२५ बैशाख २०८२, बिहीबार

अर्थतन्त्र

एनआरएनएले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा कोशी प्रदेश सरकारसँग सहकार्य गर्ने

एनआरएनएले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा कोशी प्रदेश सरकारसँग सहकार्य गर्ने

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा सहकार्य गर्ने भएको छ । संघको काठमाण्डौस्थित सचिवालयमा आज भएको एक कार्यक्रममा नेपालमा उत्पादित चियालाई विश्व बजारमा व्यापक प्रचार–प्रसार गरी विक्री वितरण र निकासीलाई प्रबर्द्धन गर्न कोशी प्रदेश सरकारबाट आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा संघले पनि प्रदेश सरकारसँग सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोईराला र गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले हस्ताक्षर उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा संघका अध्यक्ष डा केसीले आगामी जुन २१ देखि २३ सम्म आयोजना हुने सम्मेलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै विभिन्न देशबाट सम्मेलनमा...
नेपालको पोखरा अब पर्यटकीय राजधानी

नेपालको पोखरा अब पर्यटकीय राजधानी

नेपाल । आइतबार नेपालको प्रख्यात पर्यटकीय क्षेत्र पोखरालाई औपचारिकरूपमै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भएको हो । महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्‌मा ‘ब्राण्ड’ बनाउन लागिएको बताए । तामझामका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ ।...
रिटर्नी फेडेरेसन नेपालले १ लाख सदस्यता बिस्तार गर्ने

रिटर्नी फेडेरेसन नेपालले १ लाख सदस्यता बिस्तार गर्ने

नेपाल । रिटर्नी फेडेरेसन नेपालले १ लाख सदस्यता विस्तार गर्ने भएको छ । फेडेरेसनको चैत्र २ र ३ गते काठमाण्डौंमा सम्पन्न केन्द्रीय समिति बैठकले “सदस्यता विस्तार अभियान” संचालन गर्ने निर्णय गरेको हो । इजरायलमा हमासद्वारा बेपत्ता पारिएका विपिन जोशीको बास्तविक अबस्था सार्वजनिक गर्न, सरकारको निति तथा कार्यक्रममा रिटर्नी लक्षित कार्यक्रम समावेश गर्न पनि फेडेरेसनले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सदस्यता विस्तार अभियान संगै पालिका कमिटीहरुको समेत अधिवेसन गर्ने निर्णय गरिएको छ । यसै गरि प्रदेशगत रुपमा “संगठन सुदृढिकरण र सबलिकरण अभियान” संचालन गरिने र त्यसलाई जिल्लास्तरीय रुपमा लैजाने निर्णय गरिएको छ । आम रिटर्नीमा आशा जगाउने खालका, रिटर्नी समुदायको जीवन सङ्ग जोडिने खालका कार्यक्रम अघि बढाउन बैठकले विभिन्न योजना निर्माण गरेको जनाइएको छ । नेपालमै सम्भव छ भन्ने भावनाको बिकास गराउन सङ्गठन...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल । शुक्रबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो । घटेको मूल्य शुक्रबार रातिदेखि लागू भएको निगमले जानकारी दिएको छ ।
१० बैंकरलाई सिआईबीले हाजिरी जमानीमा छोड्यो

१० बैंकरलाई सिआईबीले हाजिरी जमानीमा छोड्यो

नेपाल । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १० जना बैंकरलाई बिहीबार हाजिरी जमानीमा छाडेको छ । हिरासतमुक्त हुनेमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने, तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत छन् । सीआईबीले फागुन १५ गते उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानमा सहयोग गर्ने र दैनिक हाजिरी हुने गरी उनीहरुलाई छाडिएको हो । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोप उनीहरुमाथि छ ।...
अमेरिका आउने लोभमा फेरि ठगिए नेपाली, ६० लाख रुपैयाँ ठग्ने एक पक्राउ

अमेरिका आउने लोभमा फेरि ठगिए नेपाली, ६० लाख रुपैयाँ ठग्ने एक पक्राउ

अमेरिका । अमेरिका आउन पाउने लोभमा बेलाबेलामा नेपालीहर गगिएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । यसैक्रममा अमेरिका पठाइदिन्छु भनेर ६० लाख रुपैयाँ ठग्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार अमेरिकामा ७ लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत २ जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको हो । पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँसम्म लाग्छ भनी २ जनासँग ६० लाख रुपैयाँ लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प...
आठ खर्ब ३९ अर्ब भित्रियो रेमिट्यान्स

आठ खर्ब ३९ अर्ब भित्रियो रेमिट्यान्स

नेपाल । चालु आर्थिक वर्षमा रेमिट्यान्स मार्फत् ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो । राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ रहेको प्रतिवेदनमा उल्लेख छ ।...
जेठ १८ देखि आप्रवासी श्रमिक प्रवेशमा रोक लगाउने मलेसिया सरकारको निर्णय

जेठ १८ देखि आप्रवासी श्रमिक प्रवेशमा रोक लगाउने मलेसिया सरकारको निर्णय

मलेसिया । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहेको मलेसियाले आगामी जेठ १८ (मे ३१) देखि औपचारिक क्षेत्रमा काम गर्न आउने आप्रवासी श्रमिक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मागभन्दा आपूर्ति बढी भएको र त्यसले आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै मलेसियाले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको हो । मलेसियाली गृह मन्त्रालयले आवश्यक पर्ने आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्न रोजगारदाता कम्पनीलाई समयसीमा समेत तोकिदिएको छ  । रोजगारदाता कम्पनीले आप्रवासी श्रमिक ल्याउन अनुमति पाएको कोटा प्रयोग नगर्ने भए सो मितिभित्र रद्द गरिसक्नुपर्ने जनाउसमेत गृह मन्त्रालयले दिएको छ । मलेसियाको गृह मन्त्रालयले मे १७ भित्रै आप्रवासी श्रमिकको भिसा लगाइसक्नुपर्ने जनाएको छ ।...
नेपालमा सुनको मूल्य तोलाकै १ लाख २५ हजार पुग्यो

नेपालमा सुनको मूल्य तोलाकै १ लाख २५ हजार पुग्यो

नेपाल । विहीबार प्रतितोला १ लाख २५ हजार पुगेर नेपालमा नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर रु एक हजार चार सय ७० तोकिएको महासंघले जनाएको छ ।  ...
जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गर्यो ‘स्मार्ट सिटी’ बारे वेबिनार

जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गर्यो ‘स्मार्ट सिटी’ बारे वेबिनार

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गत शनिबार ‘स्मार्ट सिटीः विश्वव्यापी परिपेक्षदेखि स्थानीय अभ्याससम्म’ विषयमा वेबिनार आयोजना गरेको छ । कार्यक्रममा इञ्जिनियर दीपकबाबु कँडेलले स्मार्ट जनता, शासन, पूर्वाधार र अर्थतन्त्रबाट स्मार्ट सिटी प्राप्त गर्न हुँदा समष्टिगत विकासको अवधारण आवश्यक भएको बताए । त्यस्तै अर्का इञ्जिनियर सतीश त्रिपाठीले स्मार्ट भौतिक पूर्वाधारमा लगानी गर्ने, डेटा कलेक्शन र स्टोरेज तथा मास्टर प्लान बनाएर अघि बढ्नु पर्ने धारणा राखे । नेपाल सरकारको वित्तीय सुशासन आयोगका सदस्य सचिव दीपेश विष्ट, धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, गोरखा नगरपालिकाकी उपमेयर सपना पुन, अमेरिकाको सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोक, बुटवल नगरपालिकाका मेयर खिलराज पाण्डे, योजनाबिद् डा. केशव भट्टराई लगायतले स्मार्ट सिटीका बारेमा आ–आफ्नो धारणा राखे । जय नेपाल इन्टरनेशन फाउण्डेशनक...