर्यात बढ्दा व्यापारघाटासमेत १०.१५ प्रतिशतले बढेर सात खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रहेको थियो । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अ...
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह

नेपाल । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनुपर्नेमा जोड दिनुभयो । “अहिले राजनीतिक एजेन्डाले मात्र प्राथमिकता पाइरहेको देखिन्छ, तर मुलुकको अर्थतन्त्र सुधारका लागि स्पष्ट योजना र मार्गचित्र अतिआवश्यक छन्”, उहाँले भन्नुभयो । अध्यक्ष पाण्डेले हरेक दशकजस्तै राजनीतिक परिवर्तन भइरहे पनि देशको औसत आर्थिक वृद्धिदर उल्लेख्य रूपमा सुधार हुन नसकेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा अर्थतन्त्रमा उत्पादन तथा उद्योग क्षेत्रको योगदान घट्दै गएको र सेवा क्षेत्रको हिस्सा बढ्दै गएको प्रवृत्ति चिन्ताजनक छ ।“अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान बढाउनु...
अमेरिकी डलरको मूल्य बढ्यो

अमेरिकी डलरको मूल्य बढ्यो

नेपाल । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपियाँ ०९ पैसा र बिक्रीदर १४५ रुपियाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ५९ पैसा र बिक्रीदर १६९ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपियाँ ५१ पैसा र बिक्रीदर १९५ रुपियाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ९७ पैसा र बिक्रीदर १८१ रुपियाँ ७१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपियाँ ३२ पैसा र बिक्रीदर ९७ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ४९ पैसा र बिक्रीदर १०४ रुपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ७० पैसा र बिक्रीदर ११३ रुपियाँ १६ पैसा तोकिएको छ । जापानी...
नेपालमा पेट्रोल र डिजल-मट्टीतेलको मूल्य घट्यो

नेपालमा पेट्रोल र डिजल-मट्टीतेलको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपियाँले घटाएको हो । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपियाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।...
नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु. दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु. पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन रु. दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ३४० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला रु. दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन सोमबार तोलामा रु. चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु. चार हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु. पाँच हजार १९५ मा किनबेच भएको थियो । अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीह...
नेपालमा बढ्यो शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि

नेपालमा बढ्यो शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि

नेपाल । नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्क अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आव २०८१–८२ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा वित्तीय लगानी रोकथाम तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीति तथा कार्यान्वयनका प्रयास थप प्रभावकारी बनाइएको छ । एकाइले सञ्चालन गर्ने गोएमएल प्रणालीमार्फत प्राप्त वित्तीय सूचनामा उल्लेख्य वृद्धि भएको जनाएको छ । आव २०८०–८१ म १६३९ सूचक संस्था आबद्ध रहेकामा चालु आवमा यो सङ्ख्या ३४९७ पुगेको छ । सोही अवधिमा ९४५ वटा शङ्कास्पद कारोबार वा गतिविधि प्राप्त भएको प्रतिवेदनले जनाएको छ । प्राप्त प्रतिवेदनको विश्लेषण गर्दा अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि...
सुनको मूल्यमा नयाँ रेकर्डः नेपाली बजारमा दुई लाख ७४ हजार सात सयमा कारोबार

सुनको मूल्यमा नयाँ रेकर्डः नेपाली बजारमा दुई लाख ७४ हजार सात सयमा कारोबार

नेपाल । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि दुई लाख ७० हजार छ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ५९ हजार रुपियाँमा झरेको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार ५६८ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यसैबिच चाँदीको मूल्य तोलामा २०५ रुपियाँले बढेर पाँच हजार रुपियाँ नाघेको छ । आइतबार प्रतितोला चार हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर पाँच हजार १९५ रुपियाँ पुगेको महासंघले जनाएको छ । ...