ट्रलीबस सञ्चालनमा सहयोग गर्न एडीबीलाई आग्रह
नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गर्नुभएको छ ।
एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुस्वालगायतको टोलीसँग दिगो सहरी विद्युतीय परियोजनाका विषयमा बुधबार जानकारी लिँदै मन्त्री घिसिङले यस्तो आग्रह गर्नुभएको हो ।
काठमाडौँको चक्रपथ, काठमाडौँ–धुलिखेल, पोखरा–मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायतका सडक विस्तार भइरहेको उहाँले बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “उक्त सडकका एक लेन ट्रलीबसका लागि प्रयोग गर्न सकिन्छ, उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि ट्रली जस्ता विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याउनु पर्छ, ट्रली सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आव...









